सामाजिक एकता पार्टीले भोलि घोषणा सभा गर्दै
- सि.
- बि.
सि. बि. गहतराजले नेतृत्व गर्नुभएको सामाजिक एकता पार्टीले भोलि फागनु १० गते मङ्गलबारका दिन काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणा सभा गर्न लागेको छ ।
आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष सि.बि. गहतराजले भोलि फागुन १० गते मंगलबारका दिन विहान ११ः०० बजेदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणा सभा आयोजना गरिएकोले नेपाली दाजुभाइ तथा दिदी बहिनी सबै जनालाई सो घोषणा सभामा सहभागी भइदिन आब्हान समेत गर्नुभएको छ । पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिने क्रममा भोलिको लागि तयारी पूरा भएको र अन्य राजनीतिक दलका नेताहरूलाई पनि सो घोषणा सभामा बोलाइएको जानकारी गराउनुभयो ।
फरक प्रसङ्गमा उहाँले आगामी स्थानीय तहको निर्वाचनमा आफूहरू सक्रियताका साथ सहभागी हुने बताउँदै पार्टीको मूल नारा “सामाजिक एकताको सम्मान गरौं, समृद्ध नेपाल निर्माण गरौं” तय गरेको जानकारी गराउनुभयो ।
पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान, गणतन्त्र, समावेशी सहभागिताको सामाजिक न्याय, समानता, स्वतन्त्रता र धर्मनिरपेक्षता लगायतको मुद्दालाई संस्थागत गर्न, विभेदरहित समाजको निर्माण गरी समृद्ध नेपाल निर्माणको लागि देशमा एउटा नयाँ राजनीतिक शक्तिको आवश्यकतालाई महसुस गरी आफूहरूले यो पार्टी दर्ता गराएको उहाँले बताउनुभयो । सामाजिक एकता, सुशासन र समृद्धिको मान्यताप्रति विश्वास गर्ने सबैलाई साथ दिन समेत अध्यक्ष गहतराजले आब्हान गर्नुभयो । सो पत्रकार सम्मेलनको सञ्चालन महासचिव प्रेम कार्कीले गर्नुभएको थियो ।
स्मरण रहोस् केही दिन अघि मात्र धर्म निरपेक्षताको पक्षधरताको रूपमा खडा भई संविधानको रक्षा गर्ने र देशमा विद्यमान सबै खालका सामाजिक विभेदको अन्त्य गरी देशलाई समृद्ध बनाउन लागि पर्ने मुख्य उद्देश्यका साथ पार्टी दर्ता गरिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
सातै प्रदेशका लागि जागृतिको प्रार्थना कार्यक्रम सम्पन्न
आधुनिक विज्ञानको उदयमा बाइबलको प्रभाव
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)
अनलाइन बाइबल कलेज ए बि सी – नेपालको संक्षिप्त परिचय







