single page header banner

३ महीने आधारभुत साइट सिङ्गिङ्ग र स्टाफ नाेटेसन काेर्स तालीम सम्पन्न

Pramodkhadka Pramodkhadka
मंगलबार, मंसिर 13, 2081
Social buttons loaded
समाचार सारांश
  • ख्रीष्टियन भजन क्वायर द्वारा सञ्चालीत ३ महीने आधारभुत साइट सिङ्गिङ्ग र स्टाफ नाेटेसन काेर्स तालीम समापन भएकाे छ ।
  • विगत १२ वर्ष देखि सञ्चालन हुँदै आएकाे तालीममा यस वर्ष जनवरी महीना वाट सुरु भएकाे र मे महीना वाट सुरु भएकाे दुवै व्याचका गरि जम्मा ८० जना विधार्थीहरु दिक्षान्तीत भएका छन ।

ख्रीष्टियन भजन क्वायर द्वारा सञ्चालीत ३ महीने आधारभुत साइट सिङ्गिङ्ग र स्टाफ नाेटेसन काेर्स तालीम समापन भएकाे छ । विगत १२ वर्ष देखि सञ्चालन हुँदै आएकाे तालीममा यस वर्ष जनवरी महीना वाट सुरु भएकाे र मे महीना वाट सुरु भएकाे दुवै व्याचका गरि जम्मा ८० जना विधार्थीहरु दिक्षान्तीत भएका छन । दिक्षान्तीत विधार्थीहरु र विभिन्न मण्डलीहरु वाट उपस्थित करिव २०० सहभागिहरुका बिच गत शनिवार १० अगस्टका दिन ललीतपुर स्थित विश्राम चर्चमा उक्त दिक्षान्त कार्यक्रम सम्पन्न भएकाे हाे । विशप गाेपाल क्षेत्रीले सुरुकाे प्रार्थना गरेपछी कार्यक्रम अैापचारीक रुपमा सुरु भएकाे थियाे लगत्तै विधार्थीहरुले केही भजन गाएका थिए र वरिष्ठ भजन गितकार तथा अगुवा स्व.नागेन्द्र प्रधानकि श्रीमती कमलेश्वरी प्रधानले सम्पुर्ण दिक्षान्तित विधार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नु भएकाे थियाे ।

साउदर्न व्याप्टिस्ट कन्भेन्सन अमेरीकाका पास्टर युजिनले पर्मेश्वरकाे वचन वाट सिकाउनुभएकाे थियाे । वचन वाट सिकाउंदै वहांले भन्नुभयाे ” जब तपाइंहरुले परमेश्वरकाे प्रशंशामा अगुवाइ गर्नुहुन्छ परमेश्वर त्यसमा विराजमान हुनुहुन्छ त्यसकारण जब आराधना र प्रशंशामा अगुवाइ गर्नुहुन्छ त्यसवेला अरु सवै विर्सनुहाेस । मात्रै वहाँकाे निम्ति गाउनुहाेस । यहि एउटै कुराले वहांकाे आराधनालाइ फरक पार्छ । तपाईं स्टेजमा प्रस्तुती गर्न जाने हैन तर तपाईं आफ्नाे हृदयमा मात्र नभएर प्रत्येक विश्वासीकाे हृदयमा परमेश्वरलाइ विराजमान गराउन अगुवाइ गर्दै हुनुहुन्छ याे कुरा ख्याल राख्नुहाेस ।”

दिक्षान्तित विधार्थिहरुकाे तर्फ वाट आफ्नाे अनुभव वांड्ने क्रममा अनन्त शालाेम मण्डलीवाट तालीममा सहभागी हुनुभएका इमानुएल तामाङ्गले विभिन्न मण्डलीहरुमा गाइने भजनहरुलाइ एकरुप र उत्तम वनाउन यश तालीमले ठुलाे याेगदान गरेकाे भन्दै तालीमकाे अवसरका लागि धन्यवाद व्यक्त गर्नुभयाे । त्यस्तै क्रसवे कम्युनिटि चर्चवाट तालीममा सहभागी प्रणिता राईले चर्चमा गाइने प्रत्येक गित र भजन हरुलाइ सामान्य रुपमा लिने र जस्ताे आउँछ त्यस्ताे गाउने नभइ परमेश्वरकाे लागि सवैभन्दा उत्तम गाउनुपर्छ र त्यसकाे लागि उचित अभ्यास र तालिम आवश्यक भएकाे भन्दै तालीमकाे अवसर प्रदान गर्ने ख्रिष्टिय भजन समूह र विश्राम मिनिस्ट्रिज लाई धन्यवाद व्यक्त गर्नुभयाे ।

विधार्थीहरुका लागि समर्पणकाे प्रार्थना पास्टर दिपक रुचालले गर्नुभएकाे थियाे । र अन्तिममा विश्राम मिनिस्ट्रिजकी डाइरेक्टर आशाङला भट्टराइले धन्यवाद ज्ञापन गर्नुभयाे । डाइरेक्टर भट्टराइले भन्नुभयाे “धेरै प्रार्थना र प्रयास पश्चात् याे दिक्षान्त समाराेह सफल भएकाे छ । परमेश्वरलाइ धन्यवाद भएकाे हाेस र यसलाइ सफल वनाउन प्रार्थना गर्ने र उपस्थित हुने र सहायता गर्ने सम्पुर्ण अगुवा तथा विश्वासी जनहरुलाइ धन्यवाद दिन्छु । ” धन्यवाद दिदै वहांले विधार्थीहरुलाइ तालीममा जे सिक्नुभएकाे छ त्यसलाइ मण्डलीमा लान र कसरी सवैभन्दा उत्तम धुन निकाल्ने र गाउने भनेर साेच्न, प्रयास गर्न र जे जस्ताे आउँछ त्यस्ताे नगाउन तर अभ्यास र तालीममा सहभागी हुन आग्रह गर्नुभयाे । पास्टर जेम्स राइले अन्तिम प्रार्थना गरे पछी कार्यक्रम समापन भएकाे थियाे ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम