गृह मन्त्रालयमा धर्म गुरुहरुको भेला : धार्मिक सद्भाव कायम राख्ने निर्णय
- असोज ५ ।
- ।
असोज ५ ।। देशमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै धार्मिक समुदायको महत्वपूर्ण भूमिका रहेकोले गृहमन्त्रालयले विभिन्न धर्मका धर्म गुरु तथा जिम्मेवार व्यक्तिहरुलाई आज शुक्रबार छलफलमा बोलाएको छ । पछिल्लो अवस्थामा धार्मिक सद्भाव भड्किने खालका गतिविधि देखा परेका कारण गृहमन्त्रालयले सबै धार्मिक समुदायका अगुवाहरुलाई सिंहदरबार काठमाण्डौँमा छलफलमा बोलाएको हो । सामाजिक तथा विभिन्न धार्मिक समुदायका अगुवाहरु छलफलमा सहभागी भएर देशमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल समेत गर्नुभएको छ ।

गृहमन्त्रालयले बोलाएको छलफलमा अध्यक्ष, विश्व हिन्दु महासंघ नेपाल, अध्यक्ष, विश्व हिन्दु महासं, सभापति, विश्व हिन्दु महासंघ,अध्यक्ष, नेपाल सनातन धर्म संस्कृति संगठन, अध्यक्ष, हिन्दु जागरण नेपाल र प्रतिनिधि, विश्व हिन्दु परिषद् बाट सहभागी हुनुभएको थियो । त्यसैगरी बुद्ध धर्मको प्रतिनिधित्त्व गर्दै अध्यक्ष, नेपाल बौद्ध महासंघ, अध्यक्ष, नेपाल तामाङ बौद्ध गुम्बा सेवा समाज, अध्यक्ष, नेपाल परम्परागत बौद्ध धर्म संघ, उपाध्यक्ष, अखिल नेपाल भिक्षु महासंघ सहभागी रहनुभएको थियो । मुस्लिम धार्मिक समुदायबाट अध्यक्ष, इस्लामी संघ नेपाल, अध्यक्ष, नेपाल मुस्लिम संघ, अध्यक्ष, नेपाल मुस्लिम इत्तेहाद संगठन, सचिव, मुस्लिम मुक्ति मोर्चा,अध्यक्ष, मर्कजी जमियत अहले हदिस, अध्यक्ष, जमियत उलेमा–ए नेपाल । उपसहभागी हुनुभयको थियो ।

त्यसैगरी ख्रीष्टिय समुदायबाट अध्यक्ष, राष्ट्रिय क्रिश्चियन महासंघ नेपाल, अध्यक्ष, नेपाल क्रिश्चियन सोसाइटी, अध्यक्ष, नेशनल चर्च फेलोसिभ अफ नेपाल, संयोजक, राष्ट्रिय नेपाली इसाई मण्डली एकता परिषद्, नेशनल पास्टर काउन्सिल नेपाल, नेपाली इसाई नागरिक संघ, प्रमुख कार्यकारी अधिकृत, नेपाल वाइवल सोसाइटी लगायत सहभागी हुनुभएको थियो ।
छलफलमा सबै धार्मिक समुदायका जिम्मेवारी अगुवाहरुले धार्मिक सद्भाव भट्काउने कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभएको छ । मिलेर बसेको समाजलाई धर्मलाई राजनीतिसँग जोडेर समाजिक र धार्मिक सद्भाव खलबलाउने कुनै पनि कार्य नर्गन संयुक्त रुपमा अपिल गरिएको छ । यदि कसैले सामाजिक सद्भाव भट्काउने कार्य गरेमा त्यसलाई कानूनी रुपमा कार्बाही गर्न धार्मिक अगुवाहरुले संयुक्त रुपमा अपिल गर्नुभएको छ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
पवित्र आत्माको बप्तिस्मा भनेको के हाे ?
ख्रिष्टियन संघ–संस्थामा नेतृत्व चयन गर्दा चुनाव गर्नु उचित छ कि छैन ?
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिता-२०२० आजबाट सुरु
के त्रिएक परमेश्वरको रहस्य कहिल्यै बुझ्न सक्दैनौ ?








