single page header banner

नेपाली इसाई इतिहासमा आज हामी कहाँ ?

Pramodkhadka Pramodkhadka
शुक्रबार, श्रावण 14, 2080
Social buttons loaded
समाचार सारांश
  • पा.
  • गणेश प्रसाद ढकाल  २१०० बर्षको विश्व इसाईजगतलाई नियाल्दै गर्दा नेपाली इसाईहरुको ईतिहास केवल निरन्तरताको हिसाबले ७० वर्षको हाराहारीमा छ ।

पा. गणेश प्रसाद ढकाल 

२१०० बर्षको विश्व इसाईजगतलाई नियाल्दै गर्दा नेपाली इसाईहरुको ईतिहास केवल निरन्तरताको हिसाबले ७० वर्षको हाराहारीमा छ । हुन त सत्रौं शताब्दीमा नै सुसमाचारका सन्देश बहाकहरुले नेपाली माटोमा बीऊको बिजारोपण गर्ने प्रयास नगरेका भने होइनन् । विश्वका अरु मुलुकहरुमा झैं नेपालमा पनि सबैभन्दा पहिले सुसमाचारलाई शासक वर्गहरुमा नै पुर्याउने काम भयो । तर बिऊ उम्रन नपाउँदै किराले खायो । मल्लकालिन अवस्था पार गरेपछि शाहकाल र राणाकालमा देशनिकाला सम्मका परिस्थितिहरु तिनै शासक वर्गहरुले सिर्जना गरे । परमेश्वरको राज्यको वृद्धिलाई रोक्न चाहनेहरु पतित भएर गए, तर उहाँको राज्यको काम भने फेरि बिरुवामा आँकुरा लागेझैं वृद्धि भयो । २००७ सालको प्रजातान्त्रिक व्यवस्थासँगै मौलाएका आँकुराहरुलाई पञ्चायती व्यवस्थामा मजबुत गर्न त्यति सजिलो थिएन, तर २०४६ सालको बहुदलीय व्यवस्थापछि बिरुवाहरुले प्रसस्तै फलहरू फलाउन शुरु गरे । परिणाम स्वरूप मण्डलीहरूको वृद्धि भई आजसम्म आइपुग्दा नेपालका ७७ वटै जिल्लाहरुमा परमेश्वरको राज्यको सन्देश पुगिसकेको छ । ब्याक्ति, समूह र संस्थाहरूको पहलकदमीमा राज्यसँग हातेमालो गर्दै आज नेपाली इसाईजगत नेपालका प्रमुख धर्महरु मध्येको एक सुपरिचित धार्मिक आस्थाको केन्द्र भएको कुरा हामी सबैलाई अवगत भैसकेको छ ।

भर्खरै सुसम्पन्न पुनरुत्थान (इस्टर) महोत्सवलाई आंकलन गर्दा देशैभरि शहर-शहर, गल्ली-गल्ली र गाउँ-बस्तीहरुबाट समेत इस्टर र्यालीको आयोजना गरी इसाईमय नेपाल भएको कुरा पनि प्रत्यक्ष रुपमा अनि सामाजिक सञ्जालमा पनि हामीले स्पष्टसँग देख्न पायौं । यता काठमाण्डौंको भृकुटीमण्डपमा आयोजना गरिएको उपत्यका ब्यापी र्यालीको तामझामलाई धरहराको आसपासबाट नियाल्दा नेपाल सरकारका ट्राफिक प्रहरीहरुलाई यो र्यालीलाई व्यवस्थापन गर्न हम्मे-हम्मे परिरहेको अवस्था देखिन्थ्यो । यो भिड वास्तवमा कुनै नारा, जुलुस वा विरोधको लागि थिएन ।

कतिपय जनमानसले भनिरहेका थिए, “यस्तो शान्तिपूर्ण र्याली त कहिल्यै देखेको थिएन ।” र्याली पनि एउटामात्र कहाँ हो र ? भक्तपुरबाटको र्याली बानेश्वरहुँदै माइतीघर अगाडि आइपुग्दा, जाऊलाखेलको र्याली थापाथलीमा आइपुगेको थियो भने महाराजगञ्जतिरबाट अगाडि बढेको र्याली रत्नपार्कबाट प्रवेश गर्दै गर्दाको माहोललाई भिडियोबाट अवलोकनकर्ता मनमोहक दृश्य देखिन्थ्यो । चारैतिरबाट एकै स्वरमा पङ्तिवद्ध र अनुशासित इसाईजगतलाई हेर्दा आर्मीको तालिम पाएका शैनिकहरु झैं अरु कसैलाई कुनै प्रकारको अवरोध नगरिकनै आफ्नो गन्तब्य तर्फ लम्किरहेका देखिन्थे ।

एउटा हातमा नेपालको झण्डा अर्को हातमा क्रूशको झण्डा अनि विभिन्न जातीय पहिरनमा सजिएर आफ्नो पहिचानलाई कायम राख्दै ख्रीष्टको सन्देशमा पूर्ण विश्वास राखेर अगाडि बढ्ने नेपाली इसाईजगत कहिल्यै पनि कसैको कुभलो नचिताई स्थिर भएर राष्ट्र र राष्ट्रियताप्रति मुटुभरिको माया पस्केर अहोरात्र उपवास र प्रवचन सहित आँशु बगाएर प्रार्थना गर्ने ब्याक्तिहरुको विशाल सहभागितामा सुसम्पन्न इस्टरको महोत्सवसँगै त्यहाँ मेडिकल क्याप र रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रमका संयोजकसँगको छोटो कुराकानीमा यस्तोसम्मको गुनासो पनि पायो कि, “इसाईहरु रक्तदान गर्न हजारौंको संख्यामा लामवद्ध छन्, तर रगत संकलन गर्ने रेडक्रस सोसाइटीका कर्मचारीहरूको अभाव भइरहेको छ ।” के स्व-स्फुर्त रक्तदान गर्नु असल कुरा होइन र ? “एकातिर हस्पिटलमा रगतको अभावमा मानिसहरु मरिरहेका छन् भने अर्कोतर्फ यहाँ रगत संकलन गर्ने व्यक्तिको खाँचो भइरहेको छ ।” यो कस्को कम्जोरी हो ? के राज्यले एसाईहरुद्वारा गरिएका यस्ता कयौं राम्रा कार्यहरुप्रति नजर राख्नु पर्दैन र ? अवश्य पनि राख्नु पर्छ । आजबाट शुरु भएको नयाँ वर्ष २०८० सालको पहिलो दिनदेखि नै नेपाल सरकारले नेपाली इसाईजगतसँग राम्रो सरोकार राख्न सकोस भन्ने कामना गर्दै नयाँ वर्षको उपलक्ष्यमा हार्दिक शुभकामना व्याक्त गर्दछु । आशिर्वाद ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
सामाजिक एकता पार्टीको स्थाई समिति वैठक सम्पन्न
सामाजिक एकता पार्टीको स्थाई समिति वैठक सम्पन्न
के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?
के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?
रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक
रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक
परमेश्वरको इच्छा पूरा हुँदा मानिसहरूको जीवन निर्माण हुन्छ…
परमेश्वरको इच्छा पूरा हुँदा मानिसहरूको जीवन निर्माण हुन्छ…
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू 
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू 
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम