single page header banner

ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन

Pramodkhadka Pramodkhadka
मंगलबार, पौष 6, 2079
Social buttons loaded
समाचार सारांश
  • काठमाण्डौँ ।
  • भाद्र २२ ।

काठमाण्डौँ । भाद्र २२ अल्पसंख्यक क्रिश्चियन धार्मिक समुदायको पहिचानसहितको मुद्धालाई पैरवी गर्न मंगलबार अल्पसंख्यक क्रिश्चियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन भएको छ ।

आम निर्वाचन नजिकिँदै गर्दा अल्पसंख्यक क्रिश्चियन समुदायको पहिचानसहितको न्यूनतम मानवअधिकारका मुद्धालाई विभिन्न राजनीतिक दलको चुनावी घोषणा पत्रमा समावेश गर्न राजनीतिकरुपमा पैरवी गर्ने उदेश्यले अभियान गठन गरेको हो ।

क्रिश्चियन समुदायको पहिचानसहितको अधिकारको पैरवी गर्ने अभियानलाई सार्थक बनाउन कवि थापालाइ संयोजकको जिम्मेवारी तोकिएको छ । जसमा सहसंयोजक बेन्जामिन प्रधान, सचिव अधिवक्त भविन्द्र राई, सहसचिव निरोज तोलाङे, कोषाध्यक्ष हर्क बहादुर खड्का सहकोषाध्यक्ष राजेश पन्त छन् । त्यस्तै, सदस्यहरुमा कुमार सिहं विष्ट, दिनेश श्रेष्ठ, मकलसिं राई, राजकुमार सुब्बा, बलराम अधिकारी, हिराकाजी मर्हजन, मधु राई र निरज राई छन् ।

आगामी संघ र प्रदेशको निर्वाचनमा अभियानले विभिन्न राजनीतिक दलको घोषणा पत्रमा अल्पसंख्यक क्रिश्चियन समुदायलाई आफ्नो पहिचान कायम राखी सामाजिक र साँस्कृतिक अधिकार प्रयोगको अवसर तथा लाभको लागि विशेष व्यवस्था गर्न पहल गर्ने बुँदा सामावेश गर्नुपर्ने माग गरेका छन् । जसमा केन्द्रीय स्तरमा चर्च विकास समिति गठन गर्नुपर्ने, चर्चहरु सरल र सहज रुपमा गुठीमा दर्ता गर्न पाउन व्यवस्थाको सुनिश्चत गर्नुपर्ने, चर्चहरुको धार्मिक विधि बमोजिमका मृत्यु संस्कारका लागि चिहान जग्गाको व्यवस्था गर्नुपर्ने, चर्चहरुका जग्गा, सम्पति तथा दायित्वहरुका व्यस्था गर्न सुनिश्चत गर्नुपर्ने, चर्चहरुद्वारा सञ्चालित आत्मिक तथा सामाजिक लगायत विकासका कार्यहरु मूलधारमा जोड्ने व्यवस्था सुनिश्चत गर्नुपर्ने लगायत छन् ।

अभियानले राजनीतिक दलका अध्यक्ष तथा गठबन्धनमा रहेका दलहरुलाई भेट गरी उक्त बुँदा चुनावी घोषणा पत्रमा समावेश गर्न सुझाव दिने संयोजक कवि थापाले जानकारी दिनुभयो । अभियानले थप कार्यक्रमहरु आगामी दिनमा सार्वजनिक गर्दै जाने जनाएको छ ।

संविधानमा धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताको व्यवस्था गरेपनि अल्पंख्यक धार्मिक समुदायले पूर्ण धार्मिक स्वतन्त्रताको अनुभूति गर्न सकेका छैनन् । हालसम्म सहज ढंगले चर्च गुठीमा दर्ता गरी चर्चका सम्पत्ति तथा दायित्वहरुको व्यवस्थापन गर्न सहज भईरहको अवस्था छैन् । त्यसैले पूर्ण धार्मिक स्वतन्त्रताको अभ्यास सुनिश्चताको पहल गर्नका लागि केन्द्रीय स्तरमा चर्च विकास समितिको गठनको पहल गर्ने मुख्य उदेश्यले उक्त नागरिक अभियानको गठन भएको हो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
सामाजिक सञ्जाल सु–समाचार सुनाउने माध्यम पनि बन्दै
सामाजिक सञ्जाल सु–समाचार सुनाउने माध्यम पनि बन्दै
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
जोन काल्भिनको जीवनी र उनको शिक्षाले मण्डलीमा ल्याएको सुधार
जोन काल्भिनको जीवनी र उनको शिक्षाले मण्डलीमा ल्याएको सुधार
विदुर अधिकारीको नेतृत्वमा विपद व्यवस्थापन समीति गठन
विदुर अधिकारीको नेतृत्वमा विपद व्यवस्थापन समीति गठन
मुक्ति : बाइबलिय  अर्थ 
मुक्ति : बाइबलिय अर्थ 
अब बोलेर पनि नेपालीमा टाइप गर्न सकिने
अब बोलेर पनि नेपालीमा टाइप गर्न सकिने
“९० जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी” पुस्तक विमोचन
“९० जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी” पुस्तक विमोचन
नवलपरासीमा दुइ दिने ‘मिसन, मिडिया र डिसाइपल मेकिङ’ कार्यशाला सम्पन्न
नवलपरासीमा दुइ दिने ‘मिसन, मिडिया र डिसाइपल मेकिङ’ कार्यशाला सम्पन्न
संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम