single page header banner

मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल

Pramodkhadka Pramodkhadka
शनिबार, कार्तिक 16, 2079
Social buttons loaded
समाचार सारांश
  • असार ३२, काठमाण्डाै ।
  • मशीह पार्टिकाे केन्द्रीय पदाधिकारीहरुकाे वैठक सम्पन्न भएकाे छ ।

असार ३२, काठमाण्डाै । मशीह पार्टिकाे केन्द्रीय पदाधिकारीहरुकाे वैठक सम्पन्न भएकाे छ । आसन्न सचिवालय र केन्द्रीय समितिकाे समग्र तयारि र एजेण्डाहरु तय गर्न केन्द्रीय पदाधिकारिहरुकाे वैठक वसेकाे पार्टिका महासचिव एवं प्रवक्ता विआर लामाले वताए ।

  • प्रवक्ता लामा भन्छन “वैठकलाइ समापन गर्ने क्रममा निर्देशनात्मक सम्वाेधन गर्दै श्रद्धेय अध्यक्ष ज्युले आगामि सचिवालय र केन्द्रीय समितिकाे वैठक नेपालकाे राजनितिक इतिहासमा र मसिह पार्टिकाे इतिहासमा युगान्तकारी वैठककाे रुपमा स्थापित हुने र पार्टिले नितान्त नयां दिशा र गति लिने वताउनुभयाे ।

गत स्थानिय चुनावकाे विस्तृत समीक्षा सहित आगामि संसदिय चुनाव र चुनाव केन्द्रित राजनितिक, सांगठनिक र आर्थिक रणनिति वारेमा पदाधिकारीहरुकाे विचमा दफावार छलफल भएकाे वताउंदै प्रवक्ता लामा भन्छन `वैठकलाइ समापन गर्ने क्रममा निर्देशनात्मक सम्वाेधन गर्दै श्रद्धेय अध्यक्ष ज्युले आगामि सचिवालय र केन्द्रीय समितिकाे वैठक नेपालकाे राजनितिक इतिहासमा र मसिह पार्टिकाे इतिहासमा युगान्तकारी वैठककाे रुपमा स्थापित हुने र पार्टिले नितान्त नयां दिशा र गति लिने वताउनुभयाे । वैठक अत्यन्तै सकारात्मक उर्जा प्रवाह गर्दै सम्पन्न भयाे ।´ मसिह पार्टि केन्द्रमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव , दुई सचिव र एक काेषाध्यक्ष गरि 9 जना पदाधिकारीहरुकाे व्यवस्था छ । पार्टिका केन्द्रीय अध्यक्ष भरत गिरिकाे अध्यक्षातामा वैठक सुकेधारा स्थित पार्टि कार्यालयमा वसेकाे थियाे । मसिह पार्टिकाे सचिवालय समितिकाे वैठक साउन ३ गते र केन्द्रीय समितिकाे वैठक साउन ५ गते वस्नेछ ।

पार्टि एकता वारेमा गम्भीर छलफल

पदाधिकारी वैठकमा सामाजिक एकता पार्टिसंगकाे एकता वारेमा पनि गम्भीर छलफल भएकाे उनले वताए । यसवारेमा वार्ता समितिका सदस्यहरुले हालसम्मकाे प्रगति र चुनाैति वारेमा प्रतिवेदन पेश गरेकाे र प्रतिवेदनलाइ सचिवालय हुँदै केन्द्रीय समितिकाे वैठकमा लिएर जाने निर्णय भएकाे प्रवक्ता लामाले वताए । पार्टि एकताकाे तयारिकाे सन्दर्भमा ठाेस निर्णय केही गर्याे हाेला नि भन्ने प्रश्नमा प्रवक्ता लामा भन्छन `वार्ता समितिले आफ्नाे प्रतिवेदन प्रस्तुत गरेकाे छ । हामिले प्रतिवेदनकाे प्रारम्भिक अध्ययन र छलफल गरेका छाै । यसलाइ गम्भीर रुपमा लिइएकाे छ , यसकाे गम्भिरता र संवेदनशिलतालाइ ख्यालमा राखेर केन्द्रीय समितिकाे निर्णय पश्चात् मात्रै हामी पत्रकार मित्रहरुलाइ विस्तृत वताउनेछाै ।´

  • यी दुई पार्टिहरुकाे एकतालाइ लिएर समग्र ख्रिस्टियन समुदाय र संघ संस्था हरु चिन्तित रहेकाे वताइन्छ । वार्ताका लागि इसाइ वृतमा प्रतिस्ठित व्यक्तित्वहरु पा. हनाेक तामाङ, पा. प्रकाश सुब्बा लगाएतले मध्यस्तता गरीरहेका छन् ।

करिव ३० लाख इसाइ जनसंख्या भए पनि पार्टिहरुविचमा भएकाे मतभेद,टुट फुटकाे कारण इसाइ समुदायकै भाेट वांडिदा संविधान सभा सदस्यकाे रुपमा लाेकमणि ढकालकाे संसदमा सहभागिता वाहेक इसाइ नेतृत्वकाे पार्टिहरुले अरु कुनै उपलव्धि हासिल गर्न सकेकाे छैन । ढकालले स्थापना गरेकाे जनजागरण पार्टि र सामाजिक एकता पार्टि विच एकता पछि मुल रुपमा गिरि नेतृत्वकाे मसिह पार्टि र गहतराज नेतृत्वकाे सामाजिक एकता पार्टि गरी दुई पार्टि अस्तित्वमा छन । यी दुई पार्टि विचमा एकता काे लागि वार्ता समिति गठन भएकाे छ र पटक पटक वार्ता पनि सम्पन्न भैसकेकाे छ । यधपि गहतराज नेतृत्वकाे सामाजिक एकता पार्टि बाईस दलिय प्रजातान्त्रिक समाजवादी माेर्चामा आवद्ध छ । यही विषयलाइ लिएर मशीह पार्टिले असन्तुस्टि जनाइरहेकाे छ । प्रवक्ता लामाका अनुसार `कतिपय पदाधिकारिहरुले सामाजिक एकता पार्टिले अतिवादिहरु समेत सम्मिलित अपवित्र माेर्चा नछाेडेसम्म पार्टि एकता गर्न नहुने कुरा उठाएका छन ।´ यी दुई पार्टिहरुकाे एकतालाइ लिएर समग्र ख्रिस्टियन समुदाय र संघ संस्था हरु चिन्तित रहेकाे वताइन्छ । वार्ताका लागि इसाइ वृतमा प्रतिस्ठित व्यक्तित्वहरु पा. हनाेक तामाङ, पा. प्रकाश सुब्बा लगाएतले मध्यस्तता गरीरहेका छन् ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
दुइ ख्रीष्टियन पार्टीहरु विचमा एकताको तयारि : वार्ताका लागि समिति गठन
दुइ ख्रीष्टियन पार्टीहरु विचमा एकताको तयारि : वार्ताका लागि समिति गठन
बाइबलमा गधा
बाइबलमा गधा
सीबिको चरित्र वारे पहिले थाहा थियो ।  हनोक तामाङले सिस्नु पानी लगाउछु भनेका थिए : विपी खनाल (भिडियो)
सीबिको चरित्र वारे पहिले थाहा थियो । हनोक तामाङले सिस्नु पानी लगाउछु भनेका थिए : विपी खनाल (भिडियो)
३७ जनालाई पास्टर तथा रेभरेण्डमा अभिषेक
३७ जनालाई पास्टर तथा रेभरेण्डमा अभिषेक
के त्रिएक परमेश्वरको रहस्य कहिल्यै बुझ्न सक्दैनौ ?
के त्रिएक परमेश्वरको रहस्य कहिल्यै बुझ्न सक्दैनौ ?
एपी पार्टि र नागरिक पार्टि विच एकीकरण : यस्तो बन्यो नयाँ कार्यसमिति (नाम लिस्ट सहित)
एपी पार्टि र नागरिक पार्टि विच एकीकरण : यस्तो बन्यो नयाँ कार्यसमिति (नाम लिस्ट सहित)
कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
ख्रीष्टियन पत्रकारहरुको उपत्यका भेला सम्पन्न
ख्रीष्टियन पत्रकारहरुको उपत्यका भेला सम्पन्न
जन जागरण र सामाजिक एकता बिच भोली शनिबार एकिकरण घोषणा हुँदै
जन जागरण र सामाजिक एकता बिच भोली शनिबार एकिकरण घोषणा हुँदै
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम