single page header banner

प्रार्थना : पितासँगको घनिष्ठ सम्बन्ध र हाम्रो आत्मिकी अधिकार

admin_news admin_news
बुधबार, आश्विन 24, 2083
Social buttons loaded
समाचार सारांश
  • मुकेश तामांग, निर्देशक , डुनामिस सेवाको विद्यालय जयमसिह पाठकवृन्द !
  • के तपाईहरु आजको यस आत्मिकी पाठका लागि तयार हुनुहुन्छ ?
  • मुकेश तामांग, निर्देशक , डुनामिस सेवाको विद्यालय

जयमसिह पाठकवृन्द !

के तपाईहरु आजको यस आत्मिकी पाठका लागि तयार हुनुहुन्छ ? प्रभुले तपाईलाई यस लेखहरुको शृंखला मार्फत प्रार्थनाको गहिराइमा डोर्‍याउनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु । प्रार्थना एक साधारण प्रक्रिया मात्र नभई यो हाम्रो आत्मिकी जीवनको एक अत्यावश्यक हिस्सा हो । यदि हामीले प्रार्थनाको मर्मलाई बुझ्न सकेनौँ भने, हाम्रा प्रार्थनाहरू प्रभावकारी हुन सक्दैनन् । तसर्थ, प्रार्थना जति हामीले गहिरो गरी बुझ्छौं, हाम्रो जीवन र सेवामा त्यति नै सामर्थ्य थपिँदै जान्छ ।

आजको यस लेखमा हामी प्रार्थनाको अर्थ र आत्मिकी युद्धमा प्रार्थनाको भूमिकाबारे चर्चा गर्नेछौं ।

सुरुवाती प्रार्थना

“हे प्रभु, हामी तपाईंको नाउँलाई उच्च बनाउँछौं र तपाईंको महिमा गर्दछौं । तपाईंले हामीलाई जे सिकाउनुभएको छ, हामी त्यही नै हौँ । तपाईंको सामर्थ्यलाई हामी घोषणा गर्दछौं । प्रभु, यो समय हामी एकमत हुन्छौं कि तपाईंले हाम्रो हृदयमा प्रार्थनाको आत्मा हालिदिनुहोस् । प्रार्थना के हो र यसको महत्व के छ, यो बुझ्न हामीलाई सहायता गर्नुहोस् । जो-जतिले अनलाइन मार्फत यो लेख पढ़नुहुनेछ उहाँहरूको हृदय र कान खोल्नुहोस् ताकि तपाईंको वचनलाई उहाँहरूले गहिरो गरी बुझ्न सक्नुभएको होस् । हाम्रा हृदयका आँखाहरूलाई उज्यालो बनाउनुहोस् ताकि तपाईंले आज हामीलाई दिनुभएको शिक्षालाई हामी ग्रहण गर्न, समात्न र तपाईंको महिमाको निम्ति प्रयोग गर्न सकौँ । येशूको नाउँमा, आमेन ! हालेलुया !”

प्रार्थनाको अर्थ र तरिका (All Manner of Prayer)

हामी एफिसी ६:१०-१९ को खण्डलाई आधार बनाएर प्रार्थनाको दोस्रो भाग अध्ययन गर्दैछौं । प्रार्थना भनेको के हो ? धेरैजनाको बुझाइमा ‘आँखा चिम्लिनु, हात उचाल्नु, घुँडा टेक्नु वा चर्को स्वरमा कराउनु’ नै प्रार्थना हो । यद्यपि, यी प्रार्थना गर्ने विधिहरू मात्र हुन्, प्रार्थनाको मुख्य अर्थ भने यीभन्दा निकै माथि छ ।

हामी यसलाई ‘विश्वासको प्रणाली’ भन्छौं । तपाईं जे विश्वास गर्नुहुन्छ, तपाईंको शब्द र प्रार्थनामा त्यही कुरा झल्किन्छ । नयाँ करारमा प्रार्थनालाई १२० पटकभन्दा बढी प्रयोग गरिएको छ, जसलाई ग्रीक भाषामा ‘प्रोसिउके’ (Proseuche) भनिन्छ । यसको वास्तविक अर्थ हो: पिताको आमनेसामने उभिएर घनिष्ठताका साथ कुराकानी गर्नु । तपाईं पिताको सामुन्ने उभिएर उहाँसँगको घनिष्ठ सम्बन्धमा आफ्ना कुराहरू राख्दै हुनुहुन्छ र उहाँको आवाज सुन्दै हुनुहुन्छ : यही नै प्रार्थनाको मर्म हो ।

परमेश्वरसँगको घनिष्ठ सम्बन्ध र प्रार्थनाको अधिकार

प्रार्थना भनेको कुनै धार्मिक कर्मकाण्ड नभई, ‘अब्बा पिता’ सँगको आत्मीय कुराकानी हो । येशूले हामीलाई पितालाई सम्बोधन गरेर प्रार्थना गर्न किन सिकाउनुभयो? यसको पछाडि गहिरो रहस्य छ । जसरी यो संसारमा एउटा बच्चा जन्मिएपछि मात्र स्वाभाविक रूपमा त्यस परिवारको सदस्य बन्छ र आमाबाबुसँगको नाता गाँसिन्छ, त्यसरी नै जब हामीले ख्रीष्टमा विश्वास गर्दछौं, हामीले नयाँ जन्म (new birth) प्राप्त गर्दछौं । यो आत्मिकी नयाँ जन्मले नै हामीलाई परमेश्वरको परिवारको वास्तविक सन्तान बनाएको हो ।

तसर्थ, हाम्रो प्रार्थना धर्मको कठोर नियम पालन गर्ने काम होइन, बरु यो त ‘अब्बा पिता’ सँगको घनिष्ठ कुराकानी हो, जहाँ हामी उहाँको अगाडि दासको रूपमा होइन, तर उहाँको सन्तानको स्थानबाट बोल्दछौँ । बाइबललाई नियाल्दा, नयाँ करारमा मात्र ‘प्रोसिउके’ (Proseuche) शब्द १२0 पटकभन्दा बढी दोहोरिएको छ, जसले हाम्रो पितासँगको यही अविछिन्न र घनिष्ठ नातालाई पुष्टि गर्छ ।

पुरानो करारमा प्रार्थनाको निम्ति पुजारीको मध्यस्थता आवश्यक पर्थ्यो । तर, नयाँ करारमा येशू ख्रीष्ट नै हाम्रो प्रधान पुजारी हुनुहुन्छ । उहाँको बलिदानपछि अब हामी बाहिरी भौतिक मन्दिरमा होइन, स्वयं पवित्र आत्माको मन्दिरका रूपमा जिउँछौं । येशू ख्रीष्ट हाम्रो भित्र बास गर्नुहुन्छ, त्यसैले हाम्रो यो शरीर नै ‘प्रार्थनाको घर’ हो ।

मेरो प्रार्थना अब कुनै भौतिक यात्रा गरेर स्वर्ग पुग्नुपर्दैन; परमेश्वरले मेरो प्रार्थना मभित्र हुनुभएको ख्रीष्टद्वारा सुन्नुहुन्छ । येशूले नै भन्नुभयो, “मेरो नाउँमा पितासँग प्रार्थना गर ।” जसरी फुटबल खेल्न ग्राउन्ड र बास्केटबल खेल्न कोर्ट आवश्यक भएझैँ प्रार्थनाको पनि निश्चित स्थान छ । यदि हामी सही आत्मिकी स्थानमा उभिएनौं भने प्रार्थनाको सुनुवाइ हुँदैन । हामी पापीको स्थानबाट होइन, तर धर्मी सन्तानको अधिकारसहितको स्थानबाट प्रार्थना गर्दछौं । यूहन्ना १:१२ अनुसार, उहाँलाई ग्रहण गर्ने हरेकले परमेश्वरको सन्तान हुने अधिकार पाएका छन् । यही अधिकार र स्थानमा उभिएर गरिएको प्रार्थना मात्रै प्रभावकारी हुन्छ ।

येशू ख्रीष्टमाथि विश्वास गरेपछि हामी परमेश्वरका सन्तान बनेका छौँ (यूहन्ना १:१२) । नयाँ करारको विश्वासीको रूपमा अब हामी पापीको स्थानबाट प्रार्थना गर्दैनौँ। पापीको रूपमा गरिने प्रार्थना भनेको मुक्ति पाउनका लागि गरिने पश्चात्तापको पहिलो प्रार्थना मात्र हो । त्यसपछि, हामी धर्मी ठहरिएका सन्तानको स्थानबाट, पिताको दाहिने हातपट्टि ख्रीष्टमा बसालिएको उच्च स्थानबाट प्रार्थना गर्दछौँ ।

जसरी एउटा सानो बच्चाले रातिको जुनसुकै प्रहरमा पनि निर्धक्क भएर आफ्नो बुवालाई पुकार्छ र बुवाले प्रेमपूर्वक सुन्नुहुन्छ, त्यसरी नै पिता परमेश्वरले पनि सन्तानको स्थानबाट हामीले गरेको पुकारालाई घनिष्ठताका साथ सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ । हामीले आफ्नो योग्यतामा होइन, तर येशू ख्रीष्टले क्रुसमा सम्पन्न गर्नुभएको काम र धार्मिकताको आधारमा पितासँग कुरा गर्ने हो ।

आत्मिकी युद्ध: सैतानलाई जित्ने होइन, झूटलाई पन्छाउने लडाइँ

हामी अहिले आत्मिकी युद्धमा छौं । हाम्रो लडाइँ शरीर र रगतको विरुद्ध होइन, तर वर्तमान अन्धकारका शासकहरू र दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा छ ।

हामी अहिले आत्मिकी युद्धमा छौँ । तर, हामी प्रायः सोच्ने गर्छौँ कि यो युद्ध भनेको सैतानलाई जित्ने लडाइँ हो । यो एउटा ठूलो भ्रम हो । सत्य यो हो कि येशू ख्रीष्टले क्रुसमा नै सैतानलाई पूर्ण रूपमा पराजित गरिसक्नुभएको छ । उहाँले सैतान र त्यसका सबै शक्तिहरूलाई निशस्त्र पारिदिनुभयो र खुला तमासा बनाइदिनुभयो (कलस्सी २:१५) ।

त्यसोभए हाम्रो लडाइँ के हो त ? एफिसी ६:११ ले भन्छ, “दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर ।” यहाँ प्रयोग भएको ‘युक्ति’ शब्दलाई ग्रीकमा ‘मेथोडिया’ (Methodeia) भनिन्छ, जसको अर्थ हो—प्रणालीबद्ध तरिकाले ल्याइएका झूटहरू वा छलहरू।

अदनको बगैँचामा पनि सैतानले हव्वालाई झूट बोलेरै छलमा पारेको थियो । आज पनि सैतानले हाम्रो मनमा विभिन्न झूटहरू ल्याउँछ; जस्तै: “तँ सक्दैनस्,” “तेरो भविष्य अन्धकार छ,” “तँ परमेश्वरको प्रेमको योग्य छैनस् ।” हाम्रो आत्मिकी युद्ध भनेको सैतानको यिनै झूटहरूका विरुद्ध परमेश्वरको सत्यतालाई पत्याउने लडाइँ हो।

परमेश्वरका हातहतियार र हाम्रो पहिचान

यिनै झूटहरूलाई चिर्नका लागि पावलले हामीलाई परमेश्वरका सारा हातहतियार धारण गर्न उत्साह दिनुहुन्छ। यी हातहतियारहरू फलामका होइनन्, तर परमेश्वरका जीवित वचन हुन्:

  • उद्धारको मुकुट : यसलाई ग्रीकमा ‘सोजो’ (Sozo) भनिन्छ, जसको अर्थ ‘म बचाइएको छु, म संरक्षित छु र मलाई पूर्ण बनाइएको छ’ भन्ने हो । हाम्रो शिर (विचार) लाई यही सत्यताले ढाक्नुपर्छ ।
  • सत्यको कम्मरपेटी र धार्मिकताको छातीपाता : यी हतियारहरूले हाम्रो पहिचानलाई सुरक्षित राख्छन् । संसार र यसका विज्ञापनहरूले हामीलाई अरूसँग दाँज्न र हामी अपूर्ण छौँ भन्ने महसुस गराउन खोज्छन् । तर, जसरी आँप गर्मीमा र स्याउ चिसोमा मात्र फल्छ, त्यसरी नै परमेश्वरले हामीलाई विशेष उद्देश्यका साथ बनाउनुभएको छ । हामी अरू कोही जस्तो हुने होइन, ख्रीष्ट जस्तो हुने हो ।
  • विश्वासको ढाल : जब मनमा डर वा चिन्ताका झूटहरू आउँछन्, तब परमेश्वरको वचनलाई मुखले घोषणा गरेर त्यसलाई रोक्नु नै विश्वासको ढाल बोक्नु हो ।
  • शान्तिको सुसमाचारको जुत्ता (Shoes of the Gospel of Peace) : जुत्ताले सिपाहीलाई जुनसुकै कठिन बाटोमा पनि दह्रोसँग उभिन र हिँड्न मद्दत गर्छ । यसले परमेश्वरसँगको हाम्रो मिलापबाट आउने शान्तिलाई जनाउँछ, जसले हामीलाई हरेक परिस्थितिमा स्थिर रहन र सुसमाचार बाँड्न सधैँ तयार राख्छ ।
  • उद्धारको टोप वा मुकुट (Helmet of Salvation) : टोपले सिपाहीको शिरलाई जोगाउँछ । आत्मिकी रूपमा यसले हाम्रो विचार, दिमाग र सोचाइलाई सुरक्षित राख्छ । ‘म ख्रीष्टमा बचाइएको छु र सुरक्षित छु’ भन्ने पूर्ण निश्चयताले हाम्रो मनमा आउने नकारात्मक विचारहरूलाई रोक्छ।
  • आत्माको तरवार (Sword of the Spirit) : यो परमेश्वरको वचन हो (बाइबल) । माथिका ५ वटा हतियारहरू रक्षात्मक हुन् भने, यो एक मात्र आक्रमक (Offensive) हतियार हो । जसरी येशूले मरुभूमिमा सैतानको परीक्षालाई “यस्तो लेखिएको छ” भनेर वचनद्वारा परास्त गर्नुभयो, त्यसरी नै हामी सैतानका झूटहरूलाई परमेश्वरको वचन बोलेर काट्न सक्छौँ ।

एफिसी ६:१०-११ “अब अन्त्यमा, प्रभुमा र उहाँको शक्तिको सामर्थ्यमा बलवान् होओ । दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर ।”

हाम्रो लडाइँ सैतानले ल्याउने झुटको विरुद्ध, परमेश्वरको सत्यतालाई डटेर सामना गर्ने लडाइँ हो । येशूले क्रुसमा सैतानलाई पूर्णरूपमा पराजित गरिसक्नुभएको छ। त्यसैले हामी सैतानलाई जित्नका लागि होइन, तर येशूले दिनुभएको विजयलाई सैतानको शक्ति अगाडि प्रदर्शन गर्नका लागि लडिरहेका छौं ।

अदनको बगैंचादेखि नै ‘चतुर सर्प’ ले झुट बोल्दै आएको छ । जब सैतानले हामीलाई “तँ सक्दिनस्, तँ कमजोर छस्, तँ बिरामी छस्” भनेर भन्छ, तब हामीले परमेश्वरको वचनलाई ढाल बनाएर सत्यता बोल्नुपर्छ । सत्यको कम्मरपेटी, धार्मिकताको छातीपाता, उद्धारको टोप र आत्माको तरवार यी सबै परमेश्वरका वचनहरू हुन् । जब हामी वचनलाई पक्रन्छौं र ख्रीष्टमा भएको हाम्रो अधिकारको स्थानबाट प्रार्थना गर्छौं, तब हामी विजयी हुन्छौं ।

निष्कर्ष

हाम्रो लडाइँ झूटमाथि सत्यतालाई पत्याउने लडाइँ हो । जब सैतानले झूट ल्याउँछ, हामी त्यसलाई परमेश्वरको वचनद्वारा साटफेर गर्छौँ । दैनिक रूपमा आफ्नो मनलाई परमेश्वरको वचनले नवीकरण गरौँ । जब हामी ख्रीष्टमा आफ्नो सही पहिचान (धार्मिकता र सन्तानको हक) बुझेर पिताको आमनेसामने घनिष्ठतामा कुराकानी गर्छौँ, तब हाम्रा प्रार्थनाहरू शक्तिशाली र फलदायी हुन्छन् ।

प्रभुमा र उहाँको शक्तिको सामर्थ्यमा बलवान् हुनुहोस् । आमेन !

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
यशैया ५३ अध्याय र नयाँ करार
यशैया ५३ अध्याय र नयाँ करार
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
के येशू भारत हुँदै नेपाल आउनुभएको थियो ?
के येशू भारत हुँदै नेपाल आउनुभएको थियो ?
कन्सेप ईन्टरनेशनलको दोस्रो वार्षिकोत्सव सम्पन्न
कन्सेप ईन्टरनेशनलको दोस्रो वार्षिकोत्सव सम्पन्न
अन्तर मण्डली फुटबल टुर्नामेन्ट भोली हुने
अन्तर मण्डली फुटबल टुर्नामेन्ट भोली हुने
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
जीवनभरकोे लागि विवाह : दिक्षान्त समाराेह सम्पन्न (तस्बिरहरु सहित)
जीवनभरकोे लागि विवाह : दिक्षान्त समाराेह सम्पन्न (तस्बिरहरु सहित)
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1

छुटाउनुभयो कि ?

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान इस्टर तथा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना …… इस्टर तथा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना …… के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ) के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ) महापाप विरुद्ध सतिसाल झैं एक्ला अभियन्ता महापाप विरुद्ध सतिसाल झैं एक्ला अभियन्ता उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू आमा र बाबुको प्रेम र हेरचाहमा हुर्कन पाउनु बालबालिकाको प्राथमिक मानव अधिकार हो : विदुर अधिकारी आमा र बाबुको प्रेम र हेरचाहमा हुर्कन पाउनु बालबालिकाको प्राथमिक मानव अधिकार हो : विदुर अधिकारी
होम