single page header banner

उत्पत्तिको पुस्तकको लेखक को हुन् ?

adminsangam adminsangam
बुधबार, आषाढ 27, 2081
Social buttons loaded
समाचार सारांश
  • उत्पत्तिको पुस्तकको लेखक को हुन भन्ने कुरा उत्पत्तिको पुस्तकमा काही पनि उल्लेख गरिएको छैन ।
  • कतिपय पुरानो करारको इतिहासविद् तथा ईश्वरशास्त्रीहरुले यस पुस्तकको लेखक मोशा हो भनेर विश्वास गर्दछन् ।

उत्पत्तिको पुस्तकको लेखक को हुन भन्ने कुरा उत्पत्तिको पुस्तकमा काही पनि उल्लेख गरिएको छैन । कतिपय पुरानो करारको इतिहासविद् तथा ईश्वरशास्त्रीहरुले यस पुस्तकको लेखक मोशा हो भनेर विश्वास गर्दछन् । यसमा दुइवटा विचार छन्, मोशा यसका लेखक वा संकलनकर्ता थिए भन्ने कुरालाई स्वीकार गर्ने र इन्कार गर्ने अर्काे । पहिलो विचारका लागि मोशाले साहित्य सीप, मिश्रदेशमा सिकेका हुन सक्छन् र उनी इस्राएलीका एक अगुवा भएका नाताले गर्दा पनि प्राप्त अभिलेखहरुलाई सुरक्षित गर्ने कुरामा उत्सुक भएका हुन सक्छन् । सृष्टिको वर्णनलाई उनले परमेश्वरबाट प्रत्यक्ष प्रकाशको रुपमा पाएको हुन सक्छन् र मोशाको निश्चय नै परमेश्वरसँग अविलम्ब सम्पर्कको अनुभव थियो (प्रस्थान ३३ः११) । पछिका नक्कल गर्नेहरुद्धारा राजतन्त्रको समयसम्म थापिएका पृष्ठको पुछारका केही व्यवस्थात्मक टिप्पनीहरुबाहेक मोशाको समयभन्दा पछिको मिति दिनुपर्ने केही कुरा पनि छैन ।
यसै उत्पत्तिको पुस्तकका लेखकमा तीन भिन्न स्रोतहरु यह्वे, परमेश्वरको स्रोत र पूजाहारीपनको स्रोतबाट उत्पत्तिको पुस्तक बनिएको हो भनेर कति विद्वानहरु विश्वास गर्दछन् । साथै परम्परागतरुपमा प्राप्त स्रोतहरुको आधारमा शास्त्री तथा पूजाहारी एज्राले उत्पत्ति तथा पञ्चग्रन्थका पुस्तकहरु लेखे भन्ने विद्वानहरु पनि धेरै छन् ।
विभिन्न विद्वानहरुले विभिन्न व्यक्तिहरुको मोशाले लेखे भनेर भने पनि बाइबलीय प्राप्त प्रमाणको अभाव भएको देखिन्छ । किनकि बाइबल आफैले उत्पत्तिको पुस्तक कसले लेखे भने प्रमाणहरु स्पष्ट रुपमा पेश गर्दैनन् तर मोशाले उत्पत्तिको पुस्तक लेखे होलान् भन्ने केही बाइबलीय विवरणहरु पेश गर्न भनि सकिन्छ । यसैल उत्पत्तिको पुस्तक “मोशाले मरुभुमिमा ४० वर्षको दौरानमा करिव ई.पू. १४४६ मा लेखिएको पुस्तक हो ।” उत्पत्तिको पुस्तक मोशाले लेखेका हुन भन्ने बाइबलीय केही विवरणहरु निम्नि छन्:
१.मोशा शिक्षित व्यक्ति थिए (प्रेरित ७ः२२) ।
२.प्रस्थानको पुस्तकले मोशाले सबै व्यवस्था लेखे भनेर बताउँदछ (प्रस्थान २४ः४) ।
३.व्यवस्थाको पुस्तकले मोशाले व्यवस्था लेखे भनेर बताउँदछ (व्यवस्था ३१ः९) ।
४. मोशा परमेश्वरको आमने सामने कुरा गर्दथे । यसैले सम्भवत परमेश्वरद्धारा मोशाले उत्पत्तिको पुस्तक लेखेका हुन सक्छ (व्यवस्था ३४ः१०, प्रस्थान ३३ः१०) ।
५. व्यवस्थाको पुस्तक मोशाले लेखेको हुन भनेर नयाँ करारले पनि बताउँदछ (मत्ती ८ः४,प्रेरित२६ः२२ )।

बाइबल भन्दा बाहिरको स्रोत एपोक्रिफाको एक पुस्तकले पनि उत्पत्तिको पुस्तकको लेखक मोशा हुन भन्ने कुरा बताउँदछ । साथै पहिलो शताब्दीका इतिहासकार योसेफस, फिलोले पनि उत्पत्तिको पुस्तक मोशाले लेखेका हुन भनेर बताउँदछ । 
बाइबलीय विवरणहरु र बाइबलभन्दा बाहिर स्रोतहरुको आधारमा पनि उत्पत्तिको पुस्तक मोशाले लेखेका हुन भन्ने विवरणहरु दिने गर्दछ । यसैले मोशाले नै उत्पत्तिको पुस्तक लेखेका हुन भन्ने विश्वास परम्परागत रुपमा विश्वास गर्दै आइ रहेको छ । ख्रीष्टियनहरु र यहुदीहरुको परम्परागत रुपमा २ हजार बर्ष देखि नै उत्पत्तिको पुस्तक मोशाले लेखेका हुन् भन्ने कुरा विश्वास गर्दछन् तर कति बाइबलीय विद्वान तथा ईश्वरशास्त्रीले मोशाले उत्पत्तिको पुस्तक लेखेका नहुन सक्छ भन्ने कुरा विश्वास गर्दछन् । 
single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
बाइबल : केहि रोचक जानकारी
बाइबल : केहि रोचक जानकारी
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश
गुड फ्राइडे र इस्टर सण्डेको सन्देश महत्वपूर्ण छ
गुड फ्राइडे र इस्टर सण्डेको सन्देश महत्वपूर्ण छ
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
विभिन्न राष्ट्रिय दलहरुबाट ८० जना भन्दा धेरै ख्रीष्टियन समुदायका जनप्रतिनिधिहरु निर्वाचित ।
विभिन्न राष्ट्रिय दलहरुबाट ८० जना भन्दा धेरै ख्रीष्टियन समुदायका जनप्रतिनिधिहरु निर्वाचित ।
आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान
आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान
गोदावरी नगर इसाई समाजद्धारा गोदावरी नगरपालिका पदाधीकारीलाई बधाई तथा शुभकामना
गोदावरी नगर इसाई समाजद्धारा गोदावरी नगरपालिका पदाधीकारीलाई बधाई तथा शुभकामना
बाइबलमा भोज : ख्रिष्टियनहरुले पार्टि गर्न हुन्छ कि हुँदैन ?
बाइबलमा भोज : ख्रिष्टियनहरुले पार्टि गर्न हुन्छ कि हुँदैन ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम