single page header banner

एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह

admin_news admin_news
सोमबार, आश्विन 1, 2083
Social buttons loaded
समाचार सारांश
  • एकता, मेलमिलाप र सहकार्यलाई केन्द्रमा राख्न आह्वान काठमाडौं ।
  • NCFN को नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला UNNCC का राष्ट्रिय संयोजक भव घलेले सम्पूर्ण ख्रीष्टियन समुदायलाई प्रार्थनामा सहभागी हुन आग्रह गर्नुभएको छ ।

एकता, मेलमिलाप र सहकार्यलाई केन्द्रमा राख्न आह्वान

काठमाडौं । NCFN को नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला UNNCC का राष्ट्रिय संयोजक भव घलेले सम्पूर्ण ख्रीष्टियन समुदायलाई प्रार्थनामा सहभागी हुन आग्रह गर्नुभएको छ । संयोजक घलेले जारी गर्नुभएको सन्देशमा NCFN आगामी नेतृत्व चयनलाई नेपाली चर्च र समग्र ख्रीष्टियन समुदायको भविष्यसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै परमेश्वरको इच्छा अनुसारको नेतृत्व चयन होस भनी विशेष प्रार्थना गर्न आह्वान गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, “यस महत्वपूर्ण समयमा हामी सबैले NCFNका लागि प्रार्थना गरौं । परमेश्वरले नियुक्त गर्नुभएको सही नेतृत्व चयन होस् भनेर प्रभुसँग बिन्ती गरौं। ‘हे प्रभु, एनसीएफएनले तपाईंले नियुक्त गर्नुभएको सही नेतृत्व चयन गर्न सकोस्।’ आमेन।”

उहाँले यूएनएनसीसीको तर्फबाट निर्वाचनमा सहभागी सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुका साथै उनीहरूका लागि प्रार्थना गरिरहेको पनि बताउनुभएको छ । निर्वाचनलाई प्रतिस्पर्धा वा विभाजनको दृष्टिले नभई सेवा, जिम्मेवारी र परमेश्वरको राज्य विस्तारको साझा अवसरका रूपमा लिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

संयोजक घलेले नयाँ नेतृत्व चयन भएपछि UNNCC उक्त नेतृत्व टोलीसँग सहकार्य गर्न आतुर रहेको पनि उल्लेख गर्नुभएको छ । नेपाली चर्च तथा नेपालका ख्रीष्टियन समुदायको हित, उन्नति र साझा सरोकारका विषयहरूमा मिलेर काम गर्न यूएनएनसीसी पूर्ण रूपमा प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

“UNNCC नयाँ निर्वाचित नेतृत्व टोलीलाई स्वागत गर्न उत्सुक छ । नेपाली चर्च र ख्रीष्टियन समुदायको हित तथा उज्ज्वल भविष्यका लागि सहकार्य, समन्वय र एकताका साथ अगाडि बढ्न हामी सदैव तत्पर रहनेछौं,” उहाँले सन्देशमार्फत व्यक्त गर्नुभएको छ ।

“उहाँको सन्देशले विशेषगरी निर्वाचनको समयमा देखा पर्न सक्ने मतभिन्नता र प्रतिस्पर्धा भन्दा माथि उठेर एकता, मेलमिलाप, पारस्परिक सम्मान र सहकार्य को भावनालाई बलियो बनाउनुपर्ने आवश्यकतालाई उजागर गरेको छ ।” परिणाम जे आए पनि सबै पक्षले नेपाली चर्चको बृहत्तर हितलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको ख्रीष्टियन अगुवा एवं अभियन्ता एल्डर विदुर अधिकारीले वताउनुभयो ।

अझ अगाडी थप्दै वहाँ भान्नुहुन्छ ‘ख्रीष्टियन समुदायभित्र एकता र सहकार्यको आवश्यकता झन् बढिरहेको वर्तमान सन्दर्भमा भव घलेज्यूको यो सन्देशले एनसीएफएनको निर्वाचनलाई विभाजनको होइन, एकता, समझदारी, मेलमिलाप र साझा मिसनप्रतिको प्रतिबद्धता नवीकरण गर्ने अवसर का रूपमा लिन प्रेरित गरेको छ।’

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
एपी पार्टि र नागरिक पार्टि विच एकीकरण : यस्तो बन्यो नयाँ कार्यसमिति (नाम लिस्ट सहित)
एपी पार्टि र नागरिक पार्टि विच एकीकरण : यस्तो बन्यो नयाँ कार्यसमिति (नाम लिस्ट सहित)
येशु खीष्ट संसारमा आउनुका कारणहरू के-के हुन् ?
येशु खीष्ट संसारमा आउनुका कारणहरू के-के हुन् ?
पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट
पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट
बाइबल कलेज द्वारा सुकुम्वासी वस्तीमा राहत वितरण
बाइबल कलेज द्वारा सुकुम्वासी वस्तीमा राहत वितरण
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै
रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै
बाइबलमा भोज : ख्रिष्टियनहरुले पार्टि गर्न हुन्छ कि हुँदैन ?
बाइबलमा भोज : ख्रिष्टियनहरुले पार्टि गर्न हुन्छ कि हुँदैन ?
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम