single page header banner

मिलिजुली ख्रीष्टिय संगतिको आठौं सभा सम्पन्न : नयाँ नेतृत्व चयन

Pramodkhadka Pramodkhadka
बुधबार, मंसिर 21, 2081
Social buttons loaded
समाचार सारांश
  • ललितपुर, भाद्र ३, २०८१ ।
  • ललितपुरको खुमल्टारस्थित नव जागृति चर्चमा मिलिजुली ख्रीष्टिय संगतिको आठौं साधारण सभा पास्टर तेज बहादुर सूर्यवंशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

ललितपुर, भाद्र ३, २०८१ । ललितपुरको खुमल्टारस्थित नव जागृति चर्चमा मिलिजुली ख्रीष्टिय संगतिको आठौं साधारण सभा पास्टर तेज बहादुर सूर्यवंशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

निर्वतमान अध्यक्ष पास्टर हिराकाजी महर्जनको अध्यक्षतामा बसेको सो साधारण सभामा यस संगतिका सह–कोषाध्यक्ष एल्डर कल्पना थापाले स्वागत मन्तब्य राख्नुभएको थियो । पास्टर फेलोसिपका अध्यक्ष प्रमुख अतिथि पास्टर बिरु घिसिङले परमेश्वरको वचनबाट हामीमा पनि ख्रीष्टको जस्तै मन हुनुपर्छ भन्ने विषयमा बोल्नुभएको थियो । अतिथि ग्वार्को पूर्व इसाई समाजका अध्यक्ष पा. इन्द्र कुमार बस्नेत, ललितपुर ख्रीष्टिय समाजका अध्यक्ष पा. सुन्दर गुरुङले शुभकामना मन्तब्य राख्नुभएको थियो । त्यसैगरी यस संगतिका कानुनी सल्लाहकार मुकेश महर्जनले पनि आफ्नो मन्तब्य राख्नुभएको थियो ।

सो साधारण सभामा सचिव पा. अशोक गोतामेले प्रगति विवरण र चालु आर्थिक वर्षको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष पा. दिनेश जर्गा मगरले आयव्यय विवरण र चालु वर्षको अनुमानित बजेट पेश गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा उपाध्यक्ष पा. तेज बहादर सूर्यवंशीले धन्यवादको मन्तब्य राख्नुभएपछि निवर्तमान अध्यक्ष पास्टर हिराकाजी महर्जनले अतिथिहरूलाई मायाको चिनो प्रदान गरि समापनको दुई शब्द राख्नुभई खुल्ला सत्र समापन गर्नु भएको थियो ।

खानापछि शुरु भएको बन्द सत्रमा विभिन्न विषयहरू निर्णय गरेपछि निर्वाचन मण्डलले नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु गरेको थियो । सोहि अनुसार सर्वसम्मत तरिकाबाट पा. तेज बहादुर सूर्यवंशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो । जसअनुसार पा. शावल गुरुङ उपाध्यक्ष, पा. हिराकाजी महर्जन सचिव, अमृता महर्जन सहसचिव, पा. दिनेश जर्गा मगर कोषाध्यक्ष, पा. आकाश थामी सह–कोषाध्यक्ष र सदस्यहरूमा मिना शाक्य, कल्पना थापा, लाप्चन तामाङ चयन हुनुभएको थियो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
रेभ. तेज रोक्का
रेभ. तेज रोक्का
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
दुइ ख्रीष्टियन पार्टीहरु विचमा एकताको तयारि : वार्ताका लागि समिति गठन
दुइ ख्रीष्टियन पार्टीहरु विचमा एकताको तयारि : वार्ताका लागि समिति गठन
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो: पास्टर माइकल थापा
अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो: पास्टर माइकल थापा
आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान
आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान
उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू
उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू
बाइबल कलेज द्वारा सुकुम्वासी वस्तीमा राहत वितरण
बाइबल कलेज द्वारा सुकुम्वासी वस्तीमा राहत वितरण
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम