जन जागरण र सामाजिक एकता बिच भोली शनिबार एकिकरण घोषणा हुँदै
- काठमाडौं ।
- लामो समयको प्रार्थना, जनचाहाना, कसरत र छलफलपछि अन्ततः जन जागरण पार्टी र सामाजिक एकता पार्टीबीच एकिकरण हुने भएको छ ।
काठमाडौं । लामो समयको प्रार्थना, जनचाहाना, कसरत र छलफलपछि अन्ततः जन जागरण पार्टी र सामाजिक एकता पार्टीबीच एकिकरण हुने भएको छ ।
सामाजिक एकता पार्टीका अध्यक्ष सि.वि.गहतराजले दुई पार्टीबिच भएको पटक–पटकको छलफल र संवादपछि अन्नतः दुई पाटीं एकीकरणको विन्दुमा पुगेको वताउनु भएको छ । उहाँले नेपाली इसाई समुदायको चाहानाअनुरुप दुई पार्टीबीच एकिकरण प्रार्थनाको प्रतिफल भएको प्रतिक्रिया दिनु भयो ।
नागरिक समाजका अगुवाहरुको अभिभावकिय उपस्थितमा भोली शनिबार दुई पार्टीबिच एकिकरण हुन लागेको कुरा जन जागरण पार्टीका अध्यक्ष डा.वि.पि खनालले तुरहीलाई बताउनु भयो ।
सामाजिक एकता पार्टीका महासचिव प्रेम कार्कीका अनुसार दुई पार्टीबीचको एकिकरणपछि पार्टीको नाम \’सामाजिक एकता पार्टी\’ रहने सहमती भएको छ ।
एक विश्वस्त श्रोतका अनुसार दुई पार्टीबीच एकिकरणपछि सामाजिक एकता पार्टीको अध्यक्षमा सि.वी गहतराज, वरिष्ठ उपाध्यक्षमा सुनिल मजर्हन,महासचिवमा डा.वि.पि खनाल रहने सहमती जुटेको छ भने त्यसैगरि कोषाध्यक्षमा हिराकाजी महर्जन रहने जनाइएको छ ।
दई पार्टीबीचको एकिकरण घोषणा सभा भोली शनिबार अपराह् दुई तिस बजे संखमुलको ए–वान पार्टी प्यालेसमा आयोजना हुने तय भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
“९० जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी” पुस्तक विमोचन
एनसिएस एउटा गलैंचा हो, जहाँ सबै जना बसेर संगति गर्न सक्छन्
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
गृह मन्त्रालयमा धर्म गुरुहरुको भेला : धार्मिक सद्भाव कायम राख्ने निर्णय







