single page header banner

येशु ख्रीष्ट को हुनुहुन्छ ?

adminsangam adminsangam
सोमबार, जेठ 12, 2081
Social buttons loaded
समाचार सारांश
  • येशु को हुनुहुन्छ भन्ने प्रश्न २००० बर्ष देखी सोधि रहेको प्रश्न हो ।
  • यसको बिषयमा धेरै पुस्तकहरू लेखिए र हरेकले येशु को हुनुहुन्छ भन्ने कुरा व्याख्य गर्न थाले अनि अहिले पनि यो प्रश्न निकै प्रभावशाली छ र अहिले पनि मानिसहरूले येशु को हुनुहुन्छ भन्ने बारेमा लेख्दैछन् ।


येशु को हुनुहुन्छ भन्ने प्रश्न २००० बर्ष देखी सोधि रहेको प्रश्न हो । यसको बिषयमा धेरै पुस्तकहरू लेखिए र हरेकले येशु को हुनुहुन्छ भन्ने कुरा व्याख्य गर्न थाले अनि अहिले पनि यो प्रश्न निकै प्रभावशाली छ र अहिले पनि मानिसहरूले येशु को हुनुहुन्छ भन्ने बारेमा लेख्दैछन् । धार्मिक, इतिहासिक, मनोवैज्ञानिक, साँस्कृतिक तथा राजनीतिक तरिकाबाट येशुको परिचय दिदछ । “येशू बास्तवमा को हुनुहुन्छ ? यो बुझ्नैपर्ने विषय हो । प्रभु येशू ख्रीष्ट सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भनेर म साँच्चै विश्वास गर्दछु भने निश्चय म उहाँलाई दण्डवत् गर्नेछु, उहाँलाई प्रेमपूर्वक भक्ति चढाउँनेछु । उहाँ प्रभु हुनुहुन्छ भनेर म साँच्चै विश्वास गर्दछु भने, म उहाँको सेवा गर्नेछु र उहाँका आज्ञाहरू पालन गर्नेछु । येशू झूटा हुन् भन्ने व्यक्तिले के उहाँमाथि भरोसा राख्न सक्छ वा उहाँका वचनमाथि विश्वास गर्न सक्छ ? येशू पागल हुन् भन्ने व्यक्तिले के उहाँलाई मुक्तिदाताको रूपमा विश्वास गर्न सक्छ ? उहाँलाई असल गुरु मात्र मान्नेले उहाँका भनाइलाई सुन्नेछ तर उसले अन्य शिक्षकहरूका भनाइलाई पनि सुन्नेछ र विश्वास गर्नेछ । ख्रीष्टलाई भविष्यवक्ता मात्र मान्नेले परमेश्वरको बाटो देखाउने अन्य भविष्यवक्ताहरूलाई पनि उत्तिकै मान्यता दिनेछ । येशू २००० वर्ष अघि मर्नुभएको केवल एउटा मानिस मात्र हुनुहुन्थ्यो भने उहाँ मरेको मरै हुनुभयो र उहाँले कसैको जीवनमा खास परिवर्तन ल्याउन सक्नुहुन्न । येशूको बारेमा महत्वपूर्ण शब्दहरुद्वारा लेख्दै विश्वचर्चित इतिहासकार पेलिकानले लेखे, “नासरतका येशूको विषयमा कुनै पनि व्यक्तिले व्यक्तिगत रुपमा जे जस्तो सोच राखेतापनि झण्डै बिस शताब्दीसम्म पाश्चात्य जगत्को इतिहासमा उहाँ प्रभावशाली पात्र हुनु भएको छ ।” “येशू को हुनुहुन्छ ? सम्भवतः सारा मानव इतिहासमा अन्य कुनै प्रश्नभन्दा यो प्रश्नको बारेमा बढी खोज र अनुसन्धान गरिएको छ ।

येशू गैरख्रिस्टियानहरूका लागि असल शिक्षक, मुसलमानहरूका लागि एक अगमवक्ता त ख्रीष्टियानहरूका लागि परमेश्वरका पुत्र हुनुहुन्छ । “तपाईंको विचारमा येशू ख्रीष्ट को हुनुहुन्छ ? कोही मानिसले भन्छन् उहाँ एक महान् गुरु हुनुहन्थ्यो, अरुहरुले उहाँलाई भविष्यवक्ता, दार्शनिक, पश्चिमी ईश्वर अथवा असल मानिस जसको उदाहरण हामीले पछ्याउनु पर्दछ भनी भन्दछन् । प्रभु येशू ख्रीष्ट महान् गुरु र भविष्यवक्ता हुनुहुन्थ्यो तर उहाँ यी कुराहरुभन्दा पनि धेरै हुनुहुन्छ । उहाँ दार्शनिक वा हाम्रो उदाहरण भन्दा धेरै हुनुहुन्छ । प्रभु येशू ख्रीष्ट पश्चिमी देश बेलायत व अमेरिकामा जन्मनुभएको होइन र यसकारण हामीहरु उहाँलाई पश्चिीमी ईश्वर भन्न सक्दैनौँ । उहाँ मध्यपूर्वी देश इस्राएलमा भन्डै २,००० वर्ष पहिले जन्मनुभएको थियो र पनि संसार वरिपरिका करोडौँ मानिसहरुले उहाँलाई व्यक्तिगत रुपमा चिनेका दावी गर्दछन् । तिनीहरु उहाँको निम्ति मर्न पनि तयार छन् ।” येशू ख्रीष्टको बारेमा लेखक कमल अधिकारी लेख्छन्, “येशूको सेवा–कार्य केवल साँढे तिन वर्ष लम्बिएको थियो । तर त्यस सङ्क्षिप्त अवधिले मानव–जातिमा नमेटिने छाप छोडेर गएको छ । उहाँ आफ्नो जन्मस्थान इस्राएल देशमा मात्र परिचित हुनुहुन्न तर मानव–जाति बसोबास भएको ६ वटै महादेशमा उहाँलाई पछ्याउनेहरु मानग्गे छन् । आफुले स्थापना गर्नुभएको ख्रिस्टियमतमा मात्र उहाँको चर्चा हुँदैन तर संसारका प्रायः सबै धर्महरुले उहाँलाई आदर्श व्यक्तित्वको रुपमा हेर्छन् । येशू ख्रीष्टियानहरुको पर्खालभित्र मात्र होइन तर गैरख्रिस्टियानहरुको मैदानमा पनि उपस्थित हुनुहुन्छ ।” “येशू केवल मानिस वा शिक्षक मात्र हुनुहुन्न तर उहाँ त पुरानो करारले केन्द्रित गरिएको प्रतिज्ञाका मसिह हुनुहुन्छ । उहाँ मानिसहरुलाई पाप र मृत्युबाट बचाउँनको लागि आउनु भयो र परमेश्वर प्रेम प्रमाणित गर्नुभयो ।

येशू पुत्र हुनुहुन्छ अर्काे शब्दमा भन्नु पर्दा येशू परमेश्वरको पुत्र हुनुहुन्छ । उहाँले शक्ति दिनुभयो, परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो र उहाँे उदेकको आश्चर्यकर्म पनि गर्नु भयो ।” “येशू को हुनुहुन्छ भन्ने प्रश्न दुई हजार बर्ष देखि सोधि रहेको प्रश्न हो । येशू ख्रीष्ट आफैले उहाँलाई पछ्याउनेहरुलाई सोध्नु भयो मानिसहरुले म को हुँ भनि भन्छन् ? कतिले उहाँलाई नासरतमा बस्ने एक ऐतिहासिक मानिस भन्छन् । अरुले भन्दछन् उहाँ चाहिँ परमेश्वरले पठाउनु भएको अगमबक्ता हुन् । अन्यले भन्दछन् उहाँ एक धार्मिक सुधारवादीका दार्शनशास्त्री र नैतिकवान व्यक्ति हुनुहुन्छ । कतिले भन्दछन् येशू केवल एक झुटो कहानी मात्र हो । तर बाइबलले के भन्छ ? बाइबलले बताउँछ कि येशू मानिस हुनुहुन्छ जसको प्रमाण उहाँको जन्म, जीवन र मृत्युले दिदछ । बाइबलले यो पनि भन्दछ कि येशू ख्रीष्ट चाहिँ परमेश्वरका पुत्र हुनुहन्छ र उहाँ आफै र आफ्नै अस्तित्वमा परमेश्वरमा परमेश्वर हुनुहुन्छ । सत्य चाहिँ येशू नामको अर्थ परमेश्वरले मुक्तिदाता हुनुहुन्छ भन्ने हुन्छ ।

उहाँलाई अनन्तका पिता पनि भनिन्छ, शक्तिशाली परमेश्वर र इम्मानुएल जसको अर्थ हो परमेश्वर हामीहरु सँग । यसैले येशू मानिस हुनुहुन्छ कि परमेश्वर हुनुहुन्छ ? उत्तर हुन्छ दुबै हुनुहुन्छ । बाइबलले बताउँछ उहाँ सत्य परमेश्वर हुनुहुन्छ र सोही समय मानिस पनि हुनुहुन्छ भनेर बताउँछ । किनकि उहाँ पूर्ण रुपमा पाप रहित मानव जीवन बिताउँनु भयो । साडे ३३ बर्षको उमेरमा क्रुसमा मर्नुभयो र हामीहरुको पाप उठाइ लैजानु भयो र हामीहरुलाई मृत्युको पापको श्रापबाट बचाउनु भयो । उहाँले आर्फलाई अर्पण गर्नुुुुभयो र हामीलाई बचाउँनु भयो । किनकि उहाँ आफै अनन्तका परमेश्वर हुनुहुन्छ । किनकि उहाँ मृत्युको अधिनमा भइरहनु असम्भ थियो । उहाँ तेस्रो दिनमा पुनरुत्थान हुन भयो र जीवन दिने आत्मा हुनु भयो । उहाँले हामीलाई अनन्तको जीवन दिनु भयो । उहाँ माथि विश्वास गर्ने व्यक्तिहरु सँग हरेक स्थानमा हरेक व्यक्तिहरु सँग उहाँ उपस्थिति हुनुहुन्छ ।”

येशू ख्रीष्ट को हुनुहुन्छ भनेर बइबलले हामीलाई स्पष्ट रुपमा बताएको छ । बाइबलले भन्छ, त्रिएक परमेश्वर मध्येको एक परमेश्वर हुनुहुन्छ (यूहन्ना १ः१, १०ः३०,१४ः११,१७ः२१–२३), बचन हुनुहुन्छ (यूहन्ना १ः१–३), ज्योति हुनुहन्छ (यूहन्ना १ः४–५,८ः१२), मानिसको रुपमा आउनुभएको परमेश्वरको पुत्र हुनुुहुन्छ (यूहन्ना १ः१४), थुमा हुनुहुन्छ (यूहन्ना १ः२९,३६), जीवनको रोटी हुनुहुन्छ (यूहन्ना ६ः३५, ६ः५५), सत्यता हुुनुहुन्छ (यूहन्ना ८ः३२), मुक्तिको ढोका हुनुहन्छ (यूहन्ना १०ः९), असल गाठालो हुनुहुन्छ (यूहन्ना १०ः११, १४), पुनरुत्थान र जीवन हुनुहुन्छ (यूहन्ना ११ः२५,२६), बाटो सत्य र जीवन हुनुहन्छ (यूहन्ना १४ः६), सृष्टिकर्ता र उत्तराधिकारी हुनुहुन्छ (हिब्रू १ः२), परमेश्वरको महिमाको प्रतिबिम्ब हुनुहुन्छ (हिब्रू १ः३), मुक्तिदाता हुनुहुन्छ (हिब्रू १०ः१०,१४,१९), महान वा प्रधान पूजाहारी हुनुहुन्छ (हिब्रू १ः१७,४ः१४), जीवनको बचन हुनुहुन्छ (१ यूहन्ना १ः१,२), साँचो परमेश्वर तथा अनन्त जीवन हुनुहुन्छ (हिब्रू ५ः२०), उद्धारक (हिब्रू २ः२, ४ः१०) ।बाइबलले अनुसार येशु चाहिँ त्यो व्यक्ति हुनुहुन्छ जसद्धारा हामी सम्पूर्ण मानिसहरुले मुक्ति प्राप्त गर्दछौँ ।

उहाँले हामीहरुको मुक्तिको निम्ति आफैलाई क्रुसमा बलिदान गर्नुभयो र हामीलाई अन्धकारको राज्य देखी परमेश्वरको राज्यमा सार्नुभयो । येशु आफू पाप रहित भएको दाबी मात्र गर्नुभएन तर उहाँले पापको क्षमा गर्न सक्ने शक्ति वा अधिकार पनि भएको दाबी गर्नुभयो । पापको क्षमा गर्ने अधिकार चाहिँ केवल परमेश्वरलाई मात्र हुन्छ । यसैकारण यी भनाई द्धारा पनि हामी भन्न सक्छौँ कि येशु ख्रीष्ट चाहिँ परमेश्वर हुनुुहन्छ । पापको क्षमा गर्ने अधिकार येशुमा छ भने हामी बिना शंका यो भन्न सक्छौँ कि येशु परमेश्वर हुनुहुन्छ । तर यसमा पनि यो प्रश्न आउछ कि पाप क्षमा गर्ने अधिकार त परमेश्वरले दिनुभएको हो कसरी परमेश्वर हुनु भयो ? पाप क्षमा गर्ने अधिकार चाहिँ परमेश्वरलाई मात्र छ । यदि येशु परमेश्वर हुुनुहुन्न थियो भने पमेश्वरले यो अधिकार पनि दिनुहुन्न थियो । मोशा संसारको सबै भन्दा नम्र व्यक्ति थिए, अयुब सबै परिक्षामा विजय भए , अब्राहाम विश्वासको पिता भए, यहोशुले सबै इस्राएलीहरुलाई प्रतिज्ञाको देशमा पुराए तर पनि बाइबलीय इतिहासमा यस्तो कोही मानिस छैन जसलाई परमेश्वरले पाप क्षमा गर्ने अधिकार दिनुभएको छ । यस्तो योग्य चाहिँ येशु मात्र हुनुहन्छ किनकि उहाँ स्वयम परमेश्वर हुनुहुन्छ । उहाँ वास्तविक रुपमानै परमेश्वर हुनुन्छ र त्रिएक परमेश्वरको एक भाग हुनुहुन्छ ।

येशू ख्रीष्ट को हुनुहुन्छ भन्ने सन्दर्भमा लेखक एल्टज जी हिल लेख्नछन् “उहाँ मृत्युबाट बौरी उठ्नुभएको कारणले हाम्ी जान्दछौँ कि उहाँचाहिँ उहाँ आफैँले भन्नुभएको व्यक्ति हुनुहुन्छ । उहाँ परमेश्वरका पुत्र र संसारका मुक्तिदाता हुनुहुन्छ । येशू ख्रीष्ट फेरी बौरी उठ्नुभएको कारणले हामी जान्दछौँ कि उहाँले हाम्रा निम्ति दिनुभएको बलिदान परमेश्वरले ग्रहन गर्नुभएको छ । जसले उहाँमाथि विश्वास गर्छ उसको पापको क्षमा हुन्छ ।”
येशू को हुनुहुन्छ भन्ने भन्ने प्रश्नमा भारतका महान् नेता महात्मा गान्धी भन्छन्,“येशू पूर्णतः निर्दाेष व्यक्ति हुनुहुन्थ्यो जसले आफ्ना शत्रुहरुका साथै अरुहरुका निम्ति आफैलाई बलिदान गर्नुभयो र उहाँ संसारको प्रायश्चित बन्नुभयो । यो एउटा सिद्ध कार्य थियो ।” यस्तै इतिहासकार एच.जी.वेल्स भन्छन्, “म एउटा इतिहासकार हुँ, विश्वासी होइनँ । नासरतका यी गरिब प्रचारक अपरिवर्तनीय रुपमा इतिहासको केन्द्र हुनुहुन्छ भनी एउटा इतिहासकारको नाताले मैले स्वीकार गर्नैपर्छ ।” यस्तै १९ औँ शताब्दीका महान् वैज्ञानिक अल्वर्ड आइस्टाइनले येशूको बारेमा भनेका छन्, “म एक यहुदी हुँ तर नासरीका येशूको व्यक्तित्व देखी म आकर्षित भएको छुँ ।” यस्तै ( व्भबल(व्बअत्रगभक च्यगककभबग ) जीन–जैक्स रुसी ले येशूको बारेमा भन्छन् “सुकरता एक दार्शनिकको रुपमा मरे तर येशू परमेश्वरको रुपमा मर्नुभयो ।” ( जीन–जैक्स रुसी (१७१२–१७७८) – उनी फ्रान्सको एक दार्शनिक, लेखक, रचनाकार थिए । उनको राजनितीक दर्शनले युरोप भरि प्रभाव पारको थियो ।)

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम