single page header banner

पेन्टाटुक भनेको के हो र यसको महत्व

adminsangam adminsangam
शुक्रबार, जेठ 23, 2081
Social buttons loaded
समाचार सारांश
  • पुरानो करारका पहिलो पाँच पुस्तकहरु उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्थालाई एकै समूहमा समावेश गरी ‘पञ्चग्रन्थ’ नामाकरण गरी अध्ययन गर्न सकिन्छ ।
  •   बाइबलको सुरुवात पञ्चपुस्तकबाट सुरु हुने गर्दछ ।

पुरानो करारका पहिलो पाँच पुस्तकहरु उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्थालाई एकै समूहमा समावेश गरी ‘पञ्चग्रन्थ’ नामाकरण गरी अध्ययन गर्न सकिन्छ ।  बाइबलको सुरुवात पञ्चपुस्तकबाट सुरु हुने गर्दछ । जुन ख्रीष्टियनहरुको पुरानो करार पहिलो पाँच पुस्तकहरु र यहुदीहरुको धर्मग्रन्थ तोरह हो ।  तोरहको शब्दको अर्थ ‘शिक्षा, सिद्धान्त वा अर्ती’ भन्ने हुन्छ ।  मोशाको पुस्तकमा पाँचओटा पुस्तकहरु छन्ः उत्पत्ति, प्रस्थान, लेवीहरु, गन्ती र व्यवस्था यी पुस्तकहरुलाई मोशाको नियमको पुस्तक वा पञ्चग्रन्थ भनिन्छि । जसलाई अंग्रेजीमा पेन्टाटुक (Pentateuch) भनिन्छि ।  पञ्चपुस्तकको बारेमा लेखक डन् फ्लेमिङ भन्छन्, “ख्रीष्टियन शताब्दीको आरम्भ वा सम्भवतः त्योभन्दा अघिदेखि नै पुरानो करारको पहिलो पाँच पुस्तकहरुको समूहलाई ‘पञ्च पुस्तक’ भनिने चलन थियो । यो नाउँ ग्रीक भाषाको दुईवटा शब्दबाट लिइएको हो, ‘पेन्टा’ को अर्थ ‘पाँच’, अनि ‘टयुकोस्’ को अर्थ एक ‘ग्रन्थ’ हो ।” 

          पेन्टाटुक भन्ने शब्द बाइबलमा काहिँ पनि पाइदैन । पुस्तकहरुको नामकरणको सन्दर्भमा लेखक डन फ्लेमिङ्ग लेख्छन्, “ई.पू. तेस्रो शताब्दीतिर हिब्रू भाषाको यो पुरानो करार ग्रीक भाषामा अनुवाद गरियो, यो अनुवादलाई सेप्टुअजिन्ट भनी जानिन्छ, किनकि यसको अनुवाद सत्तरी जना व्यक्तिले गरेका थिए । यी अनुवादकबाट नै हामीले बाइबलको पहिलो पाँच पुस्तकहरुको नाउँको रुपमा पञ्चग्रन्थ शब्द पाएका हौँ ।”  साथै उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्था ठिक यहि समयमा नै विभाजन गरियो भन्ने प्रमाण पनि पाइदैन । सम्भवत ७० जना बाइबल विद्वानहरुले (LXX. Translators) बाइबल अनुवाद गर्दा यी पुस्तकहरुको विभाजन गरिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।  सुरुमा यो एउटै पुस्तक थियो तर सुविधाको निम्ति यसलाई पाँच खण्डमा विभाजन गरियो । यी पाँच भागमा विभन्न पुस्तकहरुका अंग्रेजी भाषाको शीर्पकहरु प्राचीन ग्रीक अनुवाद ‘सेप्टुआजिन्ट’ बाट लिइएका हुन् ।  नयाँ करारको पुस्तकमा पञ्चपुस्तकलाई एउटै पुस्तकको रुपमा लिइएको पाइन्छ । मर्कूस १२:२६ मा पञ्चग्रन्थलाई “मोशाको पुस्तक” भनिएको छ ।  यस्तै यी पाँच पुस्तकहरुलाई धेरै बर्ष पछि ‘परमेश्वरको व्यववस्थाको पुस्तक’ भनिएको पाइन्छ (नहेम्याह ८:१८) ।  बास्तवमा यी पाँच पुस्तकहरु भन्दा पनि एउटै कामको विवरण हो । आज यहुदीहरुले यी पुस्तकहरुलाई ५४ भागमा खण्डमा विभाजन गरी एक बर्षको प्रत्येक हप्ता अध्यायन गर्ने गर्दछन् । जसलाई parshiot भनिन्छ ।  उत्पत्ति देखि व्यवस्थाका पुस्तकलाई छोटकरीमा पञ्चपुस्तक भनिन्छ, जुन मोशाद्धारा लेखिएको हो भनेर बाइबलीय विद्वाहरु विश्वास गर्दछन् । पञ्चपुस्तक भित्र पहिलो मानिस आदम देखि लिएर प्रतिज्ञाको देशमा लैजानको निम्ति अगुवाई गरेका मोशाको मृत्यु सम्म समावेश गरिएको छ । मोशाको पुस्तकको परिचयमा लेखक बिरेन्द्र श्रेष्ठ लेख्छन्, “यस खण्डमा संसारको सुरुको अवस्थादेखि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा प्रवेशसम्मको अवस्थालाई समावेश गरिएको छ । यो खण्ड अरु ६१ ओटा पुस्तकहरुको लागि आधारभूत पुस्तक हो ताकि यसले अरु पुस्तकहरुमा लेखिएका कुराहरुलाई बुझ्न सजिलो पार्दछ ।” पुस्तकहरुका संकलनका रुपमा इस्राएली राज्य (यहुदी मानिसहरु) को निम्ति ‘ईश्वरशास्त्रीय विधान’ बनाएका छन् र परमेश्वरद्धारा प्रकट गरिएका आधारभूत सत्यताहरुलाई पनि समावेश गर्छन् । जसमा ख्रीष्टियन विश्वास अडिएको छ । पाँच पुस्तकहरुले सृष्टिबाटको समय अवधिदेखि कनानको प्रतिज्ञा देशमा प्रवेश गर्ने समयसम्मको अवधिलाई ढाकेका छन् ।  यसैले पञ्चपुस्तकलाई बाइबलको एक जगको रुपमा लिइन्छ । किनकि सम्पूर्ण संसारको सृष्टि, मानवको सृष्टि तथा जातीहरुको उत्पत्ति र विकासको बारेमा पञ्चपुस्तकले बताउँदछ । यसैले लेखक डेसिन जे मोक लेख्छन्, “पाँच पुस्तकहरुका शिक्षालाई पहिले नबुझि बाइबलका अन्य भागहरुलाई पूर्ण रुपमा बुझ्न सम्भव नै छैन् ।”

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
शोकमा परेका परिवार तथा मण्डलीहरूलाई कसरी सान्त्वना दिने ?
शोकमा परेका परिवार तथा मण्डलीहरूलाई कसरी सान्त्वना दिने ?
दुई दिने बाइबल अध्ययन सेमीनार सम्पन्न (तस्वीरहरु)
दुई दिने बाइबल अध्ययन सेमीनार सम्पन्न (तस्वीरहरु)
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
गृह मन्त्रालयमा धर्म गुरुहरुको भेला : धार्मिक सद्भाव कायम राख्ने निर्णय
गृह मन्त्रालयमा धर्म गुरुहरुको भेला : धार्मिक सद्भाव कायम राख्ने निर्णय
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर
पन्तियस पिलातस, पुरात्वविद्या र बाइबल
पन्तियस पिलातस, पुरात्वविद्या र बाइबल
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1

छुटाउनुभयो कि ?

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन । इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन । उत्पत्तिको पुस्तकको लेखक को हुन् ? उत्पत्तिको पुस्तकको लेखक को हुन् ? कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल ख्रीष्टियन रिपोर्टर्स क्लबको उद्घाटन :शब्दचित्र (फोटोहरु सहित ) ख्रीष्टियन रिपोर्टर्स क्लबको उद्घाटन :शब्दचित्र (फोटोहरु सहित ) चर्च परिषदले संयुक्त प्रार्थना, छलफल, चिन्तन तथा वहस कार्यक्रम गर्ने चर्च परिषदले संयुक्त प्रार्थना, छलफल, चिन्तन तथा वहस कार्यक्रम गर्ने ख्रीष्टियन पत्रकारहरुको उपत्यका भेला सम्पन्न ख्रीष्टियन पत्रकारहरुको उपत्यका भेला सम्पन्न
होम