वैज्ञानिकहरूको चेतावनीः नेपालमा भयङ्कर बाढी आउने
- हिमालयमा तिब्र गतिले पग्लिरहेको ग्लेशियरको कारणले त्यहाँ तालहरूको संख्याहरू र तिनमा पानीको स्तर बढिरहेको छ ।
- यति मात्र होइन यी तालहरूले आफ्नो आकार पनि बढाइरहेका छन्, जसले गर्दा बाढीको खतरा बढेको छ ।
हिमालयमा तिब्र गतिले पग्लिरहेको ग्लेशियरको कारणले त्यहाँ तालहरूको संख्याहरू र तिनमा पानीको स्तर बढिरहेको छ । यति मात्र होइन यी तालहरूले आफ्नो आकार पनि बढाइरहेका छन्, जसले गर्दा बाढीको खतरा बढेको छ । नदीको मुहानको नजिक रहेका इलाकाहरूमा ज्यादा खतरा छ । ब्रिटेन, अष्ट्रिया र पेरु समेत दुनियाँ भरका विभिन्न विश्व विद्यालयका वैज्ञानिकहरूले एक गहन अध्ययनको आधारमा चेतावनी दिएका छन् ।
यिनमा नेपाल, चीन र भारतमा पनि एउटा ठुलो आबादीलाई यी तालहरूबाट उत्पन्न हुन सक्ने बाढीको खतराको बारेमा सुचित गरिएको छ । वैज्ञानिकहरूका अनुसार ३० वर्षमा संसारभर यस्ता तालहरूको संख्या ५० प्रतिशत सम्म बढेका छन् । वैज्ञानिकहरूले रिमोट सेंसिंग र सैटलाइट मार्फत यी तीन देशहरूमा यस्ता करिब ३,६२४ ग्लेशियल तालहरू अर्थात ग्लेशियर पग्लिएर बनेका तालहरू पत्ता लगाएका छन् । यिनमा सबैभन्दा बढी २,०७० तालहरू नेपालमा छन् । जो कोशी, गण्डकी र कर्णाली नदीको तटीय क्षेत्रको नजिक बसेका बस्तीहरूका लागि खतरा बन्न सक्छ । चीनमा यस्ता १,५०९ तालहरू छन् जब कि भारतमा ४५ तालहरू पत्ता लगाएका छन् । चीन र भारतमा यी तालहरू तिब्बत स्वायत क्षेत्रमा बनेका छन् ।
एक्सटर विश्वविद्यालयका जलवायु परिर्वनका बिशेषज्ञ प्रो.स्टिफन हैरिसन यसो भन्दछ, “केही तालहरू धेरै खतरनाक स्तरमा छन् ।” जसको अनुमान गर्न कठिन छ । यी तालहरू कुनै पनि समयमा फुट्न सक्छन् । भारतबाट प्रकाशित हुने दैनिक भास्करका अनुसार एण्डिज र हिमालय पर्वत श्रृंखलामा यसको खतरा धेरै छ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
ख्रीष्टियन जर्नालिस्ट फेलोसिप नेपाल एनसीएफ नेपालमा आवद्ध
हाम्रो जीवनको सहारा येशू
रेभ. तेज रोक्का
नेपालमा महान जागृतीकाे प्रारम्भ हुने घाेषणा : तयारी युद्ध स्तरमा
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
प्रभुसँग लामो सम्बन्ध राख्यौं भने उहाँले हामीलाई आशिष दिनुहुन्छ







