single page header banner

नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया

Pramodkhadka Pramodkhadka
शनिबार, बैशाख 28, 2080
Social buttons loaded
समाचार सारांश
  • संगम श्रेष्ठ डेविट मुखिया भारतको दाजलिंङमा जन्मिएका थिए ।
  • उनका माता पिता उनी जन्मनु भन्दा केही समय अधि नेपालको इलामबाट बसाई सराई गरी दाजलिङ पुगेका थिए ।

संगम श्रेष्ठ

डेविट मुखिया भारतको दाजलिंङमा जन्मिएका थिए । उनका माता पिता उनी जन्मनु भन्दा केही समय अधि नेपालको इलामबाट बसाई सराई गरी दाजलिङ पुगेका थिए । डेविट १ दाजु र ४ दिदिहरु थिए । दाजलिङमा नै रहदा बस्दा डेविटको परिवारले ईशाई धर्म माान्न सुरु गरे । स्कटिस् प्रवेटिरियन मण्डलीले उनीहरुलाई राम्रो प्रभाव पारेको थियो । डेविटल आफ्नो उमेरको ५ बर्ष मा आफ्नो बुबालाई र १२ बर्षको उमेरमा आमालाई गुमाउनु परेको थियो । डेविटलाई उनका काकाले कालिम्पोङ मा शिक्षकको निम्ति तालिम लिन पठाए । त्यही सुखिया पोखरीमा प्रेमी गुरुङलाई भेटेका थिए । सन् १९३५ मा विवाह भयो । विवाह पछि दई जना केही समय सम्म डा.सिसिल डङ्कन सँग मिसनको काम गरे । त्यस पछि जोगमुनीमा यी मिसनरी दिदि सँग मिलेर गरेको औद्यधी पसल र सुसमाचारको कामलाई छोडेर अब डेविट र प्रेमि मुखिया नैतनवा महिला मेसिनरीहरुसँग सेवा गर्न गए । उनीहरुले २० बर्ष सम्म नेपालका सिमाना क्षेत्रहरुमा काम गरे । १० बर्ष रक्सौलमा रहेर सेवाकाई गरे अनि १० बर्ष चाहिँ नैतनवामा रहेर सेवा गरे । रक्सौलमा रहेका सुरुको संगती गर्ने समुहका उनी पहिलो व्यक्ति भए । उनले दैनिक रुपमा १० बर्ष सम्म अस्पतालमा प्रार्थना संगती चलाए र वरिवरिका गाउँहरुमा सुसमाचार प्रचार गरे ।

        सन् १९४१ मा डेविट र प्रेमि मुखिया नेपाली सुसमाचारि समुहमा प्रवेश गरे । उनीहरुको मुख्य काम सुसमाचार प्रचार गर्नु आइतबारको आराधना सँगतीलाई संचालन गर्नु साना बच्चाहरुको स्कूलमा काम गर्नु र क्निकका सहायता गर्नु थियो । वास्तवमा त्यो क्षेत्रको एक परिपक्व सेवकको रुपमा सेवाकाई गर्दै रहे । डेबिटको असल चरित्र उत्तरदायित्व बोध गर्ने स्वाभाव, प्रर्थानाका योद्धा जस्ता गुणहरुले गर्दा मेसिनरीहरु समेत उनीसँग प्रभावित भएका थिए । प्रभुमा विश्वास गर्नेहरु, मेसिनरीहरु र उनका चिनेजानेहरु समेत उनीकहाँ परामर्श लिनको लागि उनीकहाँ आउने गर्दथे । डेविट र प्रेमि मुखियाले सम्मान पूर्ण जीवन जिएका थिए । सन् १९५१ मा प्रजातन्त्रको स्थापना भयो तब सुसमाचारको ढोका खोलेको अनुभव भई पाष्टर डेविट मुखिया र प्रेमि मुखिया र उनका समुह नेपालको पोखरामा आए र सुसमाचार प्रचार गरे । चार जना नेपालीहरुले बिश्वास गरे र बष्तिस्मा लिए ।तत्कालिन समयको नेपाल सरकाले मिसनरीहरुलाई नेपालमा बसेर काम गर्ने अनुमत्ती दिए पछि अब पोखरामा नै बसेर सेवाकाई गर्ने निर्णय गरे । सन् १९५२ को नोभेम्बर महिनामा मिसनरीहरु र नेपालीहरु समुह मिलेर संगती सुरु गरे । तर यो संगतीमा पनि पाष्टर डेबिट नै अगुवा तथा पाष्टर भए । वास्तवमा उनले र उनका सम्हले नै नेपालमा सबै भन्दा पहिलो पटक नेपाली मण्डलीको स्थापना गरे । यस मण्डलीलाई “रामघाट मण्डली” भनेर नाम राखे । यो मण्डलीको निम्ति भवन निमार्ण गर्नलाई डेविटकै समुहका एक जना सदस्य बुद्धि सागर नाम गरेको व्यक्तिले मण्डली भवन निमार्णको लागि जग्गा दिए । नेपालको यो पहिलो मण्डलीमा गरिएको पहिलो संगती बासको झाङ्को छाहारी मुनी गरिएको थियो । पछि गएर सन् १९५५ मा बासले बारेर एउटा छाप्रो बनाउने काम भयो । त्यही छाप्रोमा धेरै बर्ष सेवाकाई गरे । सन् १९५९ मा मण्डली आसपासका गाउँबाट ८ जना मानिसहरुले प्रभुमा विश्वास गरे बप्तिस्मा लिए । सन् १९६० मा डेविट मुखियाको पहिलो अदक्ष भए । अब डेविट र प्रेमि मुखियालाई देश छोडि जानलाई धेरै तिरबाट बिभिन्न प्रकारका दवाबहरु आउन थाले । डेविटले कुनै एक समय तानसेनमा बप्तिस्माको कार्यक्रममा भाग लिन गएको कारण देखाई पक्राउ पूर्जी जारी भयो । तर केही समयको पछि सन् १९६९ मा फेरी उनीहरु पोखरामा फर्किए । डेविट र प्रेमि मुखियाको अनुपस्थितमा देबु सिंङले पाष्टरको सेवाकाई काम गरेको थिए । अब फर्किए आए पछि डेविटले नै निरन्तर रुपमा सक्रिय भएर सेवाकाई गरे । नेपाली मण्डली इतिहासमा डेबिट र प्रेमि मुखियाले प्रभुको लागि गरेको सेवाकाई आज सम्म पनि नेपाली इसाई जगतले भुल्नै नसकिने एउटा असल नमुना थियो । उनको मृत्यु सन् १९९१ मा भएको थियो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
अल्पसंख्यक भए भन्दैमा ख्रीष्टियन समुदायलाई नहेप्न सिबी गहतराजको चेतावनी
अल्पसंख्यक भए भन्दैमा ख्रीष्टियन समुदायलाई नहेप्न सिबी गहतराजको चेतावनी
यो कस्तो प्रेम ?
यो कस्तो प्रेम ?
हामी निरन्तर उद्दार कार्यमा छौं : दल मर्दन कामी
हामी निरन्तर उद्दार कार्यमा छौं : दल मर्दन कामी
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
संविधानसभामा पहिचान लुकाइरहेका इसाई सभासदहरु र बिनोद पहाडीको भूमिका
संविधानसभामा पहिचान लुकाइरहेका इसाई सभासदहरु र बिनोद पहाडीको भूमिका
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
एक निर्वोध बालिकाको नभनिएको सत्य कथा
एक निर्वोध बालिकाको नभनिएको सत्य कथा
परिवार, समाज र समलैंगिकताको संकष्ट (भिडियो सहित)
परिवार, समाज र समलैंगिकताको संकष्ट (भिडियो सहित)
म्यानमार भुकम्प पिडतलाई नेपाली चर्च समुदायको सहयोग (फोटोहरु )
म्यानमार भुकम्प पिडतलाई नेपाली चर्च समुदायको सहयोग (फोटोहरु )
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम