NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)
- बेथ-शालोम चर्च, पुतलीसडक, काठमाण्डौमा आयोजित “LGBTQIA+ सम्बन्धी सचेतना कार्यक्रम” करिव १०० जना पास्टर अगुवाहरुको सहभागितामा सम्पन्न भएकाे छ ।
- विभिन्न सम्प्रदाय, सञ्जाल, आन्दोलन, पार्टीहरू र सञ्चारक्षेत्र वाट सहभागी प्रतिनिधिहरुले यस महत्वपूर्ण र गम्भीर नैतिक मुद्दामा साझा समझदारी बनाउनु पर्ने कुरामा जाेड दिएका छन ।
बेथ-शालोम चर्च, पुतलीसडक, काठमाण्डौमा आयोजित “LGBTQIA+ सम्बन्धी सचेतना कार्यक्रम” करिव १०० जना पास्टर अगुवाहरुको सहभागितामा सम्पन्न भएकाे छ । विभिन्न सम्प्रदाय, सञ्जाल, आन्दोलन, पार्टीहरू र सञ्चारक्षेत्र वाट सहभागी प्रतिनिधिहरुले यस महत्वपूर्ण र गम्भीर नैतिक मुद्दामा साझा समझदारी बनाउनु पर्ने कुरामा जाेड दिएका छन ।



एनसीएफएनका मासचिव शेर एसीले सञ्चालन गर्नुभएकाे कार्यक्रमको प्रारम्भमै वहाँले एजेन्डाको वास्तविकता र गम्भीरतालाई स्पस्ट पार्नुभयो, त्यसपछि एनआईएम ललितपुरका पास्टर घनश्याम दाहालले सुरुवाति प्रार्थनाको नेतृत्व गर्नुभयो, लगत्तै एनसीएफएन अध्यक्ष हनोक तमाङ्गले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । सहभागी तथा वक्ताहरुलाइ स्वागत गर्दै वहाँले समलिङ्गी विवाह र LGBTQIA सम्बन्धी धेरै कार्यक्रम र प्रेस विज्ञप्ति आए पनि NCFN र NCS द्वारा आैपचारिक रुपमा यस विषयमा सार्वजनिक रूपमा सम्बोधन गरेको यो पहिलो पटक भएको टिप्पणी गर्नुभयो । त्यसपछि NCS का अध्यक्ष ओमप्रकाश सुब्बाले नैतिक मुद्दामा संक्षिप्त टिप्पणी गर्नुभयो, २०१० मा पनि आफुहरुले यस मुद्दामा समुदाय र सरोकारवालाहरुको ध्यानआकर्षण गरेको स्मरण गर्दै अध्यक्ष सुव्वाले आफुहरु यस मुद्दामा गम्भिर रहेको र सिंगो समुदाय नै गम्भिर हुनुपर्ने वताउनुभयो ।


त्यस्तै कार्यक्रमका मुख्य वक्ता डा केवि रोकायाले समलैंगिकता विषयको विश्वव्यापि अवस्था, यसको विगत वर्तमान र भविष्य र यसको नेपली सन्दर्भलाइ प्रश्ट पार्दै यो विषयमा मण्डलीहरु वेलैमा सचेत र जागरक हुनु पर्ने वताउनुभयो । कार्यक्रमलाइ रोमन क्याथोलीक चर्चका फादर र हिन्दु धर्मका अगुवालेपनि सम्वोधन गर्नुभएको थियो । अन्तमा विशप गोपाल खड्काले प्रार्थना गरेर कार्यक्रम समापन गर्नुभयो ।



प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
एनसिएस एउटा गलैंचा हो, जहाँ सबै जना बसेर संगति गर्न सक्छन्
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
मैले बिर्सन नहुने एक व्यक्ति `स्व. प्रेम दयाल प्रधान´
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
जीवनभरकोे लागि विवाह : दिक्षान्त समाराेह सम्पन्न (तस्बिरहरु सहित)







