single page header banner

राजनीति र धर्म वारे : बीपी विचार

Pramodkhadka Pramodkhadka
शनिबार, पौष 14, 2081
Social buttons loaded
समाचार सारांश
  • राजनीतिमा “धर्म” आवश्यक छ, तर धर्मको आवरणमा “राजनीति” घातक हुन्छ।
  • किनभने: १) राजनीति र धर्मले मानव जीवन, समाज र देशमा एउटै लक्ष्य राख्दैनन् ।

राजनीतिमा “धर्म” आवश्यक छ, तर धर्मको आवरणमा “राजनीति” घातक हुन्छ। किनभने:

१) राजनीति र धर्मले मानव जीवन, समाज र देशमा एउटै लक्ष्य राख्दैनन् ।

२) तथापि राजनीतिमा धर्मको चाहना गर्नु उचित छ, किनभने मानव जीवनका सबै क्षेत्रमा नैतिकता अत्यन्तै कमजोर बनिसकेको अवस्थामा धर्मले मात्रै साँचो नैतिकता, सच्चरित्रता, शान्ति र सेवा तथा लोककल्याणलाई व्यवहारिक तुल्याउनसक्छ।

३) तर धर्ममा राजनीतिक अभिष्टले काम गर्नु अनुचित र अवाञ्छनीय कुरा हो । किनभने राजनीतिले धर्मको तुलनामा छोटो र लौकिक लक्ष्यमा काम गर्छ र आवश्यक परे हिंसात्मक उपाय अङ्गीकार गर्छ। किनभने धर्मको प्राथमिकता शान्ति र स्थायित्व हो, तर राजनीतिको प्राथमिकता क्रान्ति र परिवर्तन हो ।

४) राजनीतिक र धार्मिक क्षेत्रका अगुवाहरू दुवैले तत्काल उपयोगितावादी चरित्र प्रदर्शन गर्छन्, तर उनीहरूले अङ्गीकार गरेको उपाय र लक्ष्य बिल्कुलै फरक हुन्छ। किनभने धर्मले परलोक, अनन्त वा अलौकिक लक्ष्यमा अनुयायीहरूलाई अभिमूख गराउँछ भने राजनीतिले नितान्त भौतिक र लौकिक लक्ष्यमा कार्यकर्ताहरूलाई परिचालन गर्छ।

५) राजनीतिक अभिष्टले धर्मको उपयोग गरियो भने बहुलवादी संरचनाको समाजमा आपसी सद्भाव, सहिष्णुता र शान्ति ध्वस्त बनाउँछ ।

६) धर्ममा पन्थ, प्रचलन र रीतिस्थितिअनुसार फरक रङ्ग हुन्छन्, त्यो कुरा प्रत्यक्षतः धर्मगुरूहरूले धारण गरेको पहिरनबाटै अलगअलग देखापर्छ । तर राजनीतिमा वाद, सिद्धान्त वा मूल्यमान्यताजस्ता परोक्ष रङ्ग हुन्छन् । त्यसकारण धर्मको आवरणमा गरिने राजनीतिले विखण्डन निम्त्याउँछ ।

७) धर्मको आधारमा हुने जनसांख्यिक गणनाका आधारमा तोकिएको बहुसंख्यक पक्षपोषणका लागि गरिने राजनीतिले धार्मिक-साँस्कृतिक राष्ट्रवादको माग अघिसार्छ र त्यो अल्पसंख्यक जाति वा समुदायप्रति अनुदार, अन्यायी र विभेदकारी हुन्छ। त्यस्तै, धार्मिक अल्पसंख्यक पक्षको निम्ति गरिने राजनीति पनि अत्यन्तै संकुचित, पूर्वाग्रही र बेमेल चर्काउनमा उद्दत् हुन्छ।

८) देशमा अल्पसंख्यक, जाति, धार्मिक तथा भाषिक समुदायप्रति कठोर रबैया हुनु आफैंमा दुर्भाग्यपूर्ण कुरो हो । राजनीतिक महत्वाकांक्षा पालेर देशमा अन्धराष्ट्रवाद लाद्ने मानिसहरू र तिनको पक्षपोषण गर्ने रूढीवादी संस्कार बोकेको राज्यसंयन्त्रमा परिवर्तन आवश्यक छ। अबको सचेत र जिम्मेवार नागरिकलाई झुक्याउने दुस्साहस बन्द हुनुपर्छ, होइन भने लोकतन्त्रको नाममा गरिने राजनीति समाप्त हुनेछ ।

९) देशमा अहिले भड्काउन खोजिएको धार्मिक-साँस्कृतिक राष्ट्रवाद आफैंमा अतिराष्ट्रवाद हो । त्यसमा धार्मिक आवरण धारण गरेका तर राजनीतिक अभिष्टले लोभिएका मानिसहरू छन् । त्यसकारण धार्मिक राष्ट्रवादले अल्पसंख्यक धार्मिक समुदायमाथि प्रत्यक्षत: अतिवाद, द्वन्द र आतंक लाद्छ, त्यसकारण त्यो समतामूलक समाज निर्माणको मार्गमा अनिष्टकारी बाधा हो ।

१०) मानव जीवनको उत्पत्ति भएकै समयदेखि हरेक व्यक्ति स्वभावतः पृथक पहिचान निर्माण गर्नमा तल्लीन रहिआएको छ, यसैकारण मानिसले आफूअनुकुल अन्य व्यक्तिहरूसितको आबद्धतामा छुट्टै समुदाय निर्माण गरेको हो । त्यसर्थ “तपाईं” र “म” हाम्रा विचार र व्यवहारमा फरक छौँ। हामीबीचको यही विविधताले सम्पूर्ण मानव समुदायलाई सुन्दर फूलबारी बनाएको छ, हामीले यो विविधताको सम्मान गर्न सिकेनौँ भने सृष्टिको उद्देश्यमाथि नै खेलबाड गरेको ठहर्छ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
समलिंगी विवाह चाहिँदैन, भ्रुणहत्या र लिङ्ग परिवर्तन  गर्न पाइँदैन
समलिंगी विवाह चाहिँदैन, भ्रुणहत्या र लिङ्ग परिवर्तन गर्न पाइँदैन
पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट
पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट
खेलकुद वारे  बाइबलले के भन्छ
खेलकुद वारे बाइबलले के भन्छ
पन्तियस पिलातस, पुरात्वविद्या र बाइबल
पन्तियस पिलातस, पुरात्वविद्या र बाइबल
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि
सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि
नेपाली ख्रीष्टियन इतिहासका युगपुरुष पास्टर कार्थकको निधन
नेपाली ख्रीष्टियन इतिहासका युगपुरुष पास्टर कार्थकको निधन
ख्रीष्टियान वैज्ञानिक जर्ज फ्रान्सिस रेनर को जीवनी
ख्रीष्टियान वैज्ञानिक जर्ज फ्रान्सिस रेनर को जीवनी
येशूको चिहानमा चर्च स्थापना
येशूको चिहानमा चर्च स्थापना
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम