single page header banner

हामीले हाम्रो राष्ट्रका लागि अहिले के गर्न सक्छौं ?

admin_news admin_news
बुधबार, पौष 24, 2082
Social buttons loaded
समाचार सारांश
  • विश्वासीहरू र मण्डलीका रूपमा हामीले हाम्रो राष्ट्रका लागि अहिले के गर्न सक्छौं ?
  • मुकेश तामाङ्ग हामीलाई यशैया ६१:१,३–४ मा एउटा प्रतिज्ञा दिइएको छ: “परमप्रभुको आत्मा हामी माथि हुनुहुन्छ, उहाँले हामीलाई खरानीको सट्टा सुन्‍दरताको मुकुट,र शोकको सट्टा आनन्‍दको तेल लगाइदिन,निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन।

विश्वासीहरू र मण्डलीका रूपमा हामीले हाम्रो राष्ट्रका लागि अहिले के गर्न सक्छौं ?

  • मुकेश तामाङ्ग

हामीलाई यशैया ६१:१,३–४ मा एउटा प्रतिज्ञा दिइएको छ:

“परमप्रभुको आत्मा हामी माथि हुनुहुन्छ, उहाँले हामीलाई खरानीको सट्टा सुन्‍दरताको मुकुट,र शोकको सट्टा आनन्‍दको तेल लगाइदिन,निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन। हामीहरूले पुराना भग्‍नावशेष पुनर्निर्माण गर्नेछौँ। नष्‍ट भएका ठाउँहरू हामीहरूले फेरि बनाउनेछौ, र पुस्‍तौँदेखि भग्‍नावशेष भएर रहेका सहरहरूलाई हामीहरूले फेरि नयाँ बनाउनेछौँ।

आज हाम्रो राष्ट्रका मानिसहरूलाई खरानीको सट्टा सुन्दरताको मुकुट, शोकको सट्टा आनन्द, र निराशाको सट्टा प्रशंसाको पोसाकका आवश्यक परेको छ। हाम्रो राष्ट्रका जलेका भग्नावशेष पुनःनिर्माण, अघिल्ला उजाड ठाउँहरूको पुनःस्थापना, र पुस्तौँदेखि भग्नावशेष भएका शहरहरूको निर्माणको आवश्यक छ।

वचन अनुसार, हामीलाई यसैको निम्ति अभिषेक गरिएको छ। हामीलाई खरानीको सट्टा सुन्‍दरताको मुकुट दिन, शोकको सट्टा आनन्द दिन, र निराशाको सट्टा प्रशंसा दिन पठाइएको छ। हामी नै ती मानिस हौं जसले जलेका भग्नावशेषहरू पुनःनिर्माण गर्नेछन्, अघिल्ला उजाड ठाउँहरू उठाउनेछन्, र उजाड शहरहरूको निर्माण गर्नेछन्।

नहेम्याहले प्रार्थना, साहस र धैर्यतासाथ परमेश्वरको मानिसहरूलाई नेतृत्व गरेर यरूशलेमका पर्खालहरू मात्र होइन, तिनीहरूको विश्वास र परमेश्वरप्रतिको प्रतिवद्धतालाई पनि पुनःस्थापना गरे। त्यसरी नै हामी पनि अहिले हाम्रो राष्ट्रका लागि नहेम्याह बन्नुपर्छ।

मण्डली, अब समय आएको छ—हामी एउटै ख्रीष्टको शरीर भएर उठ्नुपर्छ। आउनुहोस्, प्रार्थना, भेटि, स्रोतसाधन र परमेश्वरले दिनुभएको सीपहरू एकताबद्ध भएर प्रयोग गरौं, ताकि हाम्रो राष्ट्र पुनःनिर्माण होस्। यसो गरेमा, यशैया ६१ को प्रतिज्ञा पूरा हुनेछ र नेपालले हामीलाई देख्नेछ र परमेश्वरका जन भनेर चिन्नेछन्।

उठौं मण्डली, खराबिलाई भलाईले जित्ने समय यही नै हो।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
संयुक्त नागरिक पार्टी : संक्षिप्त परिचय
संयुक्त नागरिक पार्टी : संक्षिप्त परिचय
सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि
सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि
तुलसी श्रेष्ठको अभियानमा सक्दाे सहयोग गर्न भव घलेको अपिल (भिडियो)
तुलसी श्रेष्ठको अभियानमा सक्दाे सहयोग गर्न भव घलेको अपिल (भिडियो)
के त्रिएक परमेश्वरको रहस्य कहिल्यै बुझ्न सक्दैनौ ?
के त्रिएक परमेश्वरको रहस्य कहिल्यै बुझ्न सक्दैनौ ?
एनसिएफएन, आसन्न निर्वाचन र आकाङ्क्षीहरू
एनसिएफएन, आसन्न निर्वाचन र आकाङ्क्षीहरू
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
NCFN अध्यक्षमा डा. किरण दास निर्वाचित
NCFN अध्यक्षमा डा. किरण दास निर्वाचित
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम