single page header banner

अनलाइन बाइबल कलेज ए बि सी – नेपालको संक्षिप्त परिचय

Pramodkhadka Pramodkhadka
सोमबार, मंसिर 8, 2079
Social buttons loaded
समाचार सारांश
  • औपचारिक कार्यक्रम गरेर अनलाइन बाइबल कलेज ए बि सी – नेपालले प्रथम वार्षिकोत्सव मनाउदैछ यहि अवसरमा संस्थापक प्रिन्सिपल पास्टर गणेश प्रसाद ढकालसंगको कुराकानीमा आधारित कलेजको संक्षिप्त परिचय : “ए बि सी – नेपाल” का संस्थापकको परिचय (Introduction of the Founder of A B C – Nepal) – “ए बि सी – नेपाल” का संस्थापक प्रिन्सिपल गणेश प्रसाद ढकाल, पिता भवानी प्रसाद ढकाल र माता दुर्गा देवी ढकालका जेष्ठ सुपुत्र हुनुहुन्छ ।
  • वहाँको जन्म भोजपुर जिल्लाको याकु विर्तामा भएको हो ।

औपचारिक कार्यक्रम गरेर अनलाइन बाइबल कलेज ए बि सी – नेपालले प्रथम वार्षिकोत्सव मनाउदैछ यहि अवसरमा संस्थापक प्रिन्सिपल पास्टर गणेश प्रसाद ढकालसंगको कुराकानीमा आधारित कलेजको संक्षिप्त परिचय :

“ए बि सी – नेपाल” का संस्थापकको परिचय (Introduction of the Founder of A B C – Nepal) –

“ए बि सी – नेपाल” का संस्थापक प्रिन्सिपल गणेश प्रसाद ढकाल, पिता भवानी प्रसाद ढकाल र माता दुर्गा देवी ढकालका जेष्ठ सुपुत्र हुनुहुन्छ । वहाँको जन्म भोजपुर जिल्लाको याकु विर्तामा भएको हो । वाल्यकाल देखि नै धार्मिक जीवन जिउन रुचाउने ढकाल, आफ्नो हजुरबुवा जय प्रसाद ढकालको दैनिक जिवन बाट प्रभावित भई सत्यताको खोजीमा लाग्नु भयो। “यस जन्ममा झैं, पुनर्जन्ममा पनि मानिस नै हुन पाऊँ” भन्ने हजुरबुवाको श्लोक बाट अति प्रभावित भई, “पुनर्जन्म” को वास्तविकतालाई बुझ्ने प्रयासमा, अरु धेरै धार्मिक पुस्तकहरुलाई अध्यायन गरे झैं, धर्मशास्त्र बाइबलको पनि गहिरो अध्ययन पछि, बाइबलको पुस्तक यूहन्ना १४ को ६ पदमा येशूले भन्नु भएको वचन, “बाटो, सत्य र जीवन म नै हुँ”। त्यसैगरी यूहन्ना ११ को २५ पदमा पनि येशूले भन्नु भएको वचन, “पुनरुत्थान र जिवन म नै हुँ”, “मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ” भन्ने कुराको वास्तविकताले “पुनर्जन्म” को अर्थ खुलेको थाहा गरेपछि ढकाल ले, ख्रीष्टमा समर्पित भइ धेरै वर्ष देखि नेपाल रिभाइभल मण्डलीमा पाष्टरीय सेवकाई गरिरहनु भएको छ । सन् २०१२ मा भारतको केरला राज्यको IBCS बाट Master of Divinity को पढाइ सके पछि नेपालमा आई ललितपुरको नख्खुमा श्रीमती सानु, छोरा अनुग्रह र छोरी अनुष्काको साथमा बसी नेपालका विभिन्न बाइबल कलेजहरु र स्कूलहरुमा शिक्षण कार्य गरिरहनु भएको छ । वहाँ हिमालयन आपसी संगतिका महा-सचिव, सि म सी- नेपालका उप-महा-सचिव, असल शिक्षक, लेखक, अनुवादक, र पत्रकारिताको क्षेत्रमा स्वतन्त्रतापुर्वक समालोचनात्मक शैलीमा कलम चलाउने व्याक्तित्व हुनुहुन्छ । हाल Doctor of Ministry को थेसिस लेखिरहनु भएका ढकाल, “ए बि सी – नेपाल” को भविष्यको कार्य योजना पनि कोरिरहनु भएको छ।

“ए बि सी – नेपाल” को दर्शन (Vision), मिसन (Mission), र लक्ष्य (Goal)दर्शन (Vision) – “व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस, तर त्यसमाथी तैंले दिनरात ध्यान गर्नु अनि त्यसमालेखिएका सबै कुरा होशियारीसाथ पालना गर्नु, र तेरा सबै मार्गहरुमा तैंले उन्नती गर्नेछस् र सफलता पाउनेछस्” –(यहोशू १:८)।


दर्शनको व्याख्या ( Explanation of Vision) – सन् २०२० मा विश्वव्यापी रुपले फैलिएको कोरोनाको कारण नेपाल सरकारले पहिलो पटक मार्च २४ देखि अप्रिल २२ सम्म बन्दा-बन्दी (Lock-down) गरेको समयमा यशैया २६ को २० पदलाई पालना गर्दै बाइबल अध्ययन गरिरहदा यहोशू १ को ८ पदले, उत्पत्ति देखि प्रकाश सम्म बारम्बार अध्ययन गर्न प्रेरित गर्यो । आफुले विभिन्न बाइबल स्कूलमा पढाएका विधार्थीहरुले पढाई पुरा नगरि घरमा गएर बसेको अनि फेरि कलेजमा आएर पढ्ने वातावरण तत्काल नभएको देखेर मन भौतारिएको साथै विधार्थीहरुले पनि हामीलाई पढाई दिनुहोस् भनि बारम्बार भनिरहेको आवाजलाई महशुस गरी Online Course शुरु गर्नलाई परमेश्वर बाट प्रेरणा मिलोस भनेर गरिएको प्रार्थनाको परिणाम स्वरुप मिति २०७८ साल श्रावण ३२ गते सोमबार अर्थात सन २०२१ अगष्ट १६ तारिख बेलुका ८ बजे; गोर्खा जिल्ला बाट १० जना, तनहुँ बाट ४ जना, ललितपुर बाट ४ जना, झापा बाट २ जना, काठमाण्डौ बाट ४ जना, भक्तपुर बाट २ जना, वर्दिया बाट १ जना, मकवानपुर बाट २ जना, चितवन बाट २ जना, दोलखा बाट २ जना, गरी, जम्मा ३५ जना जुमको माध्यम बाट जोडिएर, प्रार्थना, आराधना गरी यहोशू १ को ८ पद बाट वचनको सेवकाई गरि हप्तामा ४ दिन सोमबार र बिहिबार सम्म कक्षा संचालन गर्ने निर्णय गरि, “ए बि सी – नेपाल” नामाकरण गरी कक्षाहरु शुरुवात भएको हो।

मिसन (Mission) – यो पाठ्यक्रम (Curriculum) ईश्वरशास्त्रमा स्नातक (Bachelor of Theology / B. Th.) तहको अध्यायन गर्ने ३ वर्षको Online Course हो । प्रत्येक महिना एउटा विषयलाई अध्यापन गराउँदा, वर्षमा १२ वटा विषयहरु र ३ वर्षमा ३६ वटा विषयहरुलाई अध्यायन-अध्यापन गराउन सकिनेछ। यो Course नितान्तै Practical भएको कारण सेवकाई गर्न चाहानेहरु र सेवकाई गरिरहेका अगुवा तथा पाष्टरहरुको लागि लाभदायक छ। जो वास्तवमा बाइबल स्कूल तथा कलेजमा नै गएर ईश्वरशास्त्रीय ज्ञान हाँसिल गर्न चाहेर पनि समय र परिस्थितीले गर्दा स्कूल तथा कलेज सम्म पुग्न नसक्नेहरुको लागि पुर्ण रुपमा फाइदाजनक छ । प्रत्येक हप्ता सोमबार देखि बिहिबार सम्म हप्ताको ४ दिन बेलुका ८:०० देखि ९:३० बजे सम्म कक्षा संचालन हुँने गर्दछ, र बाँकि ३ दिन शुक्रबार देखि आइतबार सम्म सिकेका कुराहरुलाई सेवकाईमा उतार्न सकिन्छ । विषयहरु पनि सरल बाट मध्यम हुँदै जटिलता तर्फ लक्षित गरिएको छ; साथै पहिलो, दोस्रो र तेस्रो वर्षहरुमा विभाजन गरि प्रत्येक विषयहरुको Syllabus पनि सोही अनुसार तयार पारिएको छ।

लक्ष्य (Goal) – “रवि नपुगेको ठाउँमा कविहरु पुग्न सक्छन, तर कविहरु पनि नपुगेको नेपालको गाउँ-गाउँका कुना- कन्दराहरुमा पाष्टर-अगुवाहरु पुग्नु पर्छ, अनि पुर्वको मेची देखि पश्चिममा महाकाली हुँदै, उत्तरमा हिमाल देखि दक्षिणमा समुन्द्र पार गर्दै परमेश्वरको राज्यलाई फैलाउनु पर्छ” भन्ने हाम्रो “ए बि सी – नेपाल” को मुख्य लक्ष्य हो।

सुचना – यो वर्षको लागि विधार्थी भर्ना हुने समय – २०७९ भाद्र १ देखि १५ गते सम्म । सम्पर्कको लागि – ए बि सी – नेपाल, केन्द्रिय कार्यालय, नख्खु, ललितपुर, मोवाइल नम्बर – ९८४३२०३३७१, email : advantagebiblecollege@gmail.com

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम