इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
- काठमाडौं ।
- पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले आप्mना अधिकार प्राप्तिका लागि सरकारसँग मागेर मात्र नपाईने भएकोले आफ्ना अधिकार प्राप्तिको लागि अब खोस्न अघि वढ्नु पर्ने बताउनु भएको छ ।
काठमाडौं । पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले आप्mना अधिकार प्राप्तिका लागि सरकारसँग मागेर मात्र नपाईने भएकोले आफ्ना अधिकार प्राप्तिको लागि अब खोस्न अघि वढ्नु पर्ने बताउनु भएको छ ।
इसाईहरुको महान उत्सव इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष अन्सारीले सो कुरा बताउनु भएको हो ।
इस्टर महोत्सव कार्यक्रमका प्रमुख अतिथि पूर्व राज्य मन्त्री रिजवान अन्सारीले अल्पसंख्यक धर्मावलम्वीहरुको संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै इसाईहरुको महान उत्स्व इस्टरमा नेपाल सरकारको कुनै पनि मन्त्री सहभागी नहुुनुमा खेद प्रकट गर्नु भयो ।
उहाँले धर्मको नाममा भेदभाव गर्ने राज्य इसाई समुदायलाई नचाहिने र अव यस्को विकल्प खोज्नु पर्ने कुरा औंल्याउनु भयो ।
उहाँले नेपाली इसाईहरुले नेपाल सरकारसँग अधिकार मागेर र ज्ञापन पत्र दिएर नपाउने भएकोले अब आफ्ना अधिकार खोस्नका लागि तयार हुनुपर्ने कुरामा इसाई समुदायलाई जोड सुझाव दिनुभयो ।
नेपालको संविधानमा धर्मनिरपेक्षलाई अपव्याख्या गरेकोमा उहाँले आपत्ति जनाउनु भयो । अरु देशमा भएको धर्म निरपेक्षताको परिभाषालाई नेपालको संविधानमा पनि धर्मनिरपेक्षताको परिभाषा राख्नु पर्ने टिप्पणी गर्नु भयो ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
बाइबल बारे जान्नै पर्ने तथ्यहरू
एनसीएफएनको भविष्य र चुनौतीहरू : निवर्तमान अध्यक्षको दूरदृष्टि र नयाँ नेतृत्वलाई सुझाव
नेपाली चर्च एकता : आजको आवश्यकता
नेपालगन्जमा प्रि ख्रिस्टमस कार्यक्रम सम्पन्न
रेभ.डा. प्रकाश मेघि गुरुङ
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।







