single page header banner

मेरो कार्यकालमा त्यो काम गर्नेछु, जुन नगरी हुँदैन

admin admin
शनिबार, आश्विन 18, 2079
Social buttons loaded
समाचार सारांश
  • एनसिएफ नेपालका नवनिर्वाचित अध्यक्ष पास्टर हनोक तामाङ एनसिएफ नेपाल के उद्देश्यले सुरु भएको हो ?
  • एनसिएफ नेपालको इतिहास हेर्दाखेरी तत्कालिन समय सन् १९६० मा जुन बेला यो सुरुवात भयो यो संगति, यो एउटा विशेष खाँचोको महसुस गरेर सुरुवात भएको संगठन हो ।

एनसिएफ नेपालका नवनिर्वाचित अध्यक्ष पास्टर हनोक तामाङ

एनसिएफ नेपाल के उद्देश्यले सुरु भएको हो ?

एनसिएफ नेपालको इतिहास हेर्दाखेरी तत्कालिन समय सन् १९६० मा जुन बेला यो सुरुवात भयो यो संगति, यो एउटा विशेष खाँचोको महसुस गरेर सुरुवात भएको संगठन हो । खाँचो भनेको चाहिँ नेपालमा त्यो बेला औंलामा गन्न सक्ने विश्वासी जनहरू हुनुहुन्थ्यो र एउटा इसाईले पूर्व मेची पश्चिम महाकालीसम्म जहाँ जहाँ छरिएर रहे तापनि एउटाले अर्कोसँग निर्भयता रुपले एकसाथ आएर संगति गर्न सक्ने भन्ने उद्देश्यले यो सुरुवात भएको हो । संगति नै एनसिएफको मूल उदेश्य हो किनभने त्यतिबेला संगति नै एउटाले अर्कालाई साथ, सान्त्वना, साहस दिने र प्रार्थना गरिदिने एउटा माध्यम थियो । त्यतिखेरको समाजमा विद्यमान रहेका कानुनी व्यवधानहरू इसाईको एउटा विवेकपूर्ण विचार समाजमा सजिलो थिएन । यो भन्दा पछिलो समयमा आएर एनसिएफ अरु परियोजना, सभा सम्मेलन तथा अरु धेरै कुराहरू गर्ने काम पनि भयो ।

अहिले एनसिएफ नेपालसँग कति चर्चहरू आबद्ध छन् ?

संख्या गनेर संख्यामुखी मानिसचाहिँ म हैन । संख्याको कुराभन्दा पनि गुणात्मक पक्षलाई ध्यान दिनुपर्छ । एनसिएफसँग भएको आमा चर्चहरू हालसालै मैले सुनें अनुसार २००० भन्दा पनि बढी छन् जुन चर्चहरूको मोटामोटी रुपमा धेरै शाखा चर्चहरू छ तर सालाखाला गर्दा तीन वटै शाखा चर्चहरू गर्दा ६००० त रहयो नि । ४००० र ६००० मा त म त्यति भिन्नता देख्दिन तर एउटा गणीतीय दृष्टिकोणले हेर्दा त्यो देखिन्छ । कोही चर्च यस्तो पनि छ जसको २३–२४ वटा शाखा चर्चहरू छन् । आराधना चर्चकै एक जमानामा ७०–८० जति थियो तर पछि बिकेन्द्रिकरण गरेपछि सबै आफ्नै प्रकारले चलिरहेको छ ।

एनसिएफले अहिलेसम्म के गरिराखेको छ ?

आत्माको एकता कायम राख्न, शान्तिको वचनमा परिश्रम गर्न यसको नारा नै हो । एनसिएफको अहिलेको अवस्था हेर्दा आफ्नो काम राम्रै गरी राखेको छ र प्रगति गरेर अघि बढी रहेको छ । एनसिएफ बिभिन्न जटिल परिस्थिति भएर जाँदैछ अनि एनसिएफसँग रहेको अवस्था भनेको १४ वर्ष अघि रहेको अवस्था होइन किनभने यसको चुनौती नयाँ छ र त्यही चुनौती एनसिएफ अनुसार अघि जाँदैछ । अहिले आएर नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय ख्रीष्टियन महासंघ जस्तो संस्थाहरूसँग तालमेल मिलाएर जाँदा चुनौतीपूर्ण अवस्था भएर जाँदैछ । यतिखेर चाहिँ एनसिएफले आफ्नो ज्येष्ठपनको पाकोपन प्रदर्शन गरेर सबैलाई सकारात्मक दृष्टि राखेर जानु चाहिँ राम्रो होला जस्तो लाग्छ । पहिलाको अवस्थाको तुलनामा आत्मिकी तवरले एनसिएफ निकै अघि बढेको छ ।

तपाईंको तीन वर्षको अध्यक्ष कार्यकालमा नेपाली मण्डलीहरूलाई एनसिएफ मार्फत कसरी डो¥याउने योजना छ ?

अब यो तीन वर्षको कार्यकालमा काम गर्दाखेरी म सामुहिक कार्यमा विश्वास गर्ने भएकोले अरु निर्वाचित, पाको र सक्षम व्यक्तिहरूमा मलाई आशा र विश्वास छ । मेरो कार्यकालमा त्यो काम गर्नेछु जुन नगरी हुँदैन । सेवकाईको सम्बन्धात्मक सुत्रधार बिकास गर्ने काम हुनेछ । मेरो कार्यकालमा मुख्य तीन कुराहरूलाई कायम गरिनेछः पहिलो चाहिँ अन्तरसम्बन्धको दृष्टिकोण हो जसले ठीक सम्बन्धलाई कायम गर्ने र बेठीक सम्बन्धलाई चाहिँ सुधार गर्नु हो । हाम्रो आन्तरिक चर्च बीचको सम्बन्ध र सम्बन्धबाट बाहिर रहेको अरु साम्प्रदायिक चर्चहरूसँग पनि सम्बन्ध विस्तार गर्ने दृष्टिकोण रहेको छ । एनसिएफले विगतमा धेरै सदस्य चर्चहरूलाई गुमाएको छ । एनसिएफको केन्द्रिय कार्यलय र सदस्य चर्चहरूको सम्बन्धको दुरीलाई हेरेर चिसोपनको फाइदा उठाएर हाम्रा धेरै चर्चहरू हामीबाट पलायन भएको इतिहास छ । दोश्रो कुरा सम्बन्धको आधारमा संगतिको वातावरण तयार गर्ने, सहि सम्बन्ध विनाको संगतिले कुनै अर्थ राख्दैन । यसकारण अरु सम्प्रदायहरूसँग पनि सम्बन्ध र संगति राख्ने मनसाय छ । तेश्रो कुरा चाहिँ मेरो कार्यकालमा सहकार्यको एउटा आत्मालाई विकास गर्ने, हामी एउटा विना अर्को अपुरो छौं । त्यसैले हामी सहकार्यको एउटा सस्कार विकास गर्ने जसमा स्वस्थमय सहकार्यको पाटोहरू हुन्छ ।

नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय ख्रीष्टियन महासंघ तथा अरु संस्थाहरूसँग एनसिएफको अब कस्तो सम्बन्ध हुनेछ ?

सबै जनासँग हाम्रो सम्बन्ध, संगति र सहकार्य रहनेछ । सबै जना हाम्रै दाजुभाइ र आफन्त हुन् । सबै संस्थाले त्यही सोच्नु प¥यो । हाम्रा आफ्ना एजेन्डाहरू चाहिँ मिल्दैन होला तर एकआपसमा एउटै परमेश्वरसँगको संगति त मिल्छ नि । हामीले जेठापन, माइलोपन र कान्छोपनभन्दा पनि हामी एक अर्काको परिपुरक हुनुपर्दछ । सम्बन्ध र सहकार्य अनुसार महासंघले एनसिएफसँग चल्न चाहेन भने म रित्तो हुन्छु । महासंघलाई एक किसिमको आवश्यक्ता छ या छैन मलाई थाहा छैन तर एनसिएफलाई महासंघको आवश्यकता छ । एनसिएसलाई एनसिएफको आवश्यकता छ या छैन थाहा छैन तर एनसिएफलाई एनसिएसको आवश्यकता छ । उहाँहरू बिना हामी अपुरो हुनेछौं । हामीहरू ख्रीष्टको आत्मिकी घर बन्न तयारी छौं, यसकारण हामीलाई एक अर्काको खाँचो छ । हाम्रो साझा उद्देश्य येशुको राज्य फैलाउने हुनुपर्छ र ख्रीष्टको घर बनाउने हुनुपर्छ ।

एनसिएफले एनसिएस र महासंघको सेवाको कामलाई टेवा दिने काम गर्छ कि जेष्ठ संस्था भएकोले आपूmले पनि त्यो आवाज उठाउन पाउनु पर्छ भन्छ ?

पारिवारिक सम्बन्धभित्र जेठा, माइलाको कुरा आउँदैन तर परिवारको समस्टी आत्मा हुन्छ । पारिवारिक मनसायमा तँ ठूलो, म ठूलो भन्ने हुँदैन । हामी एक अर्काको लागि परिपुरक अंगहरू हौं । जसरी हामीले एक अर्कालाई हेर्दैछौं, एनसिएफले एनसिएसलाई, एनसिएफले महासंघलाई हेर्ने दृष्टि माथिबाट आएको सही दृष्टिकोण हो भने एक अर्कालाई स्वीकार गर्न सक्छ । यदि विवेकले नै सहि होइन भन्दैछ भने त्यो माथिबाट नआएको हुनसक्छ । स्वार्थ नभएको सम्बन्ध मात्र संसारदेखि स्वर्गसम्म पुग्दछ । हाम्रो व्यक्तिगत योजना होइन तर सबैको साझा योजना होस् जुन वातावरणमा काम गर्न रमाइलो हुन्छ ।

एनसिएफले युवाहरूलाई कसरी हेर्छ र कसरी परिचालन गरिराखेको छ ?

१४ वर्षभन्दा अगाडि एनसिएफको राष्ट्रिय युवा संगति थियो । एनसिएफ वल्र्ड इभान्जलिकल एलाइन्सको सदस्य पनि हो र त्यसको युवाहरूसँग पनि आबद्ध छ । युवाहरूको शक्ति, सहयोग र सहभागिता अपरिहार्य छ । हाम्रो चर्चहरूमा प्रायः कार्यहरूमा जवानहरूलाई अग्रपंक्तिमा राख्छौं । हाम्रो क्षेत्र सफा गर्नेदेखि लिएर पुल्पिटको अवस्थादेखि जति सक्दो सम्भव भएसम्म हामी युवाहरूलाई उत्साह, सशक्तिकरण र ठीक मार्गमा देश, समाज र समुदाय निर्माण गर्ने कुरामा निर्देश गर्न चाहन्छौं ।

तपाईको कार्यकालमा मिडियाले के अपेक्षा गर्ने अथवा मिडियासँग कसरी काम गर्नुहुनेछ ?

म फेसबुक प्रेमी होइन तर भतिजले फेसबुकमा फोटोहरू हाले पछि धमाधम बधाईका कामनाहरू आउन थाल्यो । अहिलेको जमाना भनेको मिडिया अर्थात आम सञ्चारको हो । यस्तो मूल्यवान कुरासँग मेरो कार्यकालमा नजिक नहुने कुरा नै आउँदैन । तर मिडियाले स्वच्छ पत्रकारिता गर्नु आवश्यक छ । पत्रकारले स्वच्छ पत्रकारको धर्म ननिभाउँदा यहाँ धेरै हो लाई होइन, होइन लाई हो भन्ने छवि ल्याउने र चरित्र हत्या गर्ने कुराहरू धेरै भएका छन् ।

अन्तमा के सन्देश दिन चाहनुहुन्छ ?

ख्रीष्टका सबै समुदाय हामी एक अर्काका परिपुरक अंगहरू हौं । हामीले गरेका कुराहरूमा वैचारिक र नेतृत्व भिन्नताहरू छन् तर उद्देश्यमा मन्थन हुन सक्दैन । उद्देश्य भनेको ख्रीष्टको देहमा निर्माण हुँदै जाने भन्ने हो, जुन देहको शीर ख्रीष्ट हुनुहुन्छ । हाम्रो उद्देश्य भनेको राष्ट्रमा ख्रीष्ट उचालिनुभएको होस् । हामी यो बिऊलाई एकसाथ मिलेर बिजारोपण गरिराख्नुप¥यो । उद्देश्यमा कहिल्यै पनि सम्झौता गर्नु भएन । त्यो उद्देश्यको दर्शनलाई पूरा गर्न कसैले पूर्व, पश्चिम, उत्तर र दक्षिणमा सुरु गर्ला, कसैले धेरै गर्ला, कसैले थोरै गर्ला, त्यो आफ्नै ठाउँमा छ तर हामीले एक अर्कासँग सहकार्य गरी हामीले येशुलाई यस देशबाट महिमा दिनुपर्छ । यसमा लाग्ने सबै समुदाय र जवानहरूको ख्रीष्टमा सुन्दर जीवन छ । मेरा अग्रजहरू, समझदार साथीहरू, नेपालमा भएका चर्चहरू हामी सबै एक अर्काको परिपुरक भएर काम गर्दै जाऔं ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
पादरी गंगाप्रसाद प्रधानको महान् योगदानहरू
पादरी गंगाप्रसाद प्रधानको महान् योगदानहरू
संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
महासंघद्वारा पूर्ण धर्म निरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपतिको ध्यानाकर्षण
महासंघद्वारा पूर्ण धर्म निरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपतिको ध्यानाकर्षण
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
अन्तत वाढी पहिरो पिडितको लागि मण्डली परिषदले पहल थाल्यो
अन्तत वाढी पहिरो पिडितको लागि मण्डली परिषदले पहल थाल्यो
हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई ख्रीष्टियन संघ संस्थाहरुको  बधाई
हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई ख्रीष्टियन संघ संस्थाहरुको बधाई
इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल
भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम