single page header banner

पवित्र  आत्माको बप्तिस्मा भनेको के हाे ?

Pramodkhadka Pramodkhadka
बिहिबार, फाल्गुन 23, 2080
Social buttons loaded
समाचार सारांश
  •                  पवित्र  आत्माका शक्ति र वरदानहरु आज भोलि पनि  पाइन्छ भन्ने  विचार गर्नेहरु मध्ये कसरि र कहिले यो बरदानहरु पाउन सकिन्छ भन्ने भिन्नाभिन्नै बिचारहरु धेरै बिचारमा प्रेरित१०:४४ मा बर्णन गरिए जस्तै आजकल सबै इसाईहरुले विस्वास गर्ने बेलामा मात्र पवित्र  आत्माको बप्तिस्मा पाउछन् तर हुन सक्छ कि धेरै इसाईहरुको जीवनमा आत्माका यी वरदानहरु धेरै समयपछि गएर मात्र देखा पर्छ ।
  • ”[1] “आशिसमय अनुभव पवित्र  आत्मालाई चिन्ने र उहाँको अचम्मको आशिसमा सहभागी हुने मुख्य कुंजी तथा रहस्य हो ।

                 पवित्र  आत्माका शक्ति र वरदानहरु आज भोलि पनि  पाइन्छ भन्ने  विचार गर्नेहरु मध्ये कसरि र कहिले यो बरदानहरु पाउन सकिन्छ भन्ने भिन्नाभिन्नै बिचारहरु धेरै बिचारमा प्रेरित१०:४४ मा बर्णन गरिए जस्तै आजकल सबै इसाईहरुले विस्वास गर्ने बेलामा मात्र पवित्र  आत्माको बप्तिस्मा पाउछन् तर हुन सक्छ कि धेरै इसाईहरुको जीवनमा आत्माका यी वरदानहरु धेरै समयपछि गएर मात्र देखा पर्छ ।”[1] “आशिसमय अनुभव पवित्र  आत्मालाई चिन्ने र उहाँको अचम्मको आशिसमा सहभागी हुने मुख्य कुंजी तथा रहस्य हो । यो महत्वपूर्ण अनुभव बिना पवित्र  आत्माको सबै उत्तराधिकार तथा गहिराइलाई हामी जान्न सक्दैनौ यो पवित्र  आत्माको बप्तिस्मा नै हो जसले वास्तवमा हाम्रा आत्मिक चेतनालाई सजग तुल्याएर हामीलाई आत्मिक ब्यक्तिमा परिणत गर्दछ। यसै अनुभव द्वारा हामीलाई आत्मामा हिड्न शक्ति दिनुहुन्छ र हामीभित्र वास गर्न आउनुहुन्छ।”[2] “पवित्र  आत्माको बप्तिस्मा परमेश्वरसित हुने दोश्रो भेटघाट हो। (पहिलो चाहि ख्रिस्टलाई मुक्तिदाता भनेर ग्रहण गर्नु) जसमा एउटा इसाईले पवित्र  आत्माको अलौकिक शक्ति आफ्नो जीवन  मा पाउना थाल्छ येशूले यो शक्तिको प्रतिज्ञा आफ्ना चेलाहरुलाई गर्नु भएको छ तर पवित्र  आत्मा तिमीहरुमा आउनु भएपछि तिमीहरुले शक्ति पाउने छौ र तिमीहरु यरुसलेममा, सारा यहुदियामा, समरियामा र पृथ्वीको अन्तिमछेउ सम्म मेरा साक्षी हुने छौ (प्रेरित१:८) ।”[3] पवित्र  आत्माको बप्तिस्माको बिषयमा यूहन्ना बप्तिस्मा दिनेले पनि भविष्यवाणी गरेका थिए। यूहन्ना बप्तिस्मा दिनेलाई पनि यस सुचिमा सामेल गर्नु जरूरी छ किनकि उनि साचो रुपमा अझै पुरानो करारको विधानमा बाचिरहेका थिए ।”[4] यो अलौकिक छापलाई ख्रिस्टले मात्र दिन सक्नुहुन्छ । विभिन्न मानिसहरुले पानीले पनि बप्तिस्मा दिए तर यूहन्ना भन्छन “पवित्र  आत्माले बप्तिस्मा दिनु हुने यहाँ नै हुनुहुन्छ।”[5] “पवित्र  आत्माको बप्तिस्माको सम्बन्धमा अर्को पद हामी प्रेरितको पुस्तक११:१६ मा पाउछौ। प्रभुका प्रेरित पत्रुसले एउटा दर्शनमा कर्नेलियसको घरमा गइ तिनलाई जो गैर यहुदी थिए । सुसमाचार प्रचार गर्ने आदेस पाई पत्रुस आज्ञाकारी भए ।”[6] त्यसैले भन्न सक्छौ प्रभुबाट दर्शन पाएका छौ प्रभुले आज्ञा गर्नु भएको ठाउमा पत्रुस झैँ सुसमाचार प्रचारमा आज्ञाकारी भइ हिड्नुपर्छ किनभने यो पवित्र  आत्माको बप्तिस्मा भए  मात्र सम्भव छ। “पवित्र  आत्माको बप्तिस्माको सम्बन्धमा नयाँ नियमको अन्तिम पद हामी १ कोरिन्थी १२:१३ मा पाउछौ ।हामि सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौ ।” अनि यस पदबाट हामीले पवित्र आत्माको बप्तिस्माको अर्थ बुझ्न पाउछौ ।[7]  त्यसैले भन्न सक्छौ पवित्र  आत्माद्वारा बप्तिस्मा भएका र एकै शरीरका र आत्माद्वारा एक भएका छौ त्यसकारण पवित्र  आत्माद्वारा बप्तिस्मा भएको कुरा पवित्र धर्मशास्त्रले स्पष्ट बताउछ ।      


[1]  Devid C. cook, Shastraka Bishayaharu (Kathmandu: Saamdaan Prakaashan,2010) 89.

[2] Brain J. Bailey, Pabitra Aatmaa (Kathmandu: Zion Christian Publisher,207) 74.

[3] Don Waasham,Pabitra Aatmaako Baptisma (Kathmandu: Good News,2000) 9.

[4] Gwen R. Shaw Mathibaatako Saamarthya (Kathmandu: Good News Publisher, 1987) 47.

[5] Derek Prins, Pabitra Aatmaama Baptisma (Kathmandu: Good News Pablisher, 2003) 17.

[6] Silaas C. Nyaar, Pabitra aatma Ko hunuhunchha (Bhaarat: Jivan Marga Prakashan,1991) 18.

[7] “what is the human spirit” on Got Questions, https://www.gotquestion.org/human_spirit.html (Access sept 12,2023).

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
विश्वास र विश्वासी : बाइबलिय अर्थ
विश्वास र विश्वासी : बाइबलिय अर्थ
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर
येशु ख्रीष्ट को हुनुहुन्छ ?
येशु ख्रीष्ट को हुनुहुन्छ ?
संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
पास्टर सागर बैजु
पास्टर सागर बैजु
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम