single page header banner

समलिंगी विवाह चाहिँदैन, भ्रुणहत्या र लिङ्ग परिवर्तन गर्न पाइँदैन

Pramodkhadka Pramodkhadka
आइतबार, फाल्गुन 3, 2081
Social buttons loaded
समाचार सारांश
  • जय नागरिक अभिवादन ।
  • यो अभिवादन ल्याउँदैगर्दा, अभिवादन हाम्रो सभ्यता र पहिचानको कुरा पनि हो ।

जय नागरिक अभिवादन । यो अभिवादन ल्याउँदैगर्दा, अभिवादन हाम्रो सभ्यता र पहिचानको कुरा पनि हो । म सोच्दैथिएः स्त्री पुरूष विवाह बिना सन्तान जन्म हुँदैन, भ्रुण हत्या गरेपछि शिशु जन्मनै पाउँदैन, लिंग परिवर्तन गरिदिएपछि कुनै व्यक्ति सन्तान जन्माउन सक्षम नै रहँदैन । नजन्मेको, जन्मनै नपाएको शिशु त नागरिक बन्नै पाउँदैन । नागरिक नै नरहेपछि, हाम्रो राष्ट्र, देश पनि रहँदैन……. अर्थात्, आज हामीले सरोकार राखेको, खबरदारी गर्न बाध्य बनेको विषय हाम्रो जीवन, घरपरिवार समाज र राष्ट्रकै अस्तित्वसँग जोडिएको छ । अहिले हाम्रो समाज राष्ट्र साथै विश्वमा समेत जुन रफ्तारमा व्यापकतासाथ कतिपय विकृति विसंगति बढेर गएका छन्, तीप्रति मौन रहन नसकिने अवस्था सृजना भएको छ । वास्तविक विभेद, दलन उत्पीडनका कुरा हुँदाहुँदै, पहिचान स्वभिमान, स्वतन्त्रता जुन स्वाभाविक हुन्, हामी तिनको स्ष्ट पक्षमा छौँ ……….. तर स्त्री पुरूषको वैवाहिक सम्बन्धद्वारा सन्तान जन्म, परिवार निर्माण, समाजको निरन्तरता र राष्ट्र कायम रहन्छ, त्यो प्रकृयालाई नै तोड्न, निस्तेज गर्ने नीति नियम प्रावधान ल्याइरहँदा, यसमा समाज, घरपरिवारको संलग्नता, विचार आवाजलाई स्थान दिइनुपर्छ कि पर्दैन ? यो हामी सबैको सरोकारको मुद्दा हो कि होइन ? कतै यो केही नगन्य मुठ्ठीभर व्यक्तिहरूको सनक वा लाभको लागि, देशीविदेशी दाताहरूको हात माथि पार्दै, हाम्रो अस्तित्वनै संकटमा पार्ने खेल त होइन ?……… आदरणीय जनसमुदाय, राष्ट्रको अस्तित्वमाथि नै प्रहार भइरहेको गम्भीर आशंका उब्जेको छ ।

नियन्त्रित गर्भपतन, समलिंगी सम्बन्धलाई विवाहको मान्यता र लिंग परिवर्तन जस्ता विकृतिलाई स्वाभाविक बनाउँदै लाने र समाजद्वारा स्वीकृति दिलाउने स्लो प्वाइजनको काम भइरहेको छ, अदालतको आदेशद्वारा अस्वाभाविक र अप्राकृतिक कुराहरूलाई दर्ता र मान्यता दिलाउने काम भएको छ । यदि त्यसो हो भने, यो विषय व्यापक जनसोकार, सहभागिता र संसदीय बहसको विषय बन्नुपर्ने हो कि होइन ? यो कुनै जातीय वा लिंग विभेद जस्तो कुरा होइन, जुनचाहिँ वास्तविक समस्या हुन्, जसको सम्बोधन गरिनुपर्छ । जातीय, भौगोलिक, भाषिक, धार्मिक संस्कृतिक पहिचान वास्तविक र जायज कुरा हुन्, कोही यिनको विपक्षमा छैन, यिनको अभिव्यक्तिको विपक्षमा छैन । तर जब पुरूले पुरूषसँग, स्त्रीले स्त्रीसँग, व्यक्तिले पशुपक्षीसँग, वस्तु चिजबिजसँग विवाह गर्छु, त्यसलाई मान्यता दिइयोस् भन्छ, तब त्यो अस्वााविक, अप्राकृतिक, अनुत्पादक, अपुनरूत्पादक हुन्छ । वास्तवमा त्यो प्रवृत्ति विनाशक छ । जुन स्वाभाविक, प्राकृतिक, सृजनात्मक अभ्यास र परम्परा, अर्थात् स्त्री र पुरूषको वैवाहिक सम्बन्धद्वारा सन्तान जन्मको माध्यमबाट हाम्रो घरपरिवार समाज राष्ट्र, वंश परम्पराले निरन्तरता पायो, मानव सभ्यता कायम रह्यो , पुस्तापुस्ता हस्तान्तरण हुँदै आयो, त्यसको मूलमै जरामै आक्रमण भएपछि, फल लाग्दैन अर्थात मानव जीवन जन्म नै नभएपछि दोस्रो पुस्ताबाट फल फल्दैन, आनन्द, मानव अधिकार, स्वतन्त्रताको सम्भावन नै रहँदैन, किनकि यहाँ ती कुरा माग अभ्यास चाहना राख्ने मानव व्यक्ति नै रहँदैन । कुनै पनि कुराको लजिकल इन्ड, अन्तिम निष्कर्षमा पुर्याउने हो भने, समलिंगी सम्बन्ध र गर्भपतनको सस्तो अभ्यासलेः केही दशकभित्रै जनसँख्या धेरै घटेर जानेछ, सबैले त्यसो नगर्लान, यसकारण जन्म विवाह कायम हुनै नै छन्, तर नयाँ पुस्ता यस्ता कुरालाइ प्राकृतिक, स्वभाविक मानव अधिकार व्यक्तिगत छनोटका विषय हुने भन्ने शिक्षा र बुझाइसाथ हुर्कँदैजाँदा, तेस्रो चौथो पुस्तामा पुग्दा त वास्तवमै विवाह सन्तान जन्म रोकिन पनि सक्छ।

यसकारण एउटा प्रश्न यो पनि छः त्यो अवस्था, सम्भाव्य राष्ट्र विनाश, मानव जातिको अस्तित्व विनाशको समेत हेक्का राखेर नीति नियम निर्णय लिनु राज्य सरकार, न्यायालय, दलहरूको अभिभावकीय जिम्मेवारी बन्छ कि बन्दैन ? यसमा विवाह व्यक्तिको छनोटको कुरा हो भन्ने तर्क दिइन्छ भन्ने कुराप्रति हामी अनभिज्ञ छैनौं । तर के व्यक्तिको छनोट भन्ने तर्ककै अधारमा हामी अत्महत्यालाई मान्यता दिन्छौँ ? वा नाजायज भन्दैमा कुनै शिशु वा असक्त व्यक्तिलाइ मिल्काउन दिन्छौं ? वा बालकले, मानसिक सन्तुलन बिग्रेको व्यक्तिले कुनै हानिकारक क्रियाकलाप गर्ने चाहना गर्यो भने उसको छनोट र स्वतन्त्रता भनेर छोडिदिन्छौँ । यसर्थ व्यक्तिको स्वतन्त्रताको पनि एउटा सीमा र मर्यादा छ, हुनुपर्छ ।

हाम्रा नाराहरूः नैतिकता, सजगता, खबरदारीः हरेक नागरिकको जिम्मेवारी ! नैतिकता, सजगता, खबरदारीः सचेत नागरिकको जिम्मेवारी !! पुरूष पुरूष बिच विवाह बन्द गर: बन्द गर, बन्द गर । महिला महिला बिच विवाह बन्द गर: बन्द गर, बन्द गर, । भ्रुण हत्या बन्द गर: बन्द गर बन्द गर, । समलिंगी विवाह चाहिँदैन: पाइँदैन चाहिँदैन ! भ्रुणहत्या गर्न पाइँदैन: पाइँदैन पाइँदैन ! (समलिंगी विवाह दर्ता गर्नुभन्ने एकल इजलासको आदेशबारे) अन्तरिम आदेश, खारेज गर, खारेज गर ! देशलाई समलिंगी अखडा बनाउन पाइँदैन, पाइँदैन ! पिंक टुरिजम चाहिँदैन: चाहिँदैन, चाहिँदैन ! देशलाई समलिंगी अखडा बनाउन पाइँदैन, पाइँदैन ! मृत्य होइन जीवन रोजौः जीवन रोजौँ, जीवन रोजौँ । मानव अधिकार गर्भबाटै: आमा र बच्चा साथसाथै । नागरिक सरोकारः मानवीय प्रतिष्ठा बराबर ! विवाह र घरपरिवारः समाज र राष्ट्रको आधार स्त्री पुरूषको मिलनः सन्तान र जीवन स्त्री पुरूष विवाहको आवश्यकताः जीवन र सृष्टिको निरन्तरता परिवारमाथि आक्रमणः राष्ट्रमाथि अतिक्रमण स्वेच्छाचारिता = सभ्यता होइन सामाजिक विवाहः एक स्त्री र एक पुरूषबिचको सम्बन्ध Choose life. Your mom did! Abortion is not healthcare! Human rights begin in the womb! Equal rights for all!

लेखक विदुर अधिकारी आमूल परिवर्तन नागरिक पार्टीका उपमहासचिव तथा मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभाग प्रमुख हुनुहुन्छ I

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
मैले बिर्सन नहुने एक व्यक्ति `स्व. प्रेम दयाल प्रधान´
मैले बिर्सन नहुने एक व्यक्ति `स्व. प्रेम दयाल प्रधान´
धार्मिक गुठी “निजी” हुने कि “सार्वजनिक” ?
धार्मिक गुठी “निजी” हुने कि “सार्वजनिक” ?
इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
<strong>ख्रीष्टियानहरूले येशूलाई किन परमेश्वर भन्छन् ?</strong>
ख्रीष्टियानहरूले येशूलाई किन परमेश्वर भन्छन् ?
सन्निकट NCS महाधिवेशन : भव घलेको   शुभकामना, समिक्षा, चुनौति र सुझाव I
सन्निकट NCS महाधिवेशन : भव घलेको शुभकामना, समिक्षा, चुनौति र सुझाव I
दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार
दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
मेरो कार्यकालमा त्यो काम गर्नेछु, जुन नगरी हुँदैन
मेरो कार्यकालमा त्यो काम गर्नेछु, जुन नगरी हुँदैन
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम