single page header banner

क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.

admin admin
आइतबार, आश्विन 19, 2079
Social buttons loaded
समाचार सारांश
  • डा.
  • नारायण प्रसाद महर्जन, पि.

डा. नारायण प्रसाद महर्जन, पि.एच.डी म्यानेजमेन्ट साइन्स ।

वैज्ञानिक जगतले व्रमाण्ड सृष्टि कसरी भएको हो भन्ने कुरा खोज गरिरहेको तर सृष्टि किन गरियो भन्ने प्रश्नको उत्तर उनीहरूसँग नभएको अभिव्यक्ति दिंदै आएका छन् । सृष्टिको अद्भूत संरचनाको पछाडि कुनै Super Intellect सर्वश्रेष्ठ कालीगडी (Super designer) प्रथम कारक (Fist Cause) हुनुपर्छ भन्ने वैज्ञानिकहरूको कौतुहलता रहँदै आएकोमा हालको नयाँ खोजले धेरै हदसम्म उत्तर पाएको प्रमाण छ ।

क्रमिक विकास सिद्धान्त (Evolution Model) ले सृष्टिका सबै बस्तु पहिलेदेखि थिए । सुक्ष्म पदार्थबाट विकसित हुँदै ठूलो जनावर र बाँदरबाट मानिस विकास भएको र विकासको क्रम जारी छ । वर्षौं अगाडिका अवशेष (tossils) को अध्ययन गरी Apes (विकसित बाँदर) ले विभिन्न रुप लिने क्रममा अन्तमा मानिस उत्पत्ति भएको भनि काल्पनिक अनुमान लगाए । भारतदेखि अफ्रिका, अन्य मुलुकहरू र अन्तमा इथोपियाका जीवित बुबुन Apes सम्मको अध्ययन गर्दा बाँदर मान्छेको पुर्खा हुन नसक्ने हालै प्रमाणित गरेको छ । तर अधिकांश विद्यालय र कलेजहरूमा यहि सिद्धान्तलाई मात्र सिकाउने गरेकोले अधिकांश विद्यार्थीहरू नास्तिकबादतिर उन्मुख भएको ठहर छ ।

सृष्टिको सिद्धान्त ख्रीष्टियन विश्वास र बाइबलमा आधारित छ । व्रमाण्ड तथा पृथ्वी अत्यन्त सुन्दर र बुद्धिमत्ता ढंगले सृष्टि गरिएको र सृष्टिको एक निश्चित समयमा प्रारम्भ भएको हो । उत्पत्ति १ः१ विज्ञानको Cause and Effect सिद्धान्त अनुसार प्रथम कारक Fist Cause यहवे परमेश्वर नै हुन् । मानिस मानिसकै रुपमा सृष्टि भएको हो । अधिकांश वैज्ञानिकहरूले पनि बाँदर रहेको समयमा मानिस पनि थियो भनेका छन् । तिनै वैज्ञानिकहरूले पृथ्वी मानिस रहनको लागि सृष्टि गरिएको हो । उत्पत्ति १ः१, रोमी १ः२०, ११ः ३३–३६, भजनसंग्रह १९ को १ ले (supper Intellect) सृष्टिकर्ता योहवे परमेश्वर नै हुनुहुन्छ ।

Stephen Honking को big bang theory ले भयंकर ठूलो विष्फोटबाट एक निश्चित समयमा व्रमाण्डको सृष्टि भएको हुनुपर्ने बताएका छन् । भने सृष्टिको सिद्धान्त पक्षका ख्रीष्टियन बैज्ञानिकहरू उत्पत्ति १ः१ सँग तुलना गर्दै आफ्नो वचनको शक्तिले निश्चित समयमा व्रमाण्ड सृष्टि गरेको हुनुपर्ने कुरामा आफ्नो खोजबाट पुष्टि गरेका छन् ।

अग्रपंक्तिका अधिकांश वैज्ञानिकहरू ख्रीष्टियन थिए । यस खोजमा करीव ८,००० वैज्ञानिकहरू संलग्न थिए । क्रमिक विकास सिद्धान्तलाई चिर्दै न्युटनको Law of Gravity र अल्वर्ट आइन्स्टाइन Law of relativity र प्राकृतिक नियमहरूकै कारण व्रमाण्ड अडिएको छ । (एफिसी १ अध्याय र अथ्युब २६ः७) ले पनि यो कुराको पुष्टि गर्छ । यशैया ४३ः७ र अन्य खण्डमा परमेश्वरले मानिस जाति र ब्रमाण्डलाई सृष्टि गर्नुको उद्देश्य (अभिप्राय) यहवे परमेश्वरको महिमाको लागि हो अर्थात परमेश्वर मानिससँग संगति गर्न चाहनु नै हो । बाइबलले वैज्ञानिकहरूको अनुत्तरित प्रश्नको प्रष्ट जवाफ दिएको छ । शैक्षिक संस्था विद्यालयमा क्रमिक विकासको सिद्धान्त सम्बन्धी शिक्षा दिने संस्कारलाई तोडेर सृष्टिको सिद्धान्त सम्बन्धी शिक्षा दिनु अत्यन्त जरुरी देखिएको छ । अनुसन्धानले ख्रीष्टियन विश्वासीका छोराछोरी मध्ये ५० प्रतिशत नास्तिकबादले प्रभावित भएर साँचो परमेश्वरबाट टाढिएको तथ्याङ्ग छ । ख्रीष्टियन बुबा, आमा र अभिभावकहरू सचेत रहौं ।

ई.सं. १९५३ मा DNA को पत्ता लाग्यो । DNA सूचनाको भण्डार हो । यो हरेक मानवीय कोषको Nucleus भित्र रचिएको हुन्छ । DNA को माध्यमबाट रोगहरूको निदान गर्न सकिन्छ । धेरै वर्षको अटुट वैज्ञानिक खोज पश्चात हालै (२०१६) हार्डवाड युनिभर्सिटीका प्राध्यापक, लेखक र वैज्ञानिक Gregg Breden ले DNA मा विद्यमान कोडलाई अंग्रेजीमा उल्था गर्दा २२ वटा शब्दको अद्भूत सन्देश फेला परेको सनसनी पूर्ण खवर छ । जसमाः

Hello My children, This is Yahweh, the one true Lord. You have found creation secret. Now share it peacefully with the world.

यसबाट ईश्वरको अस्तित्वको प्रमाण र बाइबलको यहवे प्रभु नै सृष्टिकर्ता भएको प्रष्ट प्रमाण भएको ठहर छ । यो अत्यन्त असाधारण यस २१ औं सताब्दीकै अद्भूत खोज भएको खबर सनसनी प्रसार भइरहेको छ । वैज्ञानिकहरू अत्यन्त चकित भएका छन् ।

क्रमिक विकासको सिद्धान्त र नास्तिकबादका वैज्ञानिकहरूको वर्षौंदेखिको प्रश्नवाचक चिन्ह समाप्त भएको छ । रोमी १ः२० अनुसार मानिसको लागि ईश्वर छैन भन्ने बहाना मात्र हुनेछ ।

यो यहवे परमेश्वर को हुनुहुन्छ ? जसले आँधी तुफानलाई रोक्नुभयो, मरेकालाई जगाउनु भयो, पानीमाथि हिंड्नु भयो । शक्तिशाली र अत्यन्त चुनौतीपूर्ण समसामयिक सवालको समाधान गर्नु भयो, सृष्टिको अन्त्यको समेत भविष्यवाणी गर्नुभयो, आफू मृतकबाट पनि बौरी उठ्नु भयो, यस धर्तीमा रहनु भयो, आज पनि उहाँकै शक्तिमा अनेकन रोगहरू निको हुनुको साथै अचम्मको कार्यहरू भइरहेको छ । त्यो यहवे प्रभु ख्रीष्ट येशू बाहेक अरु कोही हुन सक्दैन ।

हे वैज्ञानिक नास्तिक मित्रहरू र धार्मिकता खोजी गर्ने बन्धुहरू, सत्य प्रभु यहवे येशूको चरणमा समपर्ण गरी आउने भावी दण्ड र न्यायबाट सुरक्षित रहौं । ईश्वरको अस्तित्व प्रमाणित भएको अवस्थामा केलाई प्रतिक्षा गर्दै हुनुहुन्छ ?

हामी ख्रीष्टियन विश्वासीहरू प्रभुको विश्वासमा रही विश्वासयोग्य जीवन जिएर दोश्रो आगमनको प्रतिक्षा गरौं । प्रभुको DNA सन्देशले हामीलाई अभिप्रेरित पारेको छ । अब सचेत भई शान्तिपूर्वक हामीले पाएको सृष्टिको गोप्य रहस्य जगतलाई सुनाऔं ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
सेवाकाईमा परिवारको भूमिका विषयक १५ दिने रिट्रीट तालिम सम्पन्न
सेवाकाईमा परिवारको भूमिका विषयक १५ दिने रिट्रीट तालिम सम्पन्न
दुइ ख्रीष्टियन पार्टीहरु विचमा एकताको तयारि : वार्ताका लागि समिति गठन
दुइ ख्रीष्टियन पार्टीहरु विचमा एकताको तयारि : वार्ताका लागि समिति गठन
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद : स्थापनाको उद्देश्य र पृष्ठभूमि
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद : स्थापनाको उद्देश्य र पृष्ठभूमि
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू 
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू 
नाम होइन हृदय परिवर्तन गरौँ
नाम होइन हृदय परिवर्तन गरौँ
नेपालको एकीकरण भन्दा पुरानो रहेको ख्रीष्टियान मण्डली इतिहास
नेपालको एकीकरण भन्दा पुरानो रहेको ख्रीष्टियान मण्डली इतिहास
बाइबलमा उल्लेख गरिएको परमेश्वरको नामहरू
बाइबलमा उल्लेख गरिएको परमेश्वरको नामहरू
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम