single page header banner

रेभ.डा. प्रकाश मेघि गुरुङ

admin admin
शनिबार, आश्विन 18, 2079
Social buttons loaded
समाचार सारांश
  • परिचयः मेरो नाउँ प्रकाश मेघि गुरुङ हो ।
  • मेरो जन्म १ जुलाई सन् १९७४ मा तदानुसार असार १७ गते २०३१ सालमा पूर्वी नेपालको पहाडी तथा विकट जिल्ला संखुवासभाको माम्लिङमा भएको थियो ।

परिचयः मेरो नाउँ प्रकाश मेघि गुरुङ हो । मेरो जन्म १ जुलाई सन् १९७४ मा तदानुसार असार १७ गते २०३१ सालमा पूर्वी नेपालको पहाडी तथा विकट जिल्ला संखुवासभाको माम्लिङमा भएको थियो । मेरो परिवारमा म जेठो छोरोको रुपमा जन्मिएँ । मेरा ३ बहिनी र २ भाईहरू छन्, उनीहरू सबै विवाहित छन् र सबै जना नै प्रभुमा बाँचेका छौं ।

बाल्यकालः म पहाडी विकट जिल्लामा जन्मिएको कारण मेरो बाल्यकाल दुःख र संघर्षमा बितेको थियो । ग्रामिण स्थानमा भएको परिवार र परिवारको जेठो सन्तानको रुपमा जन्मिएको कारण बाल्यकालदेखि नै परिवारको जिम्मेवारीलाई गहन रुपमा लिनु परेको थियो ।

मेरो युवा अवस्थाः मेरो बाल्यकाल झैं युवा अवस्था पनि बडो दुःख र संघर्षमय नै थियो । मेरी आमा म १५ वर्षको हुँदा नै स्वर्गारोहण हुनुभयो । बुबाले हामीलाई आमाले दिनु पर्ने माया ममता उहाँले सकेसम्म दिनुभयो र हुर्काउने प्रयास गर्नुभयो । यद्यपि आमा बिनाको परिवारमा भएको म जेठो छोरोले बुबासँगै बाँकी पाँच भाइबहिनीहरूलाई हुर्काउने जिम्मेवारी काँधमा थियो ।

युवा अवस्थाका परिकल्पनाहरूः म सानैदेखि नै सपना देख्ने र परिवर्तनको निम्ति खट्ने प्रवृत्तिको थिएँ । यसैकारण पनि म माम्लिङ गाउँका साथै संखुवासभा जिल्लामा पनि एक सक्रिय राजनीतिक कार्यकर्ताको रुपमा लागेको थिएँ । अझ स्पष्टरुपमा भन्नुपर्दा युवा अवस्थामा म एक प्रमुख राजनीतिक दलको सक्रिय कार्यकर्ता नै भएर खटेको थिएँ । ममा परिवर्तनको भित्री भोक थियो । गाउँ, समाज र देशको निम्ति केही गर्नुपर्छ र परिवर्तन ल्याउनुपर्छ भन्ने सपना भित्रै मनमा थियो ।

अध्ययनः बाल्यकालको दुःख र संघर्षको बिचमा पनि मैले २०४९ सालमा माम्लिङ हाइस्कूलबाट एसएलसी सम्मको विद्यालय स्तरीय अध्ययन पूरा गरें । त्यसपछि परिवारको आवश्यकता र परिस्थितिले म एक प्रवासीको रुपमा भारत तर्फ गएँ । भारतमा जकाकिर हुसेन कलेजबाट, जो दिल्ली युनिभर्सिटी अन्र्तगत रहेको छ, त्यहाँबाट बि. ए. सम्मको अध्ययन पूरा गरेको छु । सन् २०१५ मा इन्टरनेश्नल इन्स्टिच्युट आर्फ आर्टस् एण्ड थियोलोजी (यु.एस.ए)ले मलाई मानार्थ डाक्टर उपाधि पनि प्रदान गरेको छ ।

येशू ख्रीष्टमा मेरो विश्वासः म प्रवासी जीवनको रुपमा पूर्वी भारतको सिक्किम राज्यमा थिएँ । त्यहाँ मेरो खोजी जागिर र केही भौतिक खाँचो पुरा गर्नु थियो । वास्तवमा म भौतारिएर जीवनलाई नयाँ मोडमा लैजान प्रयासरत रहेको बेलामा जीवनदेखि नै हार खाइसकेको जस्तो अवस्थामा थिएँ । कुनै समय त यस्तो पनि थियो कि म जीवनको करिब अन्तिम विन्दुमा थिएँ । मेरो निम्ति जीवन जिउनुको कुनै छाँट थिएन । मैले आत्महत्याको सोंचमा पुगेर तीन पटक त आत्महत्याको प्रयाससम्म पनि गरेको थिएँ तर मेरा प्रयासले काम गरेन । अहिले म गर्वसाथ भन्न सक्छु, मलाई ख्रीष्टले चुन्नुभएको कारण नै हो, मैले आत्महत्या गर्ने प्रयास गरेता पनि त्यो सफल भएन । म मद्यपान र धुम्रपानको कुलतमा नराम्ररी फसेको थिएँ । म अति नै पियक्कड भएर शारीरिक रुपमा साह्रै सिथिल अवस्थामा थिएँ । मेरो शरीर यति कमजोर र नाजुक भएको थियो कि म हिँड्दा पनि आफ्नै शरीर थाम्न नसकी लरबराउँथें । एक दिनको कुरा हो, म एउटा गोठमा सुतिरहेको अवस्थामा सिक्किम राज्यको हेल्थ डिपार्टमेन्टको म्यानेजि∙ डाइरेक्टर डा. पि.एन.प्रधान र उहाँका केही साथीहरूले मलाई भेट्टाउनुभयो । मकहाँ आएर उहाँहरूले ख्रीष्टको सुसमाचारको बारेमा बताउनुभयो । त्यसपछि मैले ख्रीष्टलाई मुक्तिदाताको रुपमा आफ्नो जीवनमा निम्त्याएर ग्रहण गरें । त्यसदेखि उसो मेरो जीवनमा परिवर्तन देखा पर्न शुरु भयो । म अशान्तिबाट बिस्तारै शान्तिमा आएँ । मेरो जीवनको अर्थहरू थाहा गर्न लागें । मेरो आत्मिक उन्नति पनि विस्तारै बढ्दै गयो । त्यसपछि मेरो परिवार र समाजको निम्ति मेरो खाँचो र जिम्मेवारीलाई सम्झिएँ । मैले युवा अवस्थामा देखेको सपनाहरूलाई पुनःजीवित पार्दै म नेपाल फर्कें । नेपाल फर्केर मैले मेरो परिवारलाई सुसमाचार सुनाएँ । परिवारपछि विस्तारै छिमेकीहरूलाई पनि येशूको विषयमा सुसमाचार सुनाएँ । परिवारका केही सदस्यहरू र केही छिमेकीहरूले पनि सुसमाचार सुन्नुभयो र विश्वास पनि गर्नुभयो । त्यसैको परिणाम स्वरुप सन् १९९८ मा माम्लिङ बप्तिस मण्डली स्थापना भयो ।

मेरो विवाहः युवा अवस्थामा मण्डली स्थापनाको काम सुरु गरेपछि पास्टरीय सेवाको निम्ति अविवाहित नै रहँदा त्यति सहज अनुभुति भएन । विवाह गर्ने योजना त थियो तर यसको निम्ति कुनै तयारी र सुरसार नै थिएन । मैले यो कुरा मेरा केही अग्रजहरूसँग पनि राखेँ । इटहरी बप्तिस मण्डलीका पास्टर रेभ. दानिएल सुब्बाले इटहरी बप्तिस मण्डलीका बहिनीहरूसँग भेट र कुराकानी गर्ने वातावरण बनाइदिनुभयो । यसैको परिणाम स्वरुप त्यसै मण्डलीकी सदस्य सुनसरी दुहबीकी आशा खालिङ राईसँग मेरो भेट भयो । यो नितान्तः विवाहको निम्ति कुराकानी थियो । आशाले पनि बुबाआमा र मण्डलीको पास्टरले अनुमति दिनुभयो भने कुरा अगाडि बढाउने अनुमति दिइन् । यसैकारण रेभ. दानिएल सुब्बाज्यूसँग कुरा भयो र उहाँले पनि विवाहको तयारी सुरु गर्नु भन्नुभयो । यसरी सन् १९९९ को मार्च महिनामा करिव १ महिना भित्रै सबै कुरा सम्भव भएर पवित्र विवाह पनि सम्पन्न भयो । यसको निम्ति कुनै पूर्व तयारी गरिएको थिएन तथापि परमेश्वरको अनुग्रहमा सबै कुरा सम्भव भयो ।

हालको मेरो सेवकाइः मैले सन् १९९८ मा माम्लिङ बप्तिस चर्च स्थापना गर्नु पहिले नै पूर्वी भारतको सिक्किम राज्यको तादुङ ख्रीष्टियन चर्चमा पास्टर जोना गुरुङको पास्टरीय सेवकाइको अधिनमा रहेर सोही मण्डलीमा उहाँले दिनुभएको जिम्मेवारी र सेवकाइको लागि जोस र इमान्दार जिम्मेवारीपनको साथमा काम गरेको थिएँ । यसरी त्यहाँ रहेर सेवा गरिरहँदा नै परमेश्वरले उहाँको सेवा सारा संसारमा फैलाउनु पर्छ भनेर मलाई दर्शन दिनुभएको महशुस भएको थियो । यही दर्शनको कारण म मेरो गाउँमा फर्किएँ । प्रेरित १ः८ अनुसार मेरो निम्ति यरुशलेम चाहिँ मेरो गाउँ माम्लिङ नै थियो । माम्लिङमा मण्डली स्थापनाको काम लगत्तै सेवकाइको निम्ति अझ बढ्नु आवश्यक हुन्छ भन्ने सोचेर योजना बनाई म नेपाल बाइबल कलेज काठमाण्डौमा बि.टिएच. स्तरको थियोलोजिकल अध्ययनको निम्ति गएँ । परिवारको आर्थिक आवश्यकताको कारण म खाडी मुलुक, साथै इराक हुँदै हाल अमेरिकाको वासिङ्टन डि.सी. मेट्रोपोेलिटन क्षेत्रमा आइपुगेको छु । म जहाँ गएता पनि आत्मिक, आर्थिक र शारीरिक रुपमा मैले मेरो दिलोज्यानले सेवा गर्दै नै रहेको छु । इराकमा हुँदा समेत म मण्डलीको सेवकाइमा नै सक्रिय थिएँ । म यहाँ अमेरिकामा आएता पनि सामाजिक सेवामा सक्रिय हुँदै सेवा गरिरहेको थिएँ । सन् २०११ मा मेरी श्रीमती आशा र जेठो छोरो असिम अमेरिका आए । उनीहरू आइसके पछि सन् २०१३ सालमा हिमालयन बप्तिस चर्चको स्थापना गरी त्यही मण्डलीमा पास्टरीय सेवाद्वारा नेपालीभाषीहरूको माझमा सेवा गरिरहेको छु । यही हिमालयन बप्तिस चर्चको माध्यमबाट नै नेपाल र अमेरिका दुवै देशमा सक्रिय रुपमा सेवा गरिरहेका छौं । सन् २०१४ देखि हालसम्म पनि नेपाल बप्तिस चर्च काउन्सिलको अन्तर्राष्ट्रिय संयोजकको रुपमा सेवा गर्दै आइरहेको छु । गएको अक्टोबर महिनामा हङकङमा भएको राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको सद्भावदूतहरूको पहिलो शिखर सम्मेलन पछि महासंघको अन्तर्राष्ट्रिय बिभागको जोइन्टकोअर्डिनेटरको रुपमा पनि सेवा गर्दैछु । अबदेखि उसो म नेपाली र गैर नेपालीहरूको बिचमा सहकार्य मार्फत नेपाली र नेपाली मण्डलीहरूको निम्ति सक्दो सेवा गर्ने नै छु । हालमा म, मेरी श्रीमती र छोराहरू (कान्छो छोरो आमोस भने अमेरिकामा नै जन्मिएको हो)को साथमा रहेर हिमालयन बप्तिस मण्डलीको सेवक—पास्टरको रुपमा सेवा गरिरहेको छु ।

नेपाली युवा पुस्ताः नेपाली युवाहरूको अवस्था हाम्रो पुरानो पुस्ता भन्दा धेरै नै सभ्य र स्वच्छ तरिकाले अघि बढिरहेको मैले महशुस गरेको छु । मेरो व्यक्तिगत आशा चाहिँ युवाहरू अहिलेको शिक्षा साथै अग्रजहरूको प्रार्थना र प्रोत्साहनको कारणले पनि निक्कै सक्रिय भएर अघि बढेका छन् । नेपाली मण्डलीहरूको विकासमा युवाहरू सक्रिय भएर नै लागि परेका छन् । अझ उनीहरूको भूमिका निकै महत्वपूर्ण छ । मलाई लाग्छ, पुरानो र नयाँ पुस्ताको आपसी सहकार्यले नै नेपाली मण्डलीहरूलाई सही दिशानिर्देश गर्नसक्नेछ ।

युवाहरू र नेपाली मण्डलीः नेपाली मण्डलीका युवाहरूमा सोंचको परिवर्तनको खाँचो छ जस्तो लाग्छ । हुन त हाम्रो सोंच र विचारहरू मात्र परिवर्तन भएर पनि भएन, त्यो परिवर्तित सोंचलाई लागू गर्न पनि उत्तिकै जरुरी छ । बाइबलले भने बमोजिम पूर्ण मेलमिलापको खाँचो छ । मेरो विचारमा ९९ प्रतिशत होइन तर शतप्रतिशत नै मेलमिलापको साथमा सहकार्य गरेर अघि बढ्न जरुरत छ । यसले नै नेपाली मण्डली र युवाहरूलाई एक प्रगतिशिल बाटोमा लानेछ भन्नेमा म विश्वस्त छु । नेपाली मण्डली र युवाहरूले अरुको आशा गर्ने मात्र पनि होइन तर परमप्रभुमा भरोसा गर्ने,  आफ्नो जाँगरलाई उद्यमशिलतामा लगाएर प्रभुको वरदानलाई मध्यनजर गर्दै, आफ्नो जीवनमा पनि लागू गर्नु अति नै आवश्यक छ । यदि त्यसो भयो भने मात्र नेपाली मण्डली र ख्रीष्टियन युवाहरूमा साँचो परिवर्तन आउँछ ।

आगामी दिनमा मः आगामी दिनमा म नेपाली ख्रीष्टियन युवाहरूसँग मिलेर प्रभुको काम गर्न चाहन्छु । मैले हाम्रा मण्डलीका र ख्रीष्टियन परिवारहरूको भौतिक जीवन परिवर्तनको बाटोमा लाग्ने संकल्प गरेको छु । आगामी दिनमा पनि निरन्तर नेपाल बप्तिस मण्डली परिषद् र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालसँग परामर्श गर्दै र सहकार्य गर्दै अगाडि बढ्ने विचार मैले गरेको छु ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
अल्पसंख्यक भए भन्दैमा ख्रीष्टियन समुदायलाई नहेप्न सिबी गहतराजको चेतावनी
अल्पसंख्यक भए भन्दैमा ख्रीष्टियन समुदायलाई नहेप्न सिबी गहतराजको चेतावनी
विभिन्न राष्ट्रिय दलहरुबाट ८० जना भन्दा धेरै ख्रीष्टियन समुदायका जनप्रतिनिधिहरु निर्वाचित ।
विभिन्न राष्ट्रिय दलहरुबाट ८० जना भन्दा धेरै ख्रीष्टियन समुदायका जनप्रतिनिधिहरु निर्वाचित ।
के हो अगाप्पे प्रेम ?
के हो अगाप्पे प्रेम ?
बाइबलमा केटाहरूको हेअर स्टाइल
बाइबलमा केटाहरूको हेअर स्टाइल
ख्रीष्टियन रिपोर्टर्स क्लबको उद्घाटन :शब्दचित्र (फोटोहरु सहित )
ख्रीष्टियन रिपोर्टर्स क्लबको उद्घाटन :शब्दचित्र (फोटोहरु सहित )
चेलापन भनेको के  हो ?
चेलापन भनेको के हो ?
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान
आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम