समाजसेवी लक्ष्मण गुभाजू सम्मानित
- युवा नेता एवं समाजसेवी लक्ष्मण गुभाजू `राष्ट्रिय सामाजिक अभियन्ता सम्मान २०८०´ बाट सम्मानित हुनुभएको छ ।
- वहाँ कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ बाट सम्मानित हुनुभएको हो ।
युवा नेता एवं समाजसेवी लक्ष्मण गुभाजू `राष्ट्रिय सामाजिक अभियन्ता सम्मान २०८०´ बाट सम्मानित हुनुभएको छ । वहाँ कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ बाट सम्मानित हुनुभएको हो । विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बरिस्ठ कलाकार मदनदास श्रेष्ठ, बिबिसीको बिश्वको शक्तिशाली १०० महीलामा पर्न सफल सपना रोक्का मगर, पुर्ब एआईजी धिरू बस्नेतलाइ संयुक्तरुपमा राष्ट्र सेवा सम्मान २०७९ बाट सम्मानित गरियको हो ।


को हुन् सम्मानित लक्ष्मण गुभाजू
दोलखा जिल्ला, तत्कालिन श्यामा गाविस वडा नं ६ हाल जिरी नपा वडा नं १ रावु मा विक्रम संवत २०४५ असार २४ गते जन्मिनु भएका लक्ष्मण गुभाजू, रतिराम गुभाजु र भीमकुमारी गुभाजुका माहिला छोरा हुन्। राजनीति र समाजसेवामा समेत रुची राख्ने गुभाजूका प्रतिभा पुञ्ज (दोलखाली व्यक्तित्वहरूको सङ्ग्रह), कोल्टे फेर्दा फेर्दै (कवितासंग्रह) कृति प्रकाशित भइसकेका छन् भने चम्किलो तारा (उपन्यास) प्रकाशोन्मुख रहेको पाइन्छ वहाँ बौद्धिक र सिर्जनशील व्यक्तित्व हुनुहुन्छ । लक्ष्मण गुभाजू नियमित र निरन्तर रूपमा रचनाकर्ममा तल्लीन भइरहने जाँगरिलो अनि उत्साही स्वभाव भएका साहित्यकारको रूपमा समेत चिनिनुहुन्छ । वहाँ विकृति र विसङ्गतिका पक्षमाथि ठाडो औला उठाउने र प्रश्न गर्ने अनि सामाजिक सुधारको आकाङ्क्षा राख्ने प्रगतिशील जीवनदृष्टि भएका सामाजिक अभियन्ता हुनुहुन्छ ।

वहाँ बौद्धिक र सिर्जनशील व्यक्तित्व हुनुहुन्छ । लक्ष्मण गुभाजू नियमित र निरन्तर रूपमा रचनाकर्ममा तल्लीन भइरहने जाँगरिलो अनि उत्साही स्वभाव भएका साहित्यकारको रूपमा समेत चिनिनुहुन्छ । वहाँ विकृति र विसङ्गतिका पक्षमाथि ठाडो औला उठाउने र प्रश्न गर्ने अनि सामाजिक सुधारको आकाङ्क्षा राख्ने प्रगतिशील जीवनदृष्टि भएका सामाजिक अभियन्ता हुनुहुन्छ ।
जुन मानिस परमेश्वरमा अटूट श्रद्धा राखेर मानवको सेवामा लागिरहन्छ उ कहिल्यै वृद्ध हुदैन भन्ने संकल्प लिएर समाज सेवामा लामो समय देखि होम्मिनुभएका का लक्ष्मण गुभाजू साहित्यकार, पत्रकार, सफल युवा व्यवसायी र राजनीतिक नेता समेत हुनुहुन्छ भने वहांको श्रीमती विपना श्रेष्ठ विगुल फाउण्डेशन नेपालको अध्यक्ष हुनुहन्छ । गुभाजू दम्पतीले विगुल फाउण्डेशन नेपाल मार्फत विभिन्न स्कुल र कलेजहरुमा गरिब, अशाहे र अनाथहरुलाई मध्यनजर गरि आर्थिक अभावले पढ्न नसक्नेहरुले पनि पढ्न पाउनुपर्छ भन्ने उद्देशेले शैक्षिक अक्षकोष खडा गर्दै आउनुभएको छ । स्वास्थ्य उपचार गर्न नसक्नेहरुलाई निशुल्क स्वास्थ्य र विभिन्न औषधि सामग्रीहरु निःशुल्क बितरण गराउदै आउनुभएको र लाउन नपाउने गरिव असाहे, निमुखाहरुलाई लत्ताकपडा किनेर दिनुभएको छ । वहाँ नेकपा एमाले दोलखाका उदियमान युवा नेता तथा बागमती प्रदेश सदस्य हुनुहुन्छ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
जि.एफ.एन.द्वारा अति खाँचोमा परेका ६० घरपरिवारलाई खाद्यान्न वितरण
नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया
सामाजिक एकता पार्टीको स्थाई समिति वैठक सम्पन्न
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
मिसनरी ग्राहम स्टेन्स र उनका परिवार ख्रीष्टको लागि शहीद भए
मुक्ति : बाइबलिय अर्थ







