single page header banner

परिवार, समाज र समलैंगिकताको संकष्ट (भिडियो सहित)

Pramodkhadka Pramodkhadka
सोमबार, पौष 2, 2081
Social buttons loaded
समाचार सारांश
  • विदुर अधिकारी समलैंगिकता अभियानका रूपमा बढ्नु र यस्तो सम्बन्धलाई कानूनी मान्यता दिनु परिवार समाज राष्ट्र र मानव सभ्यताकै अस्तित्वमाथि संकष्टको संकेत हो ।
  • यसै प्रसंगमा, यही अप्रिल ५ तारिखमा रिपोर्टर्स क्लब नेपालको सभाकक्षमा “समलिंगी विवाह- सामाजिक अभ्यास, धार्मिक मूल्यमान्यता तथा कानुनी प्रावधान विषयक विचार गोष्ठी” (Symposium on Social, Legal and Religious Perspectives on Same Sex Marriage) कार्यक्रम आयोजना गरिएको थियो ।

विदुर अधिकारी

समलैंगिकता अभियानका रूपमा बढ्नु र यस्तो सम्बन्धलाई कानूनी मान्यता दिनु परिवार समाज राष्ट्र र मानव सभ्यताकै अस्तित्वमाथि संकष्टको संकेत हो ।

यसै प्रसंगमा, यही अप्रिल ५ तारिखमा रिपोर्टर्स क्लब नेपालको सभाकक्षमा “समलिंगी विवाह- सामाजिक अभ्यास, धार्मिक मूल्यमान्यता तथा कानुनी प्रावधान विषयक विचार गोष्ठी” (Symposium on Social, Legal and Religious Perspectives on Same Sex Marriage) कार्यक्रम आयोजना गरिएको थियो । नागरिक सरोकार नेपालको तर्फबाट मिडिया एडभोकेट विदुर अधिकारीले संयोजन गरेको उक्त कार्यक्रममा विभिन्न प्रमुख धर्मका धर्मगुरूहरू, अधिवक्ता, अभियन्ता, समाजशास्त्री र बालअधिकारकर्मी, सञ्चारकर्मीहरूले आफ्नो धारणा राख्नुभएको थियो भने पर्यवेक्षक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । वक्ता डा के.बी. रोकायाले कार्यक्रम स्थलमै समेत बताउनुभएअनुसार त्यो कार्यक्रम यस गम्भीर मुद्दामा आयोजना गरिएको पहिलो सार्वजनिक कार्यक्रम थियो जसको प्रत्यक्ष प्रसारण रिपोर्टर्स क्लबले गरेको थियो भने अन्य दर्जनौँ मिडियाहरूले पनि समाचार प्रकाशन प्रसारण गरेका थिए ।

धर्मगुरूको तर्फबाट ईसाई धर्मगुरू तथा समाजसेवी रेभ. डा. सुन्दर बाहादुर थापाले ईसाई मतको जग पवित्रशास्त्र बाइबलबाट उद्दधरण गर्नुहुँदै समलिंगी सम्बन्ध अप्राकृतिक, पापमय र दण्डनीय रहेको स्पष्ट पार्नुभयो भने, इश्लाम धर्मका प्रतिनिधि अजिजुल्ला अन्सारीले पनि धर्मशास्त्र कुरान अनुसार यो पापमय र मृत्युदण्डको योग्य रहेको विचार राख्नुभएको थियो । हिन्दू धर्मगुरू दामोदर गतम र बुद्धिस्ट धर्मगुरू भिक्षु महास्थविरले पनि समलिंगी सम्बन्धलाई विवाहको मान्यता दिन सकिने कुनै नैतिक र धार्मिक अधार नभएको प्रष्ट पार्नुभएको थियो । मानवअधिकार आयोगका पूर्वसदस्य डा के.बी रोकायाले राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशको चर्चा गर्दै नेपाललाई समलिंगीहरूको केन्द्र बनाएर हाम्रो राष्ट्र र मानव समाज सभ्यता नै विकृत, नष्ट गर्ने षडयन्त्रप्रति सचेत रहन चेताउनी दिनुभएको थियो । अधिवक्ता प्रकाश नेपालीले समलिंगी विवाहको लागि कुनै कानूनी आधार नरहेको बताउँदै अन्तर्राष्ट्रिय परिवेशमा पनि यस्तो सम्बन्धलाई विवाहको मान्यता नरहेको बताउनुभयो । समाजशास्त्री तथा बालअधिकारकर्मी डा. जोमेश वडले किशोरावस्था रोक्ने औषधीको प्रयोगले बालबालिकामा गम्भीर मानसिक तथा शारीरिक समस्या सृजना गर्ने बताउनुहुँदै समलिंगी सम्बन्धलाई विवाहको मान्यता दिन नहुने बताउनुभएको थियो ।

समलिंगी सम्बन्ध पुनरूत्पादनहीन मात्रै होइन, तर अस्वाभाविक, विकृत, पापमय, विनाश र मृत्युको कारक समेत हो ।

अब म यहाँ केही थप टिप्पणी राख्न चाहन्छुः समलिंगी सम्बन्ध पुनरूत्पादनहीन मात्रै होइन, तर अस्वाभाविक, विकृत, पापमय, विनाश र मृत्युको कारक समेत हो ।

कुनै दुई व्यक्तिको बिचमा मायाप्रेम, विशेष भावना जाग्यो भन्दैमा त्यो वैधानिक नै हुन्छ, सही हुन्छ भन्ने जरूरी छैन । वास्तवमा कुनै पनि सभ्यता, राष्ट्र, समुदाय र समाजको निर्माणकारी एकाइ परिवार हो, भने परिवारको निर्माण एक स्त्री र एक पुरूषबिचको जीवनपर्यन्त विश्वासयोग्य र प्रतिबद्दध मिलनबाट हुन्छ । त्यस्तो सम्बन्धबाट मात्रै स्वाभाविक रूपमा सन्तान जन्मन्छन्, वंश वा पुस्तापछि पुस्ता कायम रहन्छन् ।

कुनै पनि प्रकारको एक स्त्री र एक पुरूषबिच वैवाहिक जीवनभित्रको सम्बन्ध बाहेक अरू कुनै पनि शारीरिक सम्बन्ध पापयम छ, अनैतिक छ । त्यो दुराचारमा पर्छ । समलिंगी सम्बन्ध पनि त्यस्तै दुराचारहरूमध्ये एक हो । यो ईश्वरको मौलिक योजना, शुद्ध विवेक, नैतिक चेतना, प्राणीको प्राकृतिक र चरित्र अनि सबै मानव समुदायको इतिहास हेर्दा समेत स्वाभाविक मानवीय सम्बन्धको विश्वव्यापी अभ्यास विपरीत छ ।

विवाहमा स्थायित्व, विश्वासयोग्यता र सन्तान उत्पादन जस्ता पक्षहरू स्वाभाविक रूपमा जोडिएका हुन्छन्, यो विवाहको सरल, सफा, विश्वव्यापी बुझाइ पनि हो । यस कोणबाट हेर्दा, समलिंगी विवाह न त विवाह हो, न त धार्मिक सामाजिक रूपमा स्वीकार्य छ, न त यो उपयोगी वा उत्पादनशील नै हुन्छ । बरू यसले यस्तो अनैतिक, पापमय सम्बन्ध अभ्यास गर्ने गराउने, मान्यता दिने समुदाय र समग्र राष्ट्रमाथि नै ईश्वरीय क्रोध र दण्ड ल्याउँछ । जसको असर अन्य मानिसहरूमाथि समेत पर्नेछ ।

यस्तो प्रकारको सम्बन्ध अप्राकृति, अनुत्पादक, पापमय, ईश्वरीय दण्डको योग्य, र मानव सभ्यताको लागि घातक छ । हामी व्यक्तिलाई माया प्रेम सम्मान गर्छौं, सबैको भलो र हित नै चाहन्छौं । तर कसैका गलत, अनैतिक वा अर्थहीन विचारधारा, आचरण वा मागलाई समर्थन गर्न सक्दैनौं । बरू कसैले गलत विचार र माग लिएको छ भने, त्यो गलत छ भनी देखाइदिनुचाहिँ साँचो प्रेम हो, भन्ने हाम्रो बुझाइ रहेको कारण, समलिंगी विवाहलाई सामाजिक तथा कानुनी मान्यता दिइनु हुँदैन । अब यस मामिलमा सम्पूर्ण धार्मिक समुदाय, समाजका सबै तह र तप्का, घरपरिवार वंशको निरन्तरता चाहने प्रत्येक व्यक्ति र परिवार सचेत, जागरूक, र अनैतिकतलाई कानूनी मान्यता दिने षड्यन्त्रको विरूदधमा आवश्यक परे अभियानमै जोडिएर राज्य सरकार र सम्बन्धित पक्षहरूलाई खबरदारी गर्नुपर्छ । यसका लागि तयार र सचेत रहन सबैमा हार्दिक अनुरोध गर्दछु ।

(विदुर अधिकारी समाजिक अभियन्ता, विश्लेषक साथै भर्खरै एकिकृत र गठित दल आमूल परिवर्तन नागरिक पार्टीका उपमहासचिव समेत हुनुहुन्छ ।)

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
दुई दिने बाइबल अध्ययन सेमीनार सम्पन्न (तस्वीरहरु)
दुई दिने बाइबल अध्ययन सेमीनार सम्पन्न (तस्वीरहरु)
प्रेम दयाल प्रधान एक रणनीतिक व्यक्तित्व
प्रेम दयाल प्रधान एक रणनीतिक व्यक्तित्व
आधुनिक विज्ञानको उदयमा बाइबलको  प्रभाव
आधुनिक विज्ञानको उदयमा बाइबलको प्रभाव
चेलापन भनेको के  हो ?
चेलापन भनेको के हो ?
जि.एफ.एन.द्वारा अति खाँचोमा परेका ६० घरपरिवारलाई खाद्यान्न वितरण
जि.एफ.एन.द्वारा अति खाँचोमा परेका ६० घरपरिवारलाई खाद्यान्न वितरण
आनन्दित एज्रा अगुवापन तालीम सम्पन्न, १७ जना अगुवाहरु दिक्षान्तित
आनन्दित एज्रा अगुवापन तालीम सम्पन्न, १७ जना अगुवाहरु दिक्षान्तित
नेपाली इसाई समाजका बरिष्ठ पास्टर स्व. रोबर्ट कार्थकको जीवनबाट सिक्नै पर्ने कुराहरू
नेपाली इसाई समाजका बरिष्ठ पास्टर स्व. रोबर्ट कार्थकको जीवनबाट सिक्नै पर्ने कुराहरू
गृह मन्त्रालयमा धर्म गुरुहरुको भेला : धार्मिक सद्भाव कायम राख्ने निर्णय
गृह मन्त्रालयमा धर्म गुरुहरुको भेला : धार्मिक सद्भाव कायम राख्ने निर्णय
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम