डुनामिसमा प्रभावकारी प्रार्थनाबारे पाँचदिने विशेष कक्षाहरु सुरु हुंदै (निशुल्क)
- काठमाडौं ।
- प्रभावकारी प्रार्थनाको शक्ति, उद्देश्य, प्रकार तथा बाइबलीय सिद्धान्तहरूबारे गहिरो समझ प्रदान गर्ने उद्देश्यले डुनामिस स्कुल अफ मिनिस्ट्री नेपालले पाँचदिने विशेष प्रार्थना कक्षाहर आयोजना गर्ने भएको छ ।
काठमाडौं । प्रभावकारी प्रार्थनाको शक्ति, उद्देश्य, प्रकार तथा बाइबलीय सिद्धान्तहरूबारे गहिरो समझ प्रदान गर्ने उद्देश्यले डुनामिस स्कुल अफ मिनिस्ट्री नेपालले पाँचदिने विशेष प्रार्थना कक्षाहर आयोजना गर्ने भएको छ ।
डुनामिस सेवाको विधालयका निर्देशक मुकेश तामाङका अनुसार कक्षामा सहभागीहरूले प्रार्थना के हो, किन आवश्यक छ, कसरी गर्ने, विभिन्न प्रकारका प्रार्थनाहरू के-के हुन् तथा तिनका बाइबलीय सिद्धान्तहरूबारे विस्तृत शिक्षा प्राप्त गर्नेछन् । साथै, प्रभावकारी प्रार्थनाले व्यक्तिगत जीवन, सेवकाइ तथा मण्डलीमा ल्याउने परिवर्तनका विषयमा पनि छलफल गरिने जनाइएको छ ।
निर्देशक मुकेश तामाङ भन्नुहुन्छ “जसरी विभिन्न खेलहरूका आफ्नै नियमहरू हुन्छन्, त्यसरी नै प्रार्थनाका विभिन्न प्रकारहरुका पनि फरक-फरक अभ्यासहरू हुन्छन् । प्रभावकारी परिणाम प्राप्त गर्न सही तरिकाले प्रार्थना गर्न सिक्नु आवश्यक छ,”।
यो कार्यक्रम जेठ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ। तालिमको समय प्रत्येक दिन बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म रहनेछ ।
कार्यक्रम काठमाडौंको नयाँबाटो, धोबीघाटस्थित डुनामिस स्कुल अफ मिनिस्ट्री नेपाल मा आयोजना हुनेछ । विधालयले प्रार्थना जीवनलाई अझ प्रभावकारी बनाउन चाहने विश्वासीहरू, मण्डली अगुवाहरू तथा सेवकाइमा संलग्न व्यक्तिहरूलाई कक्षाहरुमा सहभागी हुन आग्रह गरेको छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि ९८०३९६६०३२ मा सम्पर्क गर्न सकिने जनाइएको छ । यस तालिमले सहभागीहरूलाई बाइबलीय आधारमा प्रार्थनाको गहिरो समझ प्रदान गर्दै व्यक्तिगत तथा सामूहिक आध्यात्मिक जीवनलाई सुदृढ बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
अल्पसंख्यक ख्रीष्टियन समुदाय र मिसन पत्रकारिता
बाइबलमा उल्लेख गरिएको परमेश्वरको नामहरू
दुई दिने बाइबल अध्ययन सेमीनार सम्पन्न (तस्वीरहरु)
कोरेस राजा र निर्वासनका यहुदीहरु
प्रेम दयाल प्रधान एक रणनीतिक व्यक्तित्व
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल







