single page header banner

चेलापन भनेको के हो ?

adminsangam adminsangam
शनिबार, माघ 28, 2080
Social buttons loaded
समाचार सारांश
  • परिचय चेलापन के हो भनेर जान्नु अघि चेला भनेको के हो भनि जान्नु आवश्यक हुन्छ ।
  • साधारण शब्दमा चेला भनेको ‘शिष्य’ वा ‘सिक्ने व्यक्ति’ भनेर बुझिन्छ ।

परिचय

चेलापन के हो भनेर जान्नु अघि चेला भनेको के हो भनि जान्नु आवश्यक हुन्छ । साधारण शब्दमा चेला भनेको ‘शिष्य’ वा ‘सिक्ने व्यक्ति’ भनेर बुझिन्छ । हाम्रो बिषय अनुसार चेला भनेको उसको   येशूले चेलाहरुलाई भन्नुभयो, “यसकरण जाओ र प्रत्येक देशका जातिहरुलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाँउमा बप्तिसमा देओ ” (मत्ति २८ः१९)।

चेलापन भनेको येशू ख्रीष्टलाई चिन्नु , विश्वास गर्नु , प्रेम गर्नु र उहाँमा सर्मपित जीवन जीउनु हो । येशू ख्रीष्टलाई पछयाउने विश्वासीहरुको जीवनमा भइरहने निरन्तर प्रकृया नै चेलापन हो । ख्रीष्टियान चेलापन चाहिँ पवित्र आत्माको शक्तिमा बृद्धि हुने प्रकृया हो, जहाँ यस बर्तमान जीवनको उतारचढावलाई विजय गर्दै चरित्र र व्यवहारमा ख्रीष्ट जस्तै हुनु हो । चेलापन यस्तो प्रकृया हो, जुन निरन्तर रुपमा अघि बढिरहेको हनु छ । चेलापनले कुनै व्यक्तिलाई उस भित्रका खुवी वा वरदानलाई बाहिर प्रस्फुटन गर्ने काम गर्दछ । जब येशूलाई पछयाउने व्यक्ति चेला बन्दछ तब उसले आफैलाई होच्याई नम्र बनि परमेश्वरको बाटोमा विश्वासयोग्ताका साथ अघि बढ्छ र अरुलाई पनि चेलापनमा हुर्काउने काम गर्छ ।

ख्रीष्टियन चेलापन चाँहि पवित्र आत्माको शक्तिमा बृद्धि हुने प्रक्रिया हो, जहाँ यस वर्तमान जीवनको उतारचढावलाई विजय गर्दै चरित्र र व्यवहारमा ख्रीष्ट जस्तो हनु  हो । चेलापन चाहिँ शिक्षक र विद्यार्थी बीच निरन्तर चलिरहने सम्बन्ध र अन्तरक्रिया हो । साँचो चेला हुन त्यो व्यक्ति ख्रीष्टको वचनमा लागिरहनुपर्छ । ख्रीष्टलाई सबै भन्दा बढि प्रेम गर्नुपर्छ, आफैलाई इन्कार गर्नुपर्छ अनि आफ्नो क्रुसलाई दिनहुँ बोक्नुपर्छ । चेलापन मुक्ति पाएको प्रत्येक व्यक्तिको कर्तव्य हो । येशू प्रतिको पूर्ण भरोसा, नम्रता र आज्ञाकारीता पनि हो । परमेश्वरले सबै ख्रीष्टियानहरुलाई चेला हुनको निम्ति बोलाउनु भएको हो । हामीले जहिले पनि साक्षी दिनको निम्ति तयार हुनु पर्दछ । १पत्रुस ३ः१५, अनुसार “तर ख्रीष्टलाई प्रभु भनेर तिम्रो ह्रदयमा उहाँको श्रद्धा गर । तिमीहरुमा भएका आशाको बिषय कसैले सोधपुछ गरे त्यसको जवाफ दिन सधै तत्पर बस, तर त्यो काम नम्रता र श्रदासाथ गर ।” उहाको बाटोमा हिड्नु असल चेला हुनु हो ।

“चेलापन बिनाको इसाई जीवन ख्रीष्ट बिनाको इसाई जीवन जस्तै हो”        

            –डाईट्रिच बोनहोफर

             

अर्थ र परिभाषा

‘चेला’ शब्द ग्रीक भाषाको ‘माथेटेस’ बाट आएको हो जसको अर्थ ‘विद्यार्थी’, ‘छात्र’ वा ‘सिकारु’ भन्ने हुन्छ । वेभस्टार शब्दकोष अनुसार, चेला “जसले अरुबाट निर्देशन प्राप्त गर्दछ” त्यो चेला हो । चेला शब्दको अर्थ अर्को व्यक्तिलाई पछयाउने भन्ने हुन्छ । चेलाले सर्बप्रथम आफुले सिक्छ अनि मात्र अरु व्यक्तिलाई सिकाएर चेला बनाउछ । चेलाको परिभाषा अनुसार एक जो पछयाउने व्यक्ति जसले अरुको सिद्धानतलाई स्वीकार गर्दछ र त्यसलाई फैलाउने काम गदर्छ अनि ख्रीष्टको सुसमाचारलाई ग्रहण गर्दछ । त्यसैगरी “यस्तो नैतिक चरित्र भएको हो, जो सच्याइन चाहन्छ, सिक्छ अनि उसको दिमाग र ह्रदय सिक्ने कुराको लागि परिवर्तन हुँदै जान्छ।”

येशूको समय भन्दा पहिले पनि मानिसहरु ग्रीक र रोमी दार्शनिकहरु (गुरु) को चरणमा बसेर शिक्षा लिने गर्दथे । येशूको जीवनकालमा धेरै जना यस्ता मानिसहरु थिए जसले आफैलाई उहाँको चेला ठान्थे अर्थात विद्यार्थीहरुले शिक्षकको कुरा सुने जस्तो तिनीहरु उहाँको पछि लाग्थे अनि उहाँको वचन सुन्थे । कक्षा कोठामा दिइने शिक्षा भन्दा पनि गुरु र शिष्य बिचको संगठन र सम्बन्ध बढी महव्तपूर्ण मानिन्थ्यो । चेलाहरुले शिक्षक वा गुरुको शिक्षा र जीवनशैलीलाई आफ्नो जीवनमा पछ्याउने गर्दथे । बप्तिसमा दिने यूहन्नाको पनि धेरै चेलाहरु थिए पछि केही येशूको चेला बने । फरसी र यहूदी सम्प्रदायमा पनि चेलाहरु गूरुको चरणमा सभाघरमा शिक्षा लिने गर्दथे । पावल पनि गमलिएलको शिक्षामा हुर्केका थिए ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
प्रार्थना : पितासँगको घनिष्ठ सम्बन्ध र हाम्रो आत्मिकी अधिकार
प्रार्थना : पितासँगको घनिष्ठ सम्बन्ध र हाम्रो आत्मिकी अधिकार
SDA को मञ्चमा बिसप नारायण शर्माको उपस्थिति : नेपाली इसाई वृत्तमा संस्थागत निष्ठा, सिद्धान्त र धर्मशास्त्रीय विचलनको गम्भीर बहस
SDA को मञ्चमा बिसप नारायण शर्माको उपस्थिति : नेपाली इसाई वृत्तमा संस्थागत निष्ठा, सिद्धान्त र धर्मशास्त्रीय विचलनको गम्भीर बहस
नेपाली चर्च एकता आजको आवश्यकता
नेपाली चर्च एकता आजको आवश्यकता
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
संविधानसभामा पहिचान लुकाइरहेका इसाई सभासदहरु र बिनोद पहाडीको भूमिका
संविधानसभामा पहिचान लुकाइरहेका इसाई सभासदहरु र बिनोद पहाडीको भूमिका
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर
रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक
रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक
अब बोलेर पनि नेपालीमा टाइप गर्न सकिने
अब बोलेर पनि नेपालीमा टाइप गर्न सकिने
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम