single page header banner

पवित्र आत्मामा एकता कायम राखौं (एफिसी ४:१–१६)

admin_news admin_news
शुक्रबार, कार्तिक 3, 2083
Social buttons loaded
समाचार सारांश
  • भूमिका आजको विश्वमा मात्र होइन, मण्डलीभित्र पनि विभाजन, गुटबन्दी, व्यक्तिगत स्वार्थ, अहंकार, प्रतिस्पर्धा र असहिष्णुताले एकतालाई कमजोर बनाइरहेका छन्।
  • यद्यपि प्रभु येशू ख्रीष्टले आफ्नो मण्डलीलाई एक शरीर, एक परिवार र एक उद्देश्यका लागि बोलाउनुभएको छ।

भूमिका

आजको विश्वमा मात्र होइन, मण्डलीभित्र पनि विभाजन, गुटबन्दी, व्यक्तिगत स्वार्थ, अहंकार, प्रतिस्पर्धा र असहिष्णुताले एकतालाई कमजोर बनाइरहेका छन्। यद्यपि प्रभु येशू ख्रीष्टले आफ्नो मण्डलीलाई एक शरीर, एक परिवार र एक उद्देश्यका लागि बोलाउनुभएको छ। प्रेरित पावलले एफिसी ४:१–१६ मा ख्रीष्टियन एकताको आधार, एकता कायम राख्ने गुणहरू, एकताको उद्देश्य र त्यसको परिणामबारे स्पष्ट शिक्षा दिएका छन्। यो खण्डले मण्डलीको एकता कुनै विकल्प होइन, बरु परमेश्वरको आज्ञा र विश्वसनीय गवाही भएको बताउँछ।

१. एकता कायम राख्न योग्य जीवन जिउनुहोस् (पद १–३)

“तिमीहरूलाई बोलावट भए अनुसार योग्य चालचलनले हिँड।” पावलले जेलमा हुँदा पनि मण्डलीलाई पहिलो आग्रह यही गर्छन् । “तिमीहरूको जीवन परमेश्वरले दिएको बोलावटको योग्यको होस्।” एकता कायम राख्न आवश्यक चार गुणहरु :

क) नम्रता (Humility) “सबै नम्रतासाथ” नम्रता भनेको आफूलाई अरुभन्दा ठूलो नठान्नु हो। घमण्डले विभाजन ल्याउँछ। नम्रताले सम्बन्ध जोड्छ। येशूले आफ्ना चेलाहरूको खुट्टा धोएर नम्रताको उदाहरण दिनुभयो। ख) विनम्रता वा कोमलता (Gentleness) कडा व्यवहारले चोट दिन्छ, कोमल व्यवहारले निको पार्छ। मण्डलीमा सत्य बोल्नुपर्छ, तर प्रेमपूर्वक बोल्नुपर्छ। ग) धैर्यता (Patience)
मानिसहरू फरक-फरक स्वभावका हुन्छन्। कसैले छिटो बुझ्छ। कसैले ढिलो बुझ्छ। धैर्यताले सम्बन्धलाई जोगाउँछ। घ) प्रेममा एक-अर्कालाई सहनु “प्रेममा एक-अर्कालाई सहँदै” एकता तब मात्र सम्भव हुन्छ जब हामी एक-अर्काका कमजोरीलाई प्रेमले सहन सिक्छौं।

मुख्य शिक्षा : एकता कार्यक्रमबाट होइन, चरित्रबाट सुरु हुन्छ।

२. एकताको आधार परमेश्वर आफैं हुनुहुन्छ (पद ४–६) पावलले सातवटा “एक” को उल्लेख गर्छन्।

क. एक शरीर मण्डली ख्रीष्टको शरीर हो। हातले आँखासँग प्रतिस्पर्धा गर्दैन। ख. एक आत्मा हामी सबैमा कार्य गर्ने पवित्र आत्मा एउटै हुनुहुन्छ। ग. एक आशा हामी सबैको भविष्यको आशा स्वर्गीय राज्य हो। घ. एक प्रभु येशू ख्रीष्ट मात्र प्रभु हुनुहुन्छ। ङ. एक विश्वास सुसमाचार एउटै छ। च. एक बप्तिस्मा हामी सबै ख्रीष्टमा एउटै परिवारका सदस्य हौं। छ. एक परमेश्वर र पिता “सबैका पिता एउटै हुनुहुन्छ।”

मुख्य शिक्षा : हामीलाई जोड्ने कुराहरू धेरै छन्; विभाजन गर्ने कुराहरूलाई ठूलो बनाउनु हुँदैन।

३. एकताको अर्थ समानता होइन, विविधतामा एकता हो (पद ७–१०)

“हामी प्रत्येकलाई ख्रीष्टको वरदानको नापअनुसार अनुग्रह दिइएको छ।” परमेश्वरले सबैलाई एउटै वरदान दिनुभएन। कसैलाई: प्रचार गर्ने शिक्षा दिने नेतृत्व गर्ने सेवा गर्ने उत्साह दिने वरदानहरु दिनुभएको छ।

मुख्य शिक्षा : विविधता समस्या होइन। वरदानको भिन्नता परमेश्वरको योजना हो। हामी प्रतिस्पर्धी होइनौं, पूरक हौं।

४. परमेश्वरले एकताको लागि नेतृत्व र सेवकहरू दिनुभएको छ (पद ११–१२)

“कसैलाई प्रेरित, कसैलाई अगमवक्ता, कसैलाई सुसमाचार प्रचारक, कसैलाई गोठाला र शिक्षक नियुक्त गर्नुभयो।” यी सेवकहरू किन दिइए? ) विश्वासीहरूलाई तयार पार्न नेतृत्वको काम सबै काम आफैं गर्नु होइन। विश्वासीहरूलाई सेवाको लागि सक्षम बनाउनु हो। ख) मण्डली निर्माण गर्न नेतृत्वको उद्देश्य व्यक्तिगत राज्य बनाउनु होइन। ख्रीष्टको शरीर निर्माण गर्नु हो।

मुख्य शिक्षा : साँचो नेतृत्वले अनुयायी होइन, सेवकहरू र चेलाहरु तयार पार्छ।

५. एकताको लक्ष्य आत्मिक परिपक्वता हो (पद १३–१४)

“जबसम्म हामी सबै विश्वास र परमेश्वरका पुत्रको ज्ञानमा एक हुँदैनौं।” एकताको अन्तिम उद्देश्य परिपक्व विश्वासी बन्नु ख्रीष्टजस्तै बन्नु सत्यमा स्थिर रहनु अपरिपक्व विश्वासीको चिन्ह : “हावाले उडाएको छालझैं”, हरेक नयाँ शिक्षाको पछि लाग्ने , सजिलै भ्रममा पर्ने र मानिसहरूको छलमा पर्ने । परिपक्व विश्वासीको चिन्ह : वचनमा स्थिर, विश्वासमा दृढ सत्यमा अडिग ।

६. प्रेममा सत्य बोल्दै ख्रीष्टतर्फ बढौं (पद १५)

“प्रेममा सत्य बोल्दै हामी सबै कुरामा उहाँतर्फ बढौं।” मण्डलीमा दुईवटा खतरा हुन्छन्: केवल सत्य मात्र प्रयाप्त छैन सत्य छ तर प्रेम छैन भने यसले चोट दिन्छ। केवल प्रेम मात्रै पनि प्रयाप्त छैन , प्रेम छ तर सत्य छैन। यसले गलत कुरालाई बढावा दिन्छ। ख्रीष्टियन जीवनमा सत्य र प्रेम दुवै आवश्यक छन्।

मुख्य शिक्षा : सत्य बिना प्रेम कठोर हुन्छ। प्रेम बिना सत्य कमजोर हुन्छ।

७. प्रत्येक सदस्यले आफ्नो काम गर्दा मात्र एकता बलियो हुन्छ (पद १६)

“सम्पूर्ण शरीरको प्रत्येक भागले आफ्नो-आफ्नो काम गर्दा शरीर बढ्दै जान्छ।” मण्डली केवल पास्टर, एल्डर वा अगुवाहरूको जिम्मेवारी होइन। हरेक विश्वासी मण्डलिमा महत्वपूर्ण छ। प्रार्थना गर्ने व्यक्ति स्वागत गर्ने व्यक्ति संगीत सेवा गर्ने व्यक्ति बालबालिकालाई सिकाउने व्यक्ति सुसमाचार सुनाउने व्यक्ति सबैको भूमिका महत्त्वपूर्ण छ।

मुख्य शिक्षा : निष्क्रिय सदस्यले मण्डली कमजोर बनाउँछ।

सक्रिय सदस्यले मण्डली बलियो बनाउँछ। आजको नेपाली मण्डलीको सन्दर्भ हाम्रो बीचमा धेरै समस्याहरू देखिन्छन्: सम्प्रदायगत विभाजन व्यक्तिवादि आराधना नेतृत्व प्रतिस्पर्धा ईर्ष्या आलोचना गुटबन्दी प्रेरित पावलको सन्देश आज पनि उस्तै छ: “शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न परिश्रम गर।” (एफिसी ४:३) एकता आफैं आउँदैन। यसलाई जोगाउन परिश्रम गर्नुपर्छ।

निष्कर्ष

एफिसी ४:१–१६ ले हामीलाई सिकाउँछ: १. नम्रता, विनम्रता, धैर्यता र प्रेममा हिँडौं। २. हामी एउटै शरीरका सदस्य हौं भन्ने कुरा सम्झौं। ३. विविध वरदानलाई सम्मान गरौं। ४. सेवक नेतृत्वलाई समर्थन गरौं। ५. आत्मिक परिपक्वतातर्फ बढौं। ६. प्रेममा सत्य बोलौं। ७. प्रत्येक सदस्यले आफ्नो जिम्मेवारी पूरा गरौं।

अन्तिम चुनौती

आज आफैलाई सोधौं: के म एकताको निर्माता हुँ कि विभाजनको कारण? के म प्रेममा सत्य बोल्छु? के म आफ्नो वरदानद्वारा मण्डली निर्माण गरिरहेको छु? के म पवित्र आत्माको एकता कायम राख्न परिश्रम गरिरहेको छु? स्मरणीय पद: “शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न हरप्रकारले प्रयत्न गर।” (एफिसी ४:३) परमेश्वरले हाम्रो मण्डलीलाई एक हृदय, एक मन, एक विश्वास र एक उद्देश्यमा बाँधेर आफ्नो राज्य विस्तार गर्न प्रयोग गरून्। आमेन।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम