इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
- १४ असार, काठमाडौं ।
- बर्दीया जिल्लाको बारबर्दिया न.
१४ असार, काठमाडौं । बर्दीया जिल्लाको बारबर्दिया न.पा. वडा नं एघार स्थित इमानुएल जव्दी मण्डलीको नवनिर्मित भवनको उद्घाटन सम्पन्न भयको छ । नवनिर्मित भवनको औपचारीक उद्घाटन सी.एफ.एन.का केन्द्रीय उपाध्यक्ष एवं भवन निर्माण समिति संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि रेभ. बीरबहादुर कार्कीले रिबन काटेर गर्नुभयो । भवनको उद्घाटन पश्चात मण्डलीलाई परमेश्वरमा सर्पणण गरिएको छ । एन.सी.एफ.एन. लुम्बिनी प्रदेश अध्यक्ष पा. हेम दासज्यूले वचनको खण्ड पाठ गरी नवनिर्मित भवन अर्पणको प्रार्थना गर्नुभएको थियो । मण्डली अर्पणको कार्यक्रम पश्चात रेभ. बीरबहादुर कार्कीले परमेश्वरको वचनवाट बोल्नुभइ सहभागीहरुलाई आशिषित तुल्याउनु भयको थियो । त्यस्तै कार्यक्रममा आफ्नो गरिमामय उपस्थिति जनाउदै एन.सी.एस.का उपमहासचिव पास्टर किरण दास, एन.सी.एफ.एन. का केन्द्रीय कार्यालय परियोजना तथा सुचना अधिकृत पा. रुद्र विक लगायत स्थानिय पास्टरज्यूहरुले उत्साहपुर्ण शुभकामना सन्देश प्रदान गर्नु भयो । स्थानिय मण्डलीका संस्थापक पास्टर डम्बर विकको सभापतित्व रहेको कार्यक्रमलाई स्थानिय मण्डलीका पास्टर रामसिहं चौधारीले सञ्चालन गर्नुभएको थियो । करिव एक सय पचास जना व्यक्तिहरुको उपस्थितमा मण्डली अर्पण कार्यक्रम आशिषमय रुपमा समापन भएको छ । मण्डली उद्घाटनको लागि यात्रा गर्नेक्रममा बर्दीया जिल्लामा पर्ने एन.सी.एफ.एन.को सदस्य रहेको आशिष मण्डली र हेप्सिबा मण्डलीको स्थलगत अनुगमन गरी स्थानिय मण्डलीका पास्टर परिवारका साथ छोटो प्रार्थना संगति पनि सम्पन्न भयो ।


प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
सच्चाइ केन्द्रकी ‘धर्म गुरू’ योगेन्द्रकुमारी घर्ती पक्राउ
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
ख्रीष्टियान वैज्ञानिक जर्ज फ्रान्सिस रेनर को जीवनी
के येशू भारत हुँदै नेपाल आउनुभएको थियो ?
बाइबल : केहि रोचक जानकारी
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
उत्पत्तिको पुस्तकको लेखक को हुन् ?







