single page header banner

बाइबलमा भोज : ख्रिष्टियनहरुले पार्टि गर्न हुन्छ कि हुँदैन ?

admin admin
शुक्रबार, आश्विन 24, 2079
Social buttons loaded
समाचार सारांश
  • पवित्र म.
  • भण्डारीको जन्म एक हिन्दु परिवारमा कास्कि जिल्ला को भण्डारढिक गाउँमा भएको हो वहाँले कलेजको पढाइको क्रममा प्रभुलाइ चिन्नुभयो।

पवित्र म. भण्डारीको जन्म एक हिन्दु परिवारमा कास्कि जिल्ला को भण्डारढिक गाउँमा भएको हो वहाँले कलेजको पढाइको क्रममा प्रभुलाइ चिन्नुभयो। बाइबल कलेजको अध्ययन नेपालबाटै सुरू गरे पनि द. कोरिया गएर उच्च शिक्षा अध्ययन गर्नुभयो। MDiv र THM को पढाइ द. कोरियाको टर्च ट्रिनिटि विश्वविद्यालयवाट र PhD को अध्ययन द. कोरियाकै यन्से विश्वविद्यालयवाट गर्नुभयो। हाल जुआन प्रेस्वेटेरियन चर्चमा नेपाली पास्टरको रूपमा सेवा गरीरहनुभएका भण्डारी विभिन्न बाइबल कलेजमा पनि पढाउनु हुन्छ ।

पवित्र म. भण्डारी

विभिन्न चाढ तथा उत्सव हामी नेपालीहरुको जन जीवनको एक हिस्सा हो । कतिपय यस्ता उत्सवहरू नेपालको परमपरागत धर्म विश्वास तथा आस्था सँग डोडिएको छन् र नेपाली विश्वासीहरू जसले इसाई विश्वासमा आएका छन् उनिहरुलाई उक्त समारोहमा उपस्थित हुन या मनाउन अप्ठेरो लाग्दछ । त्यो बाहेक पनि विवाह जन्मोत्सव विवाहको वार्सिकोत्सव आदि वाहनामा धेरै भोज तथा उत्सव आयोजना गर्ने गरीन्छ । हाम्रो समाजमा गरीने कतिपय यस्ता कार्यक्रमहरू देखावटी हुने आफ्नो रहन सहन देखाउने दिनको रुपमा दुरुपयोग भएको पाइन्छ । चाड पर्व तथा उत्सवहरू नेपाली समाजमा मात्रै नभई बाइबलको समाजमा पनि विद्यमान रहेको छ र हामीले यहाँबाट हाम्रो समयको लागि प्रसस्त ज्ञान लिन सक्छौ ।

येहुदीहरू उत्सव मनाउन धेरै नै रुचाउने मानिसहरू हुन् , विशेष गरी भोज कुनैपनि खुसीको अवसरलाई रमणीय बनाउन प्रयोग गरेको पाइन्छ । यस्तो भोजको कार्यक्रममा संगीत पनि मुख्य रूपमा हुने हामीले देख्न सक्छौं । त्यस्तै कुरा यशैयाले लेखेका छन्, \”तिनीहरूका भोजहरूमा वीणा, सारङ्गी, खैँजड़ी, बाँसुरी र मद्य हुन्‍छन्, तर तिनीहरू परमप्रभु कामको वास्‍ता गर्दैनन्‌। तिनीहरू उहाँका हातको कामलाई आदरै गर्दैनन्‌।।\’ (यशैया 5:12) त्यस्तै नाच गान पनि बाइबलको समयमा दिइने भोजहरू मा उपलब्ध मनोरञ्जन हुन्थ्यो । हामीले यो हेरोद राजाको दरबारमा राजाको पाहुनाको अघि नाचेको घटना बाट हामी थाहा गर्न सक्छौं (मर्कुश 6:32)। येशू पनि त्यस्तै एउटा विवाह भोजमा सामेल हुनुभएको बाइबलमा उल्लेख छ उक्त भोज साधारण तवरको पारिवारिक भेटघाट मात्र नभएर व्यवसायीक रुपमा भोज सञ्चालन गर्ने व्यक्तिको (भोजको मुखिया)को रोवरमा भएको देख्दछौं जहाँ दाख-मद्य तथा खानाहरु को व्यवस्था गरीएको थियो (यूहन्ना 2:8)।

बाइबलमा धार्मिक चाडहरू पनि प्रशस्त देखिन्छ जहाँ पारिवारिक भोजहरू को आयोजना गरिन्थ्यो। धार्मिक भोजहरू विश्रामको दिन, नयाँ महिनाको भोज तथा विश्रामको वर्षको भोज आदि को रुपमा पनि आयोजना गरीन्थ्यो । विशेष चाडहरू नै भोजको रुपमा पनि मनाइन्थ्यो , जस्तो निस्तार चाड, पेन्टकोशको चाड पुरीम चाढको भोज आदि । यस्तो भोजको दिनमा मानिसहरूले आ-आफ्नो कामबाट विश्राम लिएर रमाइलो गदर्थे (लेवि 23)। धार्मिक चाडका भोजहरू परमेश्वरले गर्न भएको कामको स्मरण गर्दै गर्ने गरिन्थ्यो भने कतिवटा चाढहरु परमेश्वरले नै आज्ञा दिनु भएको थियो।

धार्मिक चाडहरू बाहेक विवाहको अवसरमा (यूहन्ना 2:1), जन्मदिनको अवसरमा (उत्पत्ति 40:20), मर्ने र विलापमा सहभागी हुनेहरूको भोज (यर्मिया 16:7-8) आदि । यो अलावा कुनै पनि खुशीयालीको अवसरमा मानिसले भोजको आयोजना पनि गर्ने गदर्थे । जस्तै हराएको छोरा घर फर्किएको अवसरमा बाबुले भोजको आयोजना गरेको शिक्षा लूका 15: 11 – 32मा देख्दछौं। बाइबलका कति यस्ता चाडहरुलाई समाजको अंगको रुपमा लिइएको थियो भने परमेश्वरलाई विर्सेर आयोजना गरीएको भोजहरूलाई परमेश्वरले र उहाँको जनले इन्कार गर्नु भएको पनि देखिन्छ (यशैया 5:12, यर्मिया 16:7-8)।

हामी विश्वासीले पनि विभिन्न वाहनामा परमेश्वरले आफ्नो जीवनमा गर्नुभएको कामको स्मरणमा धन्यवाद दिँदै, आफ्नो जीवनका असल क्षणको स्मरण स्वरूप वार्षिकोत्सव को रूपमा आयोजना गर्न सक्छौं। तर यस्ता चाडहरू देखावटी रुपमा मानिसको सामु आफ्नो रवाफ देखाउने प्रकारको कुनै पनि हालतमा गर्नु हुँदैन। यस्तो चाडहरु परमेश्वरको जनको साथमा प्रेम तथा सुभेक्षा बाड्ने अवसरमा हामीले प्रयोग गर्न सक्छौं।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
मार्टिन लूथर किंग जुनियर को जीवन र राजनीति
मार्टिन लूथर किंग जुनियर को जीवन र राजनीति
सन्तुष्टि : अरूसँग तुलना गर्न वन्द गर्नुहोस
सन्तुष्टि : अरूसँग तुलना गर्न वन्द गर्नुहोस
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
प्रभुसँग लामो सम्बन्ध राख्यौं भने उहाँले हामीलाई आशिष दिनुहुन्छ
प्रभुसँग लामो सम्बन्ध राख्यौं भने उहाँले हामीलाई आशिष दिनुहुन्छ
तुलसी श्रेष्ठको अभियानमा सक्दाे सहयोग गर्न भव घलेको अपिल (भिडियो)
तुलसी श्रेष्ठको अभियानमा सक्दाे सहयोग गर्न भव घलेको अपिल (भिडियो)
आत्मिक अगुवापन : २
आत्मिक अगुवापन : २
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
येशू खीष्टले हाम्रो निम्ति के गर्नुभयो ?
येशू खीष्टले हाम्रो निम्ति के गर्नुभयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम