single page header banner

सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ

admin admin
आइतबार, कार्तिक 3, 2079
Social buttons loaded
समाचार सारांश
  • तनहुको एउटा चर्चका अगुवाले सहुलियत मुल्यमा वाख्रा पाल्न सहयाेग गरेकाे, तालिमकाे व्यवस्था गरिदिएकाे र निरन्तर वाख्राकाे उपचार र स्याहारमा सहयाेग गर्ने आश्वासन दिएकाे घटनामा आधारित पत्रकार अपील त्रिपाठिले निर्माण गरेकाे एउटा टिभि कार्यक्रमलाइ लियर सामाजिक सञ्जालमा पत्रकार अपील त्रिपाठीकाे चर्काे आलाेचना सुरु भएकाे छ ।
  • टिभि कार्यक्रममा यी गतिविधि गर्ने मण्डलीका एक अगुवालाइ धर्म परिवर्तन गराएकाे भन्ने उनकाे प्रस्तुति र शैली एउटा पत्रकारकाे जस्ताे नभएर न्यायकर्ताकाे जस्ताे भएकाे आराेप उनलाइ सामाजिक सञ्जाल प्रयाेगकर्ताहरुले लगाएका छन् ।

तनहुको एउटा चर्चका अगुवाले सहुलियत मुल्यमा वाख्रा पाल्न सहयाेग गरेकाे, तालिमकाे व्यवस्था गरिदिएकाे र निरन्तर वाख्राकाे उपचार र स्याहारमा सहयाेग गर्ने आश्वासन दिएकाे घटनामा आधारित पत्रकार अपील त्रिपाठिले निर्माण गरेकाे एउटा टिभि कार्यक्रमलाइ लियर सामाजिक सञ्जालमा पत्रकार अपील त्रिपाठीकाे चर्काे आलाेचना सुरु भएकाे छ । टिभि कार्यक्रममा यी गतिविधि गर्ने मण्डलीका एक अगुवालाइ धर्म परिवर्तन गराएकाे भन्ने उनकाे प्रस्तुति र शैली एउटा पत्रकारकाे जस्ताे नभएर न्यायकर्ताकाे जस्ताे भएकाे आराेप उनलाइ सामाजिक सञ्जाल प्रयाेगकर्ताहरुले लगाएका छन् । पत्रकार अपिल त्रीपाठिले अल्पसंख्यक इसाइहरुमाथि नानाथरि आरोप लगाएकाे, पुर्बाग्रही र अन्यायपुर्ण दुर्व्यवहार गरेकाे भन्दै सामाजिक सञ्जाल प्रयाेगकर्ताहरुले उनकाे चर्काे विराेध गरेका छन । अल्पसंख्यक इसाईहरुको विरुद्धमा लगाएका सबै आरोप हरु केबल कपोल्कल्पित, भ्रामक र तथ्यहिन भएकाेले पत्रकारहरुले सत्य तथ्य बुझेर मात्रै रिपोर्टिङ गर्न अनुराेध पनि गरेका छन् । सञ्जाल प्रयाेगकर्ताहरुले त्रीपाठिकाे आलाेचना गर्दै कसले कहाँ गल्ती गर्छ र त्यसलाई पहाड बनाउं भनेर ढुकेर बस्नेहरु लाई अवसर नदिन इसाइहरु पनि सचेत र सजग रहन अनुराेध गरेका छन् ।

त्यस्तै अल्पसंख्यक ख्रीष्टियान समुदायका अगुवा भाेजराज भट्टले लामाे फेसवुक पाेस्ट लेख्दै ख्रीष्टियनको हकहितको लागि आवाज उठाउछौं भनेर भन्ने संघ संस्थाहरुकाे माैनता माथि पनि प्रश्न उठाएका छन उन्ले लेखेका छन `धर्म परिवर्तन कसरी गरिन्छ र जीवन परिवर्तन कसरी गरिन्छ,धर्म कहिले पनि पैसाले किन्न सकिन्न र यस्तो दोष लगाउनु घिकार छ,अनि जीवन परिवर्तन गर्नुलाई कसैको प्रलोभनमा कोही पनि पर्दैन, झुटो आरोप लगाउदै हिंड्नु गल्ति हो । जुन बाटो आफू हिंडेको छैन, त्यो बाटोमा कांडा छ भनेर कहिले नभन्नु किनकि हिड्दै जादा त्यो बाटो राम्रो हुन्छ र काडा पनि हुँदैन । येशूमा कहिले पनि धर्म परिवर्तन हुँदैन, येशूमा जीवन परिवर्तन मात्र हुन्छ ।

अल्पसंख्यक ख्रीष्टियान समुदायलाई एउटा पत्रकार भनिने व्यक्तिले यति ठूलो गलत आरोप लगाउँदा सम्म चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् ? किन यो पत्रकारलाई जवाफदेही बनाउन सकिरहेका छैनन्? अपिल त्रिपाठिले ख्रीष्टियान समुदायको धार्मिक आस्थामा आक्रमण गरेको स्पस्ट देखिन्छ। धार्मिक ऐन अनुसार देशका ख्रीष्टियान समुदायका सम्बन्धित निकायले यी व्यक्तिलाई कानूनको दायरामा ल्याउनु आवस्यक छ। समयमै यस्ता नियोजित र अल्पसंख्यक समुदायलाई सिद्धाउने मनासयले रचिएका षड्यन्त्रकारी गतिविधिको कडा कानूनी प्रतिकार गरिनु आवस्यक छ। कहाँ छन् ख्रीष्टियनको हकहितको लागि आवाज उठाउछौं भनेर भन्नेहरू अहिले ?

अल्पसंख्यक ख्रीष्टियान समुदायलाई एउटा पत्रकार भनिने व्यक्तिले यति ठूलो गलत आरोप लगाउँदा सम्म चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् ? किन यो पत्रकारलाई जवाफदेही बनाउन सकिरहेका छैनन्? ख्रीष्टियान समाजलाई झूटो आरोप लगाएर लोकप्रिय बन्न खोज्ने युट्युबर (आफै पत्रकार र न्यायधिसको चरित्र धारण गर्ने) अपिल त्रिपाठिले ख्रीष्टियान समुदायको धार्मिक आस्थामा आक्रमण गरेको स्पस्ट देखिन्छ। धार्मिक ऐन अनुसार देशका ख्रीष्टियान समुदायका सम्बन्धित निकायले यी व्यक्तिलाई कानूनको दायरामा ल्याउनु आवस्यक छ। समयमै यस्ता नियोजित र अल्पसंख्यक समुदायलाई सिद्धाउने मनासयले रचिएका षड्यन्त्रकारी गतिविधिको कडा कानूनी प्रतिकार गरिनु आवस्यक छ। कसैको धर्मको नाममा यसरी कपोकल्पित र पूर्वाग्रही भएर कुनै व्यक्ति या संस्थाले गरेको गल्तिलाई जबरजस्ति ख्रीष्टियन समुदायलाई दोषी देखाउने अधिकार यो पत्रकारलाई कसले दियो ? “अरे” र “सुनिन्छ” जस्ता शब्द प्रयोग गरेर एउटा सोझो व्यक्तिलाई आतंकाकारी र गुण्डाको शैलीमा जबरजस्ति चर्चलाई समाजको सामु दोषी ठहर्याउने प्रयास किन भैरहेको छ ? यदि यो साँचो पत्रकार हो भने किन यसले प्रलोभनमा पारेको र परेको व्यक्तिलाई प्रमाण सहित पेस गरिरहेको छैन ? कहाँ छन् ख्रीष्टियनको हकहितको लागि आवाज उठाउछौं भनेर भन्नेहरू अहिले ? समाजमा यस्ता गलत अफवाह फैलाउने र भारूको प्रलोभनमा परेर या कसैबाट परिचालित भएर नेपाली ख्रीष्टियान समुदायको विरोधमा लागेका यस्ता व्यक्तिलाई समाजले बेलैमा चिन्नु आवस्यक छ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
३ महीने आधारभुत साइट सिङ्गिङ्ग र स्टाफ नाेटेसन काेर्स तालीम सम्पन्न
३ महीने आधारभुत साइट सिङ्गिङ्ग र स्टाफ नाेटेसन काेर्स तालीम सम्पन्न
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
हामी निरन्तर उद्दार कार्यमा छौं : दल मर्दन कामी
हामी निरन्तर उद्दार कार्यमा छौं : दल मर्दन कामी
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
पेन्टाटुक भनेको के हो र यसको महत्व
पेन्टाटुक भनेको के हो र यसको महत्व
सामाजिक सञ्जाल सु–समाचार सुनाउने माध्यम पनि बन्दै
सामाजिक सञ्जाल सु–समाचार सुनाउने माध्यम पनि बन्दै
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम