single page header banner

काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न

admin admin
आइतबार, आश्विन 19, 2079
Social buttons loaded
समाचार सारांश
  • स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराको साथमा काठमाडौं डायोसिस बिलिभर्स इस्टर्न चर्च काठमाडौं डायोसिस उपत्यका जवान संगतिका अध्यक्ष रेभ.
  • फादर श्याम लिम्बुको अध्यक्षतामा सञ्चालित काठमाडौं उपत्यकाका छात्र छात्रा युथहरुको सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता हिजो सम्पन्न भएको छ ।

स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराको साथमा काठमाडौं डायोसिस बिलिभर्स इस्टर्न चर्च काठमाडौं डायोसिस उपत्यका जवान संगतिका अध्यक्ष रेभ. फादर श्याम लिम्बुको अध्यक्षतामा सञ्चालित काठमाडौं उपत्यकाका छात्र छात्रा युथहरुको सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता हिजो सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनीस्थित च्यासीडोल खेल मैदानमा सम्पन्न भएको हो । फेब्रुअरी १२ तारिखदेखि शुरु भएको सो प्रतियोगिता लिग चरणमा खेलाइएको थियो । प्रत्येक मण्डली (चर्च)हरुबाट सहभागिता रहेको थियो । कुल १६ टिम रहेको सो प्रतियोगिताको आज एक कार्यक्रमका बीच समापन भएको हो ।

युथहरुमा रहेको फुटबलप्रतिको रुचिलाई मध्यनजर गर्दै उनीहरुभित्र रहेको खेलकुदको प्रतिभालाई उजागर गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको छात्र तर्फको फाइनल खेल बिलिभर्स इस्टर्न चर्च सेती पाखा र बिलिभर्स इस्टर्न चर्च गोकर्ण बिच भएको थियो भने छात्रा तर्फ पनि बिलिभर्स इस्टर्न चर्च सेती पाखा र बिलिभर्स इस्टर्न चर्च गोकर्ण बिच भएको थियो ।

छात्रा तर्फको पहिलो फाइनल खेल बिलिभर्स इस्टर्न चर्च सेती पाखा र बिलिभर्स इस्टर्न चर्च गोकर्ण बिच भएको थियो । उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको सो खेलमा बिलिभर्स इस्टर्न चर्च सेती पाखालाई बिलिभर्स इस्टर्न चर्च गोकर्णले १-० गोल अन्तरले पराजित गर्दै छात्रा तर्फको बिलिभर्स युथ फुटबल प्रतियोगिताको उपाधि जितेको हो । उक्त खेलमा बिलिभर्स इस्टर्न चर्च गोकर्णकी जर्सी नं ५ कि खेलाडी ईश्वरी मगरले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो ।

एक गोलले पछि परेको बिलिभर्स इस्टर्न चर्च सेती पाखाका खेलाडीहरुले गोल गर्नको लागि धेरै प्रयास गरे पनि उक्त प्रयास गोलमा परिणत हुन नसक्दा बिलिभर्स इस्टर्न चर्च गोकर्णसँग १-० गोल अन्तरले पराजित भएको थियो । प्रतियोगिताको छात्रा तर्फ चौथो स्थान बिलिभर्स इस्टर्न चर्च सानागाउँले हासिल गर्यो भने छात्रा तर्फ तृतीय स्थान बिलिभर्स इस्टर्न चर्च दक्षिण ढोकाले हासिल गरेको थियो ।

त्यस्तै छात्र तर्फको फाइनल खेल बिलिभर्स इस्टर्न चर्च गोकर्ण र बिलिभर्स इस्टर्न चर्च सेती पाखा बिच भएको थियो । निकै नै रोमान्चक बनेको सो खेलमा बिलिभर्स इस्टर्न चर्च सेती पाखाले बिलिभर्स इस्टर्न चर्च गोकर्णलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलको सुरुवातमा दुआबी टिमले आक्रमक प्रदर्शन गरेका थिए । पहिलो हाफसम्म दुबै टिमले गोलको लागि गरेको दर्जनौ प्रयास खेर गएको थियो ।

पहिलो हाफ दुवै टिमले कुनै पनि गोल गर्न सकेका थिएनन। दोस्रो हाफको सुरुवातीसंगै खेललाई सुधार गर्दै बिलिभर्स इस्टर्न चर्च सेती पाखाका जर्सी नं ८ का सुमित मगरले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको बिलिभर्स इस्टर्न चर्च गोकर्णले खेललाई बराबरी पार्नको लागि प्रयास गरे पनि उक्त प्रयास गोलमा परिणत हुन सकेन। अन्तत पुन बिलिभर्स इस्टर्न चर्च सेती पाखाका जर्सी नं ८का खेलाडी सुमित मगरले थप गोल गर्दै टिमलाई बिजयी बनाए ।

प्रतियोगिताको छात्र तर्फबाट तृतीय स्थान बिलिभर्स इस्टर्न चर्च दक्षिण ढोका हुन सफल भएको थियो । प्रतियोगितामा बिभिन्न विधामा छात्र छात्रा तर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको थियो । जसमा छात्रातर्फ उत्कृष्ट खेलाडी बिलिभर्स इस्टर्न चर्च गोकर्णकी नानु माया घोषित भइन् भने उत्कृष्ट गोल रक्षकको उपाधि बिलिभर्स इस्टर्न चर्च सेती पाखाकी करुणा घोषित भइन् ।

त्यसैगरी प्रतियोगितामा छात्रातर्फ सर्वाधिक गोलकर्ताको उपाधि बिलिभर्स इस्टर्न चर्च गोकर्णकी ईश्वरी मगर घोषित भइन् । प्रतियोगिताको छात्र तर्फको उत्कृष्ट खेलाडीको रुपमा बिलिभर्स इस्टर्न चर्च सेती पाखाका प्रदिप घोषित भए भने उत्कृष्ट गोल रक्षकको रुपमा बिलिभर्स इस्टर्न चर्च सेती पाखाका मनोज घोषित भए भने सर्वाधिक गोलकर्ताको रुपमा सुमित मगर घोषित भए ।

प्रतियोगिताको छात्र छात्रा तर्फका बिजेता, उपविजेता, तेस्रो स्थान र चौथो स्थान हासिल गर्ने टिमका खेलाडीहरुलाई नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र सहित बिभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि डायोसिस रेभ. फादर मन्जा तामाङ, डिस्ट्रिक १ इन्चार्ज रेभ. फादर डेनियल खपाङ्गी, डायोसिस युथ इन्चार्ज रेभ. फादर श्याम लिम्बु ,एरिया युथ इन्चार्ज ब्रदर सल बहादुर तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा रेफ्रीको भूमिकामा सोनाम मुखिया, मानबहादुर तामाङ, मनिष तामाङ र शुशील राई रहेका थिए भने समापन समारोह सञ्चालन बिलिभर्स इस्टर्न चर्च किर्तिपुरका विकेश श्रेष्ठले गरेका थिए ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
कविता: येशुमा फर्की आऊ
कविता: येशुमा फर्की आऊ
सीबिको चरित्र वारे पहिले थाहा थियो ।  हनोक तामाङले सिस्नु पानी लगाउछु भनेका थिए : विपी खनाल (भिडियो)
सीबिको चरित्र वारे पहिले थाहा थियो । हनोक तामाङले सिस्नु पानी लगाउछु भनेका थिए : विपी खनाल (भिडियो)
मुस्लिम संसारको लागि तिस दिने प्रार्थना अभियान
मुस्लिम संसारको लागि तिस दिने प्रार्थना अभियान
परिवार, समाज र समलैंगिकताको संकष्ट (भिडियो सहित)
परिवार, समाज र समलैंगिकताको संकष्ट (भिडियो सहित)
नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया
नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश
अन्तर मण्डली फुटबल टुर्नामेन्ट भोली हुने
अन्तर मण्डली फुटबल टुर्नामेन्ट भोली हुने
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
समलिंगी विवाह चाहिँदैन, भ्रुणहत्या र लिङ्ग परिवर्तन  गर्न पाइँदैन
समलिंगी विवाह चाहिँदैन, भ्रुणहत्या र लिङ्ग परिवर्तन गर्न पाइँदैन
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम