single page header banner

“आमेन” को अर्थ

admin admin
शुक्रबार, आश्विन 24, 2079
Social buttons loaded
समाचार सारांश
  • पवित्र म.
  • भण्डारीको जन्म एक हिन्दु परिवारमा कास्कि जिल्ला को भण्डारढिक गाउँमा भएको हो वहाँले कलेजको पढाइको क्रममा प्रभुलाइ चिन्नुभयो।

पवित्र म. भण्डारीको जन्म एक हिन्दु परिवारमा कास्कि जिल्ला को भण्डारढिक गाउँमा भएको हो वहाँले कलेजको पढाइको क्रममा प्रभुलाइ चिन्नुभयो। बाइबल कलेजको अध्ययन नेपालबाटै सुरू गरे पनि द. कोरिया गएर उच्च शिक्षा अध्ययन गर्नुभयो। MDiv र THM को पढाइ द. कोरियाको टर्च ट्रिनिटि विश्वविद्यालयवाट र PhD को अध्ययन द. कोरियाकै यन्से विश्वविद्यालयवाट गर्नुभयो। हाल जुआन प्रेस्वेटेरियन चर्चमा नेपाली पास्टरको रूपमा सेवा गरीरहनुभएका भण्डारी विभिन्न बाइबल कलेजमा पनि पढाउनु हुन्छ ।

  • पवित्र म. भण्डारी

 हामी इसाई विश्वासीले प्रार्थना अन्त्य गर्दा भन्नै पर्ने मन्त्र जस्तो \”आमेन \” भन्ने गछौं । त्यसो त यस शब्द को अर्थ र बाइबलमा यसको प्रयोग बारे हामी मध्य कतिलाई थाहा होला? आजको यस अध्ययनमा छोटकरीमा यसलाई बुझने छौं।

हाम्रो प्रयोगमा आमेन भनेर हामीले गरिएको प्रार्थना मा सहमति जनाएका हुन्छौं भने सो प्रार्थनामा घोषणा गरिएको आशिषलाई विश्वास द्वारा सत्य हो भनि स्विकार गरेका हुन्छौं । बाइबलमा सयौं पटक आमेन शब्द हिब्रू र ग्रीक भाषामा प्रयोग गरिएको छ । हामीले प्रयोग गरेकै जस्तो गरेर पनि बाइबलमा धेरै पटक प्रयोग गरिएको छ । जस्तो : 

व्यवस्था 27:15‭-‬16

“कारीगरले बनाएको जस्‍तै आफूले खोपेको वा ढालेको परमप्रभुलाई घिन लाग्‍ने मूर्ति गुप्‍तमा स्‍थापना गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।” “आफ्‍ना आमा-बुबालाई अपमान गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

यि पदहरूमा आमेन भनेर घोषणा गरीएको कुरामा स्विकार गरेका छन्। तर बाइबलमा आमेनको प्रयोग त्यस्तै होस वा स्विकार गर्छु भन्ने अर्थमा मात्र प्रयोग भएको छैन । बाइबलमा हामीले येशूले \”साँचै म तिमीहरूलाई भन्दछु\” भन्नु भएको पाउँछौं । तर प्रभुकै बोलीमा हो भने आमेन म तिमीहरुलाई भन्दछु भन्ने हुन आउँछ (मत्ती 5:17) । र यस्तै रूपमा सुसमाचार का पुस्तकमा मात्रै ७० पटक प्रयोग गरिएको छ । आमेन भनेर येशूले आफ्नो भनाई सुरुगरेर आफ्नो अधिकार र आफ्नो वचनको अटल सत्यताको घोषणा गर्नुहुन्छ । अर्को तरिकाले आफ्नो इश्वरत्व प्रदेर्शन गर्नुहुन्छ। अगमवक्ताहरूको वचनमा आफ्नै अधिकार हुँदैन तर येशू आफैमा सो अधिकार छ ।

यूहन्‍ना 3:3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”

उक्त पदमा वास्तवमा दुइवटा आमेन बाट येशूले भनाई सुरु गर्नुभएको छ । येशूले आफ्नो अधिकार सहित बोल्नु भएको वचन हो।

पावलले भने परमेश्वरको महिमा हुने वाक्यहरू पछि आमेन भन्ने गर्छन् । जस्तो रोमी 9:5 मा पावलले लेखेका छन्, पूर्वजहरू तिनीहरूका नै हुन्, र ख्रीष्‍ट पनि शरीर अनुसार तिनीहरूकै वंशका हुनुहुन्‍छ, सर्वोच्‍च परमेश्‍वर, जसको युगानयुग स्‍तुति होस्‌। आमेन। अन्य पत्रहरूमा पावलले आफूले आशिस दिएको अवस्थामा आमेन भन्ने गरेका छन् । गलाती 6:18 भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्‍मासँग रहोस्‌। आमेन। पावल बाहेक नयाँ करारका अन्य लेखकहरुले पनि आमेनलाई परमेश्वरको नाउँमा आशिस दिंदा नै प्रयोग गरेको पाउँछौं (1 पत्रुस 3:18र प्रकाश 22 : 21) ।

त्यसैले हामीले आमेन शब्दलाई परमेश्वरको महिमा भएको वा गरेको अवस्थामा र परमेश्वरको आशिस स्विकार वा विश्वास गरेको अवस्थामा प्रयोग गर्नु हुन्छ । हल्का रुपमा यसलाई आफ्नो थेगो बनाएर प्रयोग नगरौं।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
सवै भन्दा ठुला  मण्डली भवनहरु
सवै भन्दा ठुला मण्डली भवनहरु
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर
नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया
नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया
अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो: पास्टर माइकल थापा
अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो: पास्टर माइकल थापा
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
कन्सेप ईन्टरनेशनलको दोस्रो वार्षिकोत्सव सम्पन्न
कन्सेप ईन्टरनेशनलको दोस्रो वार्षिकोत्सव सम्पन्न
ख्रिष्टियन संघ–संस्थामा नेतृत्व चयन गर्दा चुनाव गर्नु उचित छ कि छैन ?
ख्रिष्टियन संघ–संस्थामा नेतृत्व चयन गर्दा चुनाव गर्नु उचित छ कि छैन ?
दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार
दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार
पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट
पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1

छुटाउनुभयो कि ?

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ) के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ) समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो)  समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो)  निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट महासंघद्वारा पूर्ण धर्म निरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपतिको ध्यानाकर्षण महासंघद्वारा पूर्ण धर्म निरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपतिको ध्यानाकर्षण
होम