एपि मसिहा पार्टीको मोटरसाइकल र्याली सम्पन्न
- सरकारसँग विभिन्न माग राखी एपि मसिहा पार्टी नेपाल र आफ्नै भातृसंस्था रहेको परिवर्तन युवा संघ नेपालको संयुक्त आयोजनामा आज काठमाडौंको रिङरोडमा महङ्गी विरुद्ध लगायतका माग राखी शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै मोटरसाइकल र्यालीको आयोजना गर्यो ।
- सयौं संख्यामा मोटरसाइकलमा सहभागी युवाहरु सम्मिलित उक्त मोटरसाइकल र्याली एपि मसिहा पार्टीको कार्यालय सुकेधाराबाट विहान ११ बजे शुरु भएर शहरका विभिन्न ठाउँहरुमा परिक्रमा गरी पूनः पार्टी कार्यालयमा पुगी सम्पन्न भएको थियो ।
सरकारसँग विभिन्न माग राखी एपि मसिहा पार्टी नेपाल र आफ्नै भातृसंस्था रहेको परिवर्तन युवा संघ नेपालको संयुक्त आयोजनामा आज काठमाडौंको रिङरोडमा महङ्गी विरुद्ध लगायतका माग राखी शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै मोटरसाइकल र्यालीको आयोजना गर्यो ।
सयौं संख्यामा मोटरसाइकलमा सहभागी युवाहरु सम्मिलित उक्त मोटरसाइकल र्याली एपि मसिहा पार्टीको कार्यालय सुकेधाराबाट विहान ११ बजे शुरु भएर शहरका विभिन्न ठाउँहरुमा परिक्रमा गरी पूनः पार्टी कार्यालयमा पुगी सम्पन्न भएको थियो । सुकेधाराबाट शुरु भएको मोटरसाइकल र्याली चावहिल, कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना हुँदै कलंकी, नयाँ बसपार्क, सामाखुशी, महाराजगञ्ज चक्रपथ हुँदै पूनः पार्टी कार्यालयमा पुगेर टुङ्गिएको थियो ।
सरकारद्धारा पेट्रोलिम पदार्थका साथै दैनिक उपभोग्य सामाग्रीमा गरिएको मुल्य वृद्धिको विरुद्ध र देशमा रहेका अल्पसंख्यक धार्मिक समुदायमाथि राज्यबाटै भएको ज्यादती लगायतका माग राखी गरिएको सो मोटरसाइकल र्यालीको नेतृत्व पार्टीका अध्यक्ष भरत गिरीले गर्नुभएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
संविधान संशोधनमा सबै धार्मिक समुदायको साझा आवाज :
के त्रिएक परमेश्वरको रहस्य कहिल्यै बुझ्न सक्दैनौ ?
“आमेन” को अर्थ
कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति
नेपालको पहिलो मण्डली : रामघाट चर्च
परमेश्वरको इच्छा पूरा हुँदा मानिसहरूको जीवन निर्माण हुन्छ…







