single page header banner

संयुक्त नागरिक पार्टी : संक्षिप्त परिचय

Pramodkhadka Pramodkhadka
सोमबार, माघ 7, 2081
Social buttons loaded
समाचार सारांश
  • दर्शन, नीति तथा कार्यक्रम यो पार्टीको मुख्य दर्शन “शान्ति, समृद्धि र विकासः तमाम समस्याको निकास” भन्ने रहेको छ भने पार्टीको सैद्धान्तिक मार्गदर्शन “लोकतान्त्र – स्वतन्त्रता – पुँजिवाद” लिएर पार्टीलाई अगाडि बढाएका छौं ।
  • हाम्रो समुदायको माग भनेको हामी सबैलाई थाहा छ, मुख्य माग।

दर्शन, नीति तथा कार्यक्रम यो पार्टीको मुख्य दर्शन “शान्ति, समृद्धि र विकासः तमाम समस्याको निकास” भन्ने रहेको छ भने पार्टीको सैद्धान्तिक मार्गदर्शन “लोकतान्त्र – स्वतन्त्रता – पुँजिवाद” लिएर पार्टीलाई अगाडि बढाएका छौं । हाम्रो समुदायको माग भनेको हामी सबैलाई थाहा छ, मुख्य माग।

पहिलो ……सबै समुदायसँगै पहिचान, मान्यताः (१) सामाधिस्थल….. (२) चर्चको गूठी ……. (३) क्रीष्ट्मास विदा…. (४) प्रभु येशु ख्रीष्टको पुनरूत्थान दिवस विदा…. (५) ख्रीष्टियान आयोग…. (६) समानुपातिक ढंगबाट हाम्रो समुदायलाई पनि बजेट वितरण …. (७) सबै धर्मावलम्बी सरह हाम्रो ख्रीष्टियान समुदायले पनि आफ्नो धर्मको अभ्यास गर्न अवलम्बन गर्न र संमरक्षण गर्न साथै हामी ख्रीष्टियान हौ भनेर ठाडो शिर गरेर हिड्न बोल्न र प्रचारप्रसार गर्न पाउने अधिकार स्थापित गर्ने यो पार्टीको मुख्य लक्ष रहेकोे छ, साथै अल्पसंख्यक धर्मलम्बीहरूलाई जसरी राज्यले विभेदकारी ढंगबाट राज्यबाट दिइनुपर्ने सेवा सुविधा नदिई पीडित बनाएको छ यस्ता सबैखाले राज्यका नीतिहरू सच्याई राज्यभित्र रहेका सबै धर्मावलम्बीप्रति समान व्यवाहार गर्न पहल गर्दै यस्ता सम्पुर्ण माग पूरा गर्न हामी मुख्य रूपमा लागि परेका छौं ।

दोस्रो …… हरेक विभेद कारी ऎन कानुन हटाइने छ, धर्मनिरपेक्षतालाई पू र्ण धार्मिक स्वतन्त्रतामा रूपान्तरण गर्दै, व्यावहारिकरूपमा कार्यान्वयन गर्नका लागि अन्तर्राष्ट्रिय प्रचलित मूल्य र मान्यताका आधारमा नेपाली मोडलको विकास गरिनेछ। तत्काल धार्मिक ऎन ल्याई पुराना धार्मिक विभेदकारी कानुनी व्यवस्थाहरु खारेज हुनु पर्दछ र आस्थाको आधारमा गरिने सबै भेद्भावलाई पुर्णरुपले अन्त्य गरि त्यस्ता क्रियाकलाप हरुलाई दण्डनीय घोषणा गरिनेछ। धर्मनिरिपेक्षेताको सिद्वानत अनुरुप हालसम्म कायम रहेका विभेदकारी कानुनी व्यवस्थाको अन्त्य गरि सबै धर्मावलम्बीहरुलाई मान्ने हुने गुठी सम्बन्धी अधिकारको सम्वैधानिक व्यवस्था गरिने छ। धार्मिक संस्थाहरुको स्वतन्त्रता तथा स्वेच्छिक गुठिराख्न पाउने व्यवस्था गरि समुदायको सम्पत्ति दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने व्यवस्था गरिने छ।

तेस्रो ….. सबै धार्मिक समुदायका संस्था र समाधिस्थलका लागि राज्यबाट तत्काल सर्बजानिक जग्गाहरु उपलव्ध गराउने व्यवस्था गरिने छ। साथै संघीय संसदबाट नै कानुन बनाई पारित गर्न समेत पहल गरिने छ। नेपाल बहुधार्मिक राज्य भएकाले सबै धार्मिक आस्थाका नागरिकहरुको अस्तित्व पहिचान गर्दै तिनको हक अधिकारको सुनिस्चितता गर्ने र धार्मिक सहिष्णुतालाई दीर्घकालीन रुपमा कायम राख्नका लागी संस्थागत संरचना गठन गरिने छ।

चौथो …… नागरिक अधिकार पार्टीको नीति तथा कार्यक्रम। (१) नागरिक अधिकार, स्वतन्त्रता र सहसम्मानः हरेक व्यक्तिको जिउधन सुरक्षाको प्रत्याभूति र खुशी पार्टीको पहिलो प्राथमिकता हो। (२) सबै प्रकारका विभेदको अन्त्यगरी नागरिकको न्याय स्थापना गर्दै सबै नागरिकलाई स्वतन्त्र रुपमा पेशा व्यवसाय गरी सुरक्षासाथ बाँच्न र रमाउन पाउने वातावरण सृजना गर्न कल्याणकारी सरकार र उन्नत तरिकाबाट विकास गरिने वातावरण मिलाइने छ। (३) राष्ट्रियताको सवालमा चर्को विरोध गर्ने नक्कली राष्ट्रवाद होईन तर स्वाभिमानी, आत्मनिर्भर, प्रत्येक राष्ट्रसँग साझा हितका लागि गतिशील घनिष्ठता निर्माण गर्दै अर्थपूर्ण देशप्रेम विकास गरिनेछ। (४) संघियता लोकतन्त्र गणतन्त्र मानव अधिकारको प्रत्याभूति एवंम पूर्ण धार्मिक स्वतन्त्रता सहितको धर्मनिरपेक्षेता अभिव्यक्ती स्वतन्त्रता प्रेस स्वतन्त्रता शान्तिपूर्ण सहअस्तित्व, सहमति, सहकार्य र एकतामा प्रतिबद्ध रहनेछ। (५) प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रिपति वा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र विज्ञताको आधारमा मन्त्री बन्ने व्यवस्था गर्न निरन्तर पहल गरिने छ। (६) तीनै तहका सरकार मार्फत युवा उद्यमीलाई व्यवसाय सुरु गर्न सुरुको लगानी राज्यले गरिदिने साथै लगानी जोखिम सुरक्षा बीमाको व्यवस्था गर्न पहल गरिने छ। (७) निर्वाचनमा डिजिटल भोटिङको व्यवस्था गरी विदेशमा भएका नागरिक एवम् स्वदेशकै स्थाई ठेगानाभन्दा टाढा रहेका नागरिकहरूलाई अफू बसेको स्थानबाट भोट हाल्न मिल्ने व्यवस्था गर्न निरन्तर पहल गरिने छ। साथै नेपाली नागरिक जो विदेशमा हुनुहुन्छ जस्तै गैरआवासीय नेपालीहरूलाई दोहोरो नागरिकता दिन पहल गरिने छ साथ साथै गैरअवासीय नेपालीहरूलाई नेपालमानै आफ्नो सुरक्षित लगानी गर्न व्यवस्था मिलाउन पहल गरिने छ। (८) भ्रष्टाचारमुक्त, चुस्त छरितो तथा पारदर्शी सुशानका लागि डिजिटल सरकारको विकास गरी घर घरमा सरकारी सेवा दिने व्यवस्था गर्नुका साथै सरकारी सेवामा मध्यस्थता गर्ने एजेन्टहरूलाई दर्ता गरी व्यवस्थित गरिने व्यवस्था मिलाईनेछ । (९) आयल निगमलाई व्यवस्थित गरि तेलको मूल्यमा जनतालाई सुलभ मूल्यमा वितरण गर्दै राजनीति बन्द गर्ने एवम् तेल लगायत अत्यवश्यक वस्तु तथा सेवामा लगाईएको अत्याधिक कर घटाई २०% कायम गर्दै महँगी नियन्त्रण गर्न निरन्तर पहल गरिनेछ । (१०) खुल्ला बजार र प्रतिस्पर्धामा आधारित पुँजिवादी अर्थनीति अबलम्बन गर्दै निजी क्षेत्रलाई स्वतन्त्र रूपमा व्यापार व्यवसाय गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउन सहयोग र सहकार्य गरिनेछ। (११) हजाराैंको संख्यामा साना तथा मझौला उद्योग स्थापना गरी लाखौं लाख रोजगारी सृजना गर्न तीनै तहका सरकारमार्फत पहल गर्नुका साथै कृषि सहकारीमार्फत उन्नत कृषी अभियान सञ्चालन गरी उत्पादित कृषी उपजको बजार व्यवस्था र लगानी जोखिम बीमाको व्यवस्था गर्न पहल गरिने छ। साथै कृषी अनुदानमा विचौलियाको धेरै ठुलो गिरोहनै लागी कृषकले पाउनुपर्ने अनुदानमा ५०%- ६०% सम्म रकम विचौलिया र कर्मचारी समेतको मेलेमतोमा खानेगरेको कुरा यत्रतत्र छाएको छ । यस्ता सबैखाले गैह्रकानुनी गतिविधि बन्द गर्दै कृषकलाई सहज ढंगबाट कृषी अनुदान रकम उपलब्ध गराईने व्यवस्था मिलाउन पहल गरिने छ। (१२) साना तथा मझौला उद्योगमा प्रविधि र लगानी भित्रयाउन विदेशी लागानीको सिलिङ हटाएर साना उद्योग व्यवसायमा पनि वेदेशी लगानी सजिलै ल्याउने वातावरण बनाउन पहल गरिने छ। (१३) ठुला जलविद्युत अमेरिकी साथै अन्य देशहरूका लगानी समेत ल्याएर विद्युत उत्पादन र बिक्रीवितरणबाट वैदेशिक मुद्रा आर्जन गरि व्यापार घाटा सुन्यामा झार्नुका साथै भौतिक विकास निर्माणमा फड्को मार्न निरन्तर प्रयास गरिने छ। (१४) अल्पसंख्यक धार्मिक समुदायले धर्मनिरपेक्षताको मर्म अनुसार स्वतन्त्र रूपमा आ-आफ्ना आस्था बमोजिम जन्मदेखि मृत्युसम्म गरिने सबै धार्मिक संस्कार अभ्यास गर्न पाउने वातावरण बनाउने र सबै धार्मिक सांस्कृतिक समुदायलाई समान व्यवाहार गर्दै कानुनी रूपमा संरक्षण गर्ने व्यवस्था मिलाइनेछ। (१५) सामाजिक सुरक्षा अन्तर्गत निशुल्क शिक्षा स्वास्थ्य लगायत बृद्व बृद्वा एकल महिला अनाथ बालबालिका अपाङ्गता भएका व्यक्तिहररूको उचित व्यवस्थापन तथा संरक्षण गर्न निरन्तर पहल गरिने छ।

राजनीति भनेको बोतलको पानी जस्तो हो बोतल भित्रको पानी अफै फोहोर हुँदैन फोहोर गरेपछि मात्र फोहोर हुन्छ अब हामीले त्यो फोहोर पानी फिल्टर गरेर स्वच्छ बनाउनुपर्छ। अबको राजनीति हामीले सफा गर्ने हो। देशवासी जनतालाई न्युनतम खान बास्न जस्तै गाँस बास र कापासको व्यवस्था हुनुपर्छ भनेर यो पार्टीले निरन्तर आवाज उठाउने छ र देशको बृहत शान्ति उन्नति प्रगति र समृद्धिको लागि पार्टीले काम गर्ने निति लिएकोे छ। धन्यवाद। जय नागरिक ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
आमा र बाबुको प्रेम र हेरचाहमा हुर्कन पाउनु बालबालिकाको प्राथमिक मानव अधिकार हो : विदुर अधिकारी
आमा र बाबुको प्रेम र हेरचाहमा हुर्कन पाउनु बालबालिकाको प्राथमिक मानव अधिकार हो : विदुर अधिकारी
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
यशैया ५३ अध्याय र नयाँ करार
यशैया ५३ अध्याय र नयाँ करार
३ महीने आधारभुत साइट सिङ्गिङ्ग र स्टाफ नाेटेसन काेर्स तालीम सम्पन्न
३ महीने आधारभुत साइट सिङ्गिङ्ग र स्टाफ नाेटेसन काेर्स तालीम सम्पन्न
येशू खीष्टले हाम्रो निम्ति के गर्नुभयो ?
येशू खीष्टले हाम्रो निम्ति के गर्नुभयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम