single page header banner

कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने

admin admin
मंगलबार, आश्विन 21, 2079
Social buttons loaded
समाचार सारांश
  •  कीर्तिपुरमा अवस्थित चर्चहरूका बिचमा संगति, प्रेम, भातृत्व र मानव सेवाका लागि स्थापित कीर्तिपुर चर्चेस फेलोशिप (कीर्तिपुर इसाई समुदाय) ले कोभिड १९ को नयाँ भेरियण्टबाट ग्रसित यस क्षेत्रका नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले गत आइतबार स्थानीय सरकारसँग परामर्श गरेको छ ।
  • परामर्शका क्रममा हालको अवस्था र चुनौतीका बारे कुरा गर्दै कीर्तिपुर नगरपालिकाका प्रमुख मेयर रमेशकुमार महर्जनलाई निषेधाज्ञाका कारण बन्द रहेका चर्चहरूलाई आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्न दिन इसाई समुदाय तयार रहेको व्यहोराको पत्र बुझाएको थियो ।

 कीर्तिपुरमा अवस्थित चर्चहरूका बिचमा संगति, प्रेम, भातृत्व र मानव सेवाका लागि स्थापित कीर्तिपुर चर्चेस फेलोशिप (कीर्तिपुर इसाई समुदाय) ले कोभिड १९ को नयाँ भेरियण्टबाट ग्रसित यस क्षेत्रका नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले गत आइतबार स्थानीय सरकारसँग परामर्श गरेको छ ।

परामर्शका क्रममा हालको अवस्था र चुनौतीका बारे कुरा गर्दै कीर्तिपुर नगरपालिकाका प्रमुख मेयर रमेशकुमार महर्जनलाई निषेधाज्ञाका कारण बन्द रहेका चर्चहरूलाई आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्न दिन इसाई समुदाय तयार रहेको व्यहोराको पत्र बुझाएको थियो । जवाफमा मेयर महर्जनले भन्नुभयो “कीर्तिपुरको हकमा त्यो अवस्था आइसकेको छैन तर अवस्था यो भन्दा फरक हुँदै गएमा कुनै पनि उपयुुक्त ठाउँमा आइसोलेसन सेन्टर बनाउन सकिन्छ भन्नु हुँदै त्यसका लागि स्रोत साधन प्रयाप्त हुनुपर्ने कुरा बताउनुभएको थियो । साथै इसाई समुदायको बिषयमा गहिरो चासो व्यक्त गर्दै सकारात्मक सहयोगको अपेक्षा सधैं आफूलाई रहेको भन्दै सबै बिरामीहरूप्रति सहानुभूति प्रकट गर्नुभयो । यसका साथै स्वास्थ्यकर्मीहरूको तालिममा इसाई समुदायको संलग्नताका निम्ति आफूले आग्रह गर्ने बताउनु भयो ।

यता फेलोशिपले आफू भोलेन्टियरका रुपमा काम गर्न तयार रहेको र यस्तो महामारीमा कुनै जाति, लिङ्ग, धर्म, वर्ण नहेरी समग्र मानवको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफू यो महामारीलाई अन्त्य गर्न चासोका साथ लाग्ने बताउँदै आफूसँग भएको स्रोत साधन प्रयोग गरी सेवा गर्न तयार रहेको जनाएको छ । परामर्शका लागि अध्यक्ष पा. सुर्यकुमार श्रेष्ठ, उपाध्यक्ष पा. कृष्णभक्त महर्जन र सचिव रेभ. फादर मोहन शर्मा सहित तीन सदस्यीय टोली नगरपालिका गएको थियो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
चर्च माथिको अतिवादी आक्रमण संविधान र गणतंत्र माथिको आक्रमण हो
चर्च माथिको अतिवादी आक्रमण संविधान र गणतंत्र माथिको आक्रमण हो
सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि
सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
पादरी गंगाप्रसाद प्रधानको महान् योगदानहरू
पादरी गंगाप्रसाद प्रधानको महान् योगदानहरू
जीवनको सन्तुलन: चट्टान, ढुङ्गा र बालुवा
जीवनको सन्तुलन: चट्टान, ढुङ्गा र बालुवा
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम