single page header banner

अपिल त्रिपाठी काण्डले निम्त्यायका गम्भिर प्रश्नहरु

admin admin
सोमबार, कार्तिक 4, 2079
Social buttons loaded
समाचार सारांश
  • -थोमस बोगटी विराेधाभाष कुरा गरेर सामाजिक सञ्जालमा अपिल त्रिपाठीमाथि खानिने इसाइहरू र उता प्रलाेभन देखाएर धर्मपरिवर्तनकाे डरलाग्दाे याेजना गर्ने इसाइहरू भनेर आराेप लाउने अपिल त्रिपाठीले हामीलाइ धेरै कुरा सिकाउदैन मात्र, तर इसाइ र गैर इसाइकाे धरातल कस्ताे छ भनेर पनि सिकाउँछ ।
  • गण्डकी छडके तथा फलानाे न्यूजकाे संस्थापक तथा रिपाेर्टर त्रिपाठीले अस्ती मात्र इसाइ जगतमा हुने सम्भावित घाेटाला बारे एउटा भिडियाे सार्वजानिक गरे लगतै, प्रलाेभनमा पारी इसाइहरूले जबरजस्ती धर्म परिवर्तन गर्छन् भन्ने मुद्दा ल्याए ।

-थोमस बोगटी

विराेधाभाष कुरा गरेर सामाजिक सञ्जालमा अपिल त्रिपाठीमाथि खानिने इसाइहरू र उता प्रलाेभन देखाएर धर्मपरिवर्तनकाे डरलाग्दाे याेजना गर्ने इसाइहरू भनेर आराेप लाउने अपिल त्रिपाठीले हामीलाइ धेरै कुरा सिकाउदैन मात्र, तर इसाइ र गैर इसाइकाे धरातल कस्ताे छ भनेर पनि सिकाउँछ ।

गण्डकी छडके तथा फलानाे न्यूजकाे संस्थापक तथा रिपाेर्टर त्रिपाठीले अस्ती मात्र इसाइ जगतमा हुने सम्भावित घाेटाला बारे एउटा भिडियाे सार्वजानिक गरे लगतै, प्रलाेभनमा पारी इसाइहरूले जबरजस्ती धर्म परिवर्तन गर्छन् भन्ने मुद्दा ल्याए । सरकारी निकाय, गैर सरकारी निकाय, नेपाली समाज र इसाइ समुदायमा यसकाे गम्भिर ध्यानाकार्षण भएकाे छ । एउटा गैर इसाइ पत्रकारले इसाइ जगतकाे अनुसन्धान ठिक प्रकारले गर्नुपर्थ्याे । गैर इसाइ समाज, अरू धर्मका समुदायले दाेष लाउने प्रलाेभनकारी धारणाहरूलाइ पञ्छाएर तठस्थ रहेर आफ्नाे काम थालनी गर्नुपर्थ्याे । इसाइ जगत भनेकाे हिन्दु, बुद्धिस्ट, किरात, इस्लाम, नास्तिक इत्यादी मानिसहरू नै परिवर्तन भएर बनेकाे छ नेपालमा । तर त्याे हिन्दुत्व, बुद्धिस्टत्व, मुस्लिमत्व र अरू त्वहरू ती व्यक्तिहरूबाट सजिलै हटेर गएकाे हुँदैन । धर्म परिवर्तन हुँदैन व्यक्तिकाे आस्था परिवर्तन हुन्छ भन्ने छैन, किनभने आस्था व्यक्तिकाे विचार र उसकाे भित्री निश्चयताहरूसँग सम्बन्धित छ । तसर्थ प्राय जस्तेा नेपाली इसाइहरूमा याे पूर्व हिन्दु, बुद्धिस्ट, मुस्लिम लगायतका ट्यागहरू लाग्नु स्वाभाविक पनि हाे । बाइबलले कतै कसैलाइ प्रलाेभनमा पार भन्दैन, प्रलाेभनमा पर भन्दैन, यी दुबै पक्षधरलाइ बाइबलले कडा चेतावनी दिएकाे छ । लाेभ नगर, डाह नगर, लालच नगर । प्रलाेभन, लाेभ, डाह, लालच शरीरकाे अभिलाषामा आधारित हुन्छ, तसर्थ प्राय मानिसहरू प्रलाेभनकाे सिकार बनेकै हुन्छन् ।

त्रीपाठीले यत्तिका समयसम्म धेरै भ्रष्टाचारी मानिसहरूकाे रिपाेर्टिङ गरे तर कसैलाइ प्रलाेभन परेकाे हिन्दु वा अरू धर्मवादी भनेर सम्बाेधन गरेकाे पाइएन । तनुहकाे भिमाद सुसमाचार प्रचार चर्च, त्यहाँका पास्टर शान्त थापा लगायत हेल्पिङ ह्याण्ड्स इन्टरनेशनल फाउण्डेसनकाे कामलाइ हेरेर सम्पूर्ण इसाइ जगत नै प्रलाेभनमा आधारित भएकाे धारणा राख्नु १०० प्रतिशत गलत छ । २०० प्रतिशत उनकाे आराेपमा कुनै पनि प्रमाण पाइएकाे छैन । सम्पूर्ण भिडियाेमा यी पत्रकारले दाबी गरे अनुसार प्रलाेभनकारी आराेपकाे कुनै पनि ठाेस प्रमाण देखाउन सकेनन् र भिडियाे नै फेल खाइदियाे ।

इसाइ जगतका धेरै मानिसहरू पनि येशूकाे सुसमाचार माेडल, प्रेरितहरूकाे सुसमाचार माेडल, अगमवक्ताहरूकाे सुसमाचार माेडलभन्दा निकै फरक प्रकारले, मानिसहरूमा घुमाैराे प्रकारले प्रचारवाजीतिर लागेकाे पाइन्छ । व्यावसायी माेडल, सामाजिक सेवा माेडल, लाेक कल्याणकारी माेडल जति नै असल भए पनि येशू, प्रेरित र अगमवक्ताहरूकाे सुसमाचार माेडल अगाडी धूलाे सरह छ, र कुनै दिन परमेश्वरले न्याय पनि गर्नुहुन्छ । इसाइ जगत र चर्च सिद्ध भएकाे देखाउन खाेज्नु इसाइहरूकाे ठूलाे गल्ति हाे । बाइबलले कतै हामीलाइ सिद्ध चर्च देखाएकाे छैन, सिद्ध इसाइ देखाएकाे छैन, भने नेपाली मात्र कसरी सिद्ध इसाइ र चर्च हुन सक्छन् र ?

पास्टर शान्त थापाले ‘हामीबाट गल्ति हुन पुग्याे’ भनेकाे सुन्दा पनि वास्वतवमा उनी सही नै भएकाे ठहराउन खाेज्ने इसाइहरू काे हुन् र कस्ता खालका हुन् भन्ने ठूलाे प्रश्न खडा हुन्छ । हेल्पिङ ह्याण्ड्सले पनि फाेनमा, ‘एउटा गल्ती भयाे’ भनेकाे स्वीकार गरेकाे कुरा सुन्दा पनि कुनै गल्ति भएकाे छैन, उनीहरू सही तर त्रिपाठी मात्र गलत भन्ने विचार व्यक्त गर्ने इसाइहरूकाे नैतिकता गुमेकाे हाे कि, वा पहिला देखि नै नैतिक थिएनन् भन्ने अर्काे ठूलाे प्रश्न खडा हुन्छ ।

समाजलाइ त्रिपाठी जस्ताे अनुसन्धात्मक रिपाेर्टर अवश्य चाहिएकाे छ तर त्यसकाे साथै यी व्यक्तिले आफ्नाे विचारलाइ पनि परिवर्तन गर्नु आवश्यक छ । रिपार्टिङ स्थलमा, तथ्यकाे कुरा गर्नु भन्दा विचार पाेख्न हतार गर्नु यी त्रिपाठीकाे ठूलाे कमजाेरी हाे, र यसले कुनै दिन उनलाइ कस्ताे हालतमा पुर्याउला भनेर अहिले देखिनै गम्भिर रूपमा साेच्नु आवश्यक छ । धम्काउने, थर्काउने र प्रलाेभनकाे आराेप लाउदै प्रश्न साेध्नु मानहानी हाे । चरित्र हत्या गर्नु , जबरजस्ति मानसिक तनाव दिएर बाेल्न बाध्य गर्नु, याे मानसिक पीडा दिने शैलीमा पनि कानुन लाग्न सक्छ है त्रीपाठी याद राख्नु । आचरण त्यही हाे एउटा रिपाेर्टरकाे ? दाेष लाउने ? धम्काउने ? थर्काउने ? बाध्य गराउने ? साेधिएकाे प्रश्नकाे उत्तर दिनैपर्छ र ? कतिपय सन्दर्भमा इसाइहरुमा पनि भनाइ र गराइ नमिलेकाे देखियाे । भन्ने एउटा, विचार गर्ने एउटा तर व्यवहारले साथै दिएन । के इसाइले प्रलाेभनै देखाउदैन ? के इसाइ प्रलाेभनमा नै पर्दैन र ? के हाे उत्तर ? परमेश्वरले सृष्टि गरेका आदिमानव आदम र हव्वा प्रलाेभनमा परे भने हामि काे हाैं र ?

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
येशूको चिहानमा चर्च स्थापना
येशूको चिहानमा चर्च स्थापना
एनसिएफएन, आसन्न निर्वाचन र आकाङ्क्षीहरू
एनसिएफएन, आसन्न निर्वाचन र आकाङ्क्षीहरू
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
आधुनिक विज्ञानको उदयमा बाइबलको  प्रभाव
आधुनिक विज्ञानको उदयमा बाइबलको प्रभाव
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
मैले चिनेको स्व. पास्टर रामचन्द्र गौतम
मैले चिनेको स्व. पास्टर रामचन्द्र गौतम
रोमन क्याथोलिक मण्डलीको इतिहास र सिद्धान्त
रोमन क्याथोलिक मण्डलीको इतिहास र सिद्धान्त
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण
नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम