single page header banner

के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?

Pramodkhadka Pramodkhadka
मंगलबार, कार्तिक 12, 2079
Social buttons loaded
समाचार सारांश
  • २८ असार, काठमाडौं ।
  • विवादीत छवीका सञ्चार व्यवसायी तथा कार्यक्रम प्रस्ताेता रवि लामिछाने भर्खैरै मात्र पत्रकारीता छाेडि नयां राजनितिक दलकाे रुपमा रास्ट्रिय स्वतन्त्र पार्टि गठन गरेर राजनितिक यात्रामा हाेमिएका छन ।

२८ असार, काठमाडौं । विवादीत छवीका सञ्चार व्यवसायी तथा कार्यक्रम प्रस्ताेता रवि लामिछाने भर्खैरै मात्र पत्रकारीता छाेडि नयां राजनितिक दलकाे रुपमा रास्ट्रिय स्वतन्त्र पार्टि गठन गरेर राजनितिक यात्रामा हाेमिएका छन । काठ्माण्डाै महानगरमा स्वतन्त्र उम्मेद्वार वालेन शाहकाे जित पछी आगामी आम निर्वाचनमा चाैतर्फि स्वतन्त्र उम्मेदवारी दिने लहर चलिरहंदा रवि लामिछाने पनि नयां राजनितिक दल गठन गरेर अघि आएका हुन । आफ्नाे राजनितिक यात्राकाे प्रारम्भिक जाेशमा हाेश गुमाउंदा उनलाइ पहिलाे गासमै ढुङगा लागेकाे छ । केही दिन अघि रास्ट्रिय स्वतन्त्र पार्टि चितवनकाे जिल्ला भेलामा भाषण गर्ने क्रममा उनले धर्मकाे संवन्धमा राखेकाे विचारलाइ लिएर धार्मिक स्वतन्त्र पक्षधर तप्का तथा अल्पसंख्यक धर्म समुदाय रुष्ट वनेकाे छ ।

नागरिक समाजका अगुवा डा. प्रेम परियार ले “उनी हिन्दु रास्ट्रवादि हुन´ भन्दै आफ्नाे पुरानाे अनुमान प्रमाणित भएकाे वताएका छन ।”

`फेरि अर्काे राप्रपा र अर्को रविन्द्र मिश्रकाे जन्म मात्रै हाे´ भन्दै उनकाे पार्टिकाे धर्म र समग्र शाशकिय स्वरुप संवन्धि मान्यता वारेमा वाैद्धिक वहस सुरु भएकाे छ । कतिले उनकाे पार्टि एउटा परम्परागत कन्जरभेटिभ पार्टि मात्र भएकाे र रविले हिन्दु रास्ट्रवादकाे वाटाे अंगालेकाे वताएका छन । उनले धर्म परिवर्तन विरुद्ध हदै सम्मकाे कडा नीति निर्माण गर्ने र यसलाइ आफ्नाे पार्टिकाे प्रमुख मुद्दा वनाउने जिकिर कार्यक्रममा गरेका थिए । कततिपयले `धार्मिक स्वतन्त्रताकाे अर्थ नबुझ्नेहरुले आफुलाई किन स्वतन्त्र पार्टी भन्नू, धर्मसापेक्ष पार्टी भन्नू नि´ भनेका छन भने कसैले `निरपेक्ष रास्ट्रमा धार्मिक स्वतन्त्रता लाई राम्राे संग वुझ्न नसक्ने व्यक्ति नै सभापति भएकाे पार्टिकाे नाम रास्ट्रिय स्वतन्त्र पार्टि हुनु मजाक भएकाे´ भन्दै व्यङग्य गरेका छन ।

जनता समाजवादीका नेता डम्वर खतिवडा भन्छन “धर्म कसैले कसैकाे न परिवर्तन गराउँछ न गराउन सक्छ । धर्म छान्न पाउने अधिकार मान्छेकाे नैसर्गिक र विश्वव्यापी मानवअधिकार हाे । “

नागरिक समाज तथा दलित अगुवा डा. प्रेम परियार ले `उनी हिन्दु रास्ट्रवादि हुन´ भन्दै आफ्नाे पुरानाे अनुमान प्रमाणित भएकाे वताएका छन । जनता समाजवादीका नेता डम्वर खतिवडा भन्छन `धर्म कसैले कसैकाे न परिवर्तन गराउँछ न गराउन सक्छ । धर्म छान्न पाउने अधिकार मान्छेकाे नैसर्गिक र विश्वव्यापी मानवअधिकार हाे । गाेराहरुकाे धर्म परिवर्तन गरायाे भनेर अमेरिकाले विवेकानन्दलाई पक्राउ गर्या भए के हुन्थ्याे ! विवेकानन्दले अमेरिकामा हिन्दुत्व, वैदिकता, याेग, ध्यान आदिकाे प्रचार गरे । अहिले पनि युराेप अमेरिका तिर थुप्रै हिन्दु पुराेहित छन । यदि राज्यहरूले धार्मिक स्वतन्त्रता स्वीकार गर्दैनथे भने त्याे कसरी संभव हुन्थ्याे ? ´ त्यस्तै अर्का वाैद्धिक व्यक्तित्व किरण लिम्बू नेपालमा रवि लामिछानेकाे अवस्था रविन्द्र मिश्रकाे जस्ताे हुने जिकिर गर्दै भन्छन “रवी लामिछाने पनि रवीन्द्र मिश्र जस्तै उल्टा यात्री हुन्, र उनको अन्त्य मिश्रकै जस्तो हुने निश्चित छ। नेपालमा (भारतमा जस्तो) पुरातनपन्थीले सत्ता कब्जा गरेको रेकर्ड छैन र हुने छैन ।

ख्रिस्टियन अगुवा तथा मशीहा पार्टिका अध्यक्ष भरत गीरी भन्छन “म एक ख्रीष्टियन भएको नाताले रबिको लागि प्रार्थना गर्दछु र एक राजनीतिकर्मी पनि भएकोले यिनको गलत उद्देश्यलाई राजनीतिक तवरले नै खण्डन र भण्डाफाेर गर्दछु । “

हामी नेपालीहरूको सबैभन्दा गर्विलो पक्ष हाे याे ।” अर्का ख्रिस्टियन अगुवा तथा मशीहा पार्टिका अध्यक्ष भरत गीरी भन्छन “धर्म परिवर्तन गराउनेलाई हदैसम्मको सजाय दिने भन्ने रबि लामिछानेले खोलेको नयाँ पार्टीको मुख्य एजेन्डा रहेछ । उनले नेपालको संविधान २०७२ ले घोषणा गरेको धर्मनिरपेक्षता र आफूलाई इच्छा लागेअनुसार कुनै पनि धर्म छान्न, मान्न र अभ्यास गर्ने पाउने स्वतन्त्रतालाई नजरअन्दाज र अपमान गरेका छन रबि लामिछानेले कतैबाट परिचालित भएर अल्पसंख्यक धर्मको विरुद्ध परिलक्षित गरि आफ्नो पार्टीको घोषणापत्र बनाएको प्रष्ट वुझिन्छ । म एक ख्रीष्टियन भएको नाताले रबिको लागि प्रार्थना गर्दछु र एक राजनीतिकर्मी पनि भएकोले यिनको गलत उद्देश्यलाई राजनीतिक तवरले नै खण्डन र भण्डाफाेर गर्दछु । रबी लमिछानेको यो बिचार नेपालको संविधान विपरीत छ । उनमा जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक प्रणालीप्रति कुनै सम्मान छैन । वास्तवमा उनि लोकतन्त्र बिरोधी हुन् ।”

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम