single page header banner

गोदावरी नगर इसाई समाजद्धारा गोदावरी नगरपालिका पदाधीकारीलाई बधाई तथा शुभकामना

admin admin
बिहिबार, आश्विन 30, 2079
Social buttons loaded
समाचार सारांश
  • १२ असार काठमाण्डौ ।
  • गोदावरी नगर इसाई समाजले ललितपरस्थीत गोदावरी नगरपालिकाका नवनिर्वाचित पदाधीकारीहरुलाई प्रशंसापत्रद्धारा बधाई ज्ञापन गरेको छ ।

१२ असार काठमाण्डौ । गोदावरी नगर इसाई समाजले ललितपरस्थीत गोदावरी नगरपालिकाका नवनिर्वाचित पदाधीकारीहरुलाई प्रशंसापत्रद्धारा बधाई ज्ञापन गरेको छ । 


आइतबार बज्रबराहीस्थीत गोदावरी नगरपालिकाको सभा कक्षमा आयोजित गोदावरी नगर इसाई समाजले आयोजना गरेको बधाई तथा शुभकाममना कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनलगायतका नवनिर्वाचित पदाधीकारीहरुलाई गोदावरी नगर इसाई समाजका अध्यक्ष पास्टर प्रेम खत्रीले सम्मान पत्र प्रदान गरेर बधाई तथा शुभकामना दिनु भयो ।


कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले समाजले राखेका मागहरु जायज भएको भन्दै समाजका मागहरुप्रति आफू सकारात्मक भएको भन्दै मागहरु सम्वोधन गर्न अध्ययन गर्ने प्रतिवद्धता जनाउनु भयो । 


त्यस्तै, आफ्ना मन्तब्य राख्नेक्रममा गोदावरी नगर इसाई समाजका अध्यक्ष पास्टर प्रेम खत्रीले इसाईहरुको लागि समाधिस्थल व्यस्थापन गरिदिन नगरप्रमुखसँग माग राख्नु भयो । त्यसक्रममा उहाँले गोदावरी नगरपालिका अन्तर्गत निर्वाचित हुनुभएका नगरप्रमुखलगायत सम्पूर्ण पदाधीकारीहरुलाई बधाई दिदैं कार्यकाल सफलाको शुभकामना दिनु भयो ।
त्यस्तै, बधाई तथा शुभकामना समारोहमा गोदावरी नगर इसाई समाजका सचिव  पास्टर हिराकाजी महर्जनले कार्र्यक्रममा सहभगी सवैलाई स्वागत गर्नुका साथै नवनिर्वाति पदाधीकारीहरुलाई बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना दिनुभयो ।


बधाई तथा शुभकामना कार्यक्रममा गोदावरी नगर इसाई समाजका पदाधीकारी पास्टर द्धारिका श्रेष्ठले गोदावरी नगरपालिका भित्र इसाईहरुको लागि समाधिस्थलको व्यवस्था गरिदिन माग राख्नु भयो । उहाँले त्यसक्रममा इसाईहरुका लागि समाधिस्थलको व्यवस्थापन गर्नु नगरको दायित्व भएको औंल्याउनु भयो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम