single page header banner

के येशू भारत हुँदै नेपाल आउनुभएको थियो ?

Pramodkhadka Pramodkhadka
बिहिबार, पौष 1, 2079
Social buttons loaded
समाचार सारांश
  • कमल अधिकारी बाइबल शिक्षक, लेखकसाथै अनुवादक हुन् ।
  • गोरखामा जन्मेर धादिङमा हुर्केका उनले काठमाडौँस्थित इम्मानुएल बाइबल इन्स्टिच्युटबाट दुई वर्षे आधारभूत बाइबलीय तालिम पूरा गरी ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B.

कमल अधिकारी बाइबल शिक्षक, लेखकसाथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका उनले काठमाडौँस्थित इम्मानुएल बाइबल इन्स्टिच्युटबाट दुई वर्षे आधारभूत बाइबलीय तालिम पूरा गरी ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरेका छन । Nepal Ebenezer Bible College द्वारा सञ्चालित स्नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका अधिकारी अपोलोजेटिक्समा कलम चलाउन रुचाउँछन् । छवटा पुस्तकका लेखक उनि इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल हुन् । आफ्नी पत्नी जानकी अनि तीन छोरी एलिशा, सोफिया र जेसिकासँगै अधिकारी ललितपुरको ठैबमा बस्छन् ।

नयाँ करारका चारवटा सुसमाचार येशूको बारेमा बताउने सबैभन्दा भरपर्दा, विश्वसनीय र पूर्ण स्रोतहरू हुन् । चारवटा सुसमाचारमध्ये दुईवटा (अर्थात् मत्ती र लूका) ले मात्र उहाँको जन्मको बारेमा चर्चा गर्छन् । उहाँको सेवा-कार्यअघि बार्‍ह वर्षको उमेरमा एक पटक येशू यरूशलेममा देखा पर्नुहुन्छ (लूका २:४२) । बाइबलको विवरणअनुसार तिस वर्षको हुनुभएपछि मात्र उहाँले सेवा आरम्भ गर्नुभयो (लूका ३:२३) । उहाँको जन्मदेखि बार्‍ह वर्षको उमेर र बार्‍हदेखि तिस वर्षको उमेरसम्म येशू कहाँ हुनुहुन्थ्यो भन्ने प्रश्न विचारणीय छ । उहाँको बाल्यकाल नासरतमै बितेको थियो होला भनी अनुमान गर्ने हो भने पनि उहाँले १८ वर्ष (१२-३०) कहाँ बिताउनुभयो ? यो प्रश्न तर्कसङ्गत छ ।

रुसी लेखक निकोलस नोटोभिचका अनुसार उक्त समयावधिमा येशू भारत, तिब्बत र नेपालमा आउनुभयो । निकोलस नोटोविच एक रूसी यात्रु थिए जसले उन्नाइसौँ शताब्दीको उत्तरार्द्धमा भारत र तिब्बतको यात्रा गरे । तिनको दाबीअनुसार तिब्बतमा तिनले सन्त ईशाको बारेमा जानकारीहरू बटुले । तिनै जानकारीलाई समेटी तिनले एउटा पुस्तक लेखे जसको नाम ‘येशू ख्रीष्टको अज्ञात जीवनी’ (The Unknown Life of Jesus Christ) हो ।६ घण्टा लगाएर मैले यो किताब पढेर सकेँ । नोटोविचको भनाइअनुसार यी सन्त ईशा भारतमा आई विभिन्न हिन्दु गुरुहरूसँग सिक्दै १८ वर्ष बिताए । तिनको विचारमा यी सन्त ईशा नै बाइबलका येशू हुन् । तिनको यही पुस्तकको प्रभावमा अन्य दर्जनौँ पुस्तक मात्र लेखिएका छैनन् तर ‘डकुमेन्ट्री’ हरूसमेत बनेका छन् । नेपाली लेखकहरूमा समेत यसको बाछिट्टा परेको छ । चाहे तपाईंले डा. स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ ?” पढ्नुस् वा डा. शास्त्रदत्त पन्तको ‘नेपालमा इसाईको चलखेल’ पढ्नुस्, यीलगायत अन्य नेपाली पुस्तकहरूमा यही कथा दोहोर्‍याइको मात्र छैन तर येशूलाई समेत ‘हिन्दु’ बनाइएको छ ।

तर येशूको जीवनी अध्ययन गर्ने विद्वान्‌हरूका अनुसार येशू भारत, नेपाल र तिब्बतमा आउनुभएको थियो भन्ने नोटोभिचको विवरण छलसिवाय केही होइन । जर्मन भाषाविद् म्याक्स मुलरले तिब्बतस्थित हेमिस मठाश्रम (जहाँ गई बाइबलका येशूको बारेमा जानकारी बटुलेका थिए भनी नोटोभिचले दाबी गरेका थिए) का लामा प्रमुखलाई सोधपुछ गर्दा नोटोभिचले उल्लेख गरेका ईशाको बारेमा त्यस्तो कुनै दस्ताबेज नभएको लामाले जानकारी दिए । भारतको आगरा कलेजका प्राध्यापक जेम्स अर्खिबाल्ड डग्लास नोटोभिचको दाबीको अनुसन्धान गर्न १८९५ मा तिब्बतस्थित उक्त मठाश्रम गए र प्रमुख लामासित अन्तर्वार्ता लिएपछि थाहा पाइयो कि नोटोभिच कहिल्यै पनि उक्त मठाश्रममा गएकै रहेनछन् । येशू भारत र तिब्बत (अनि नेपाल) मा आउनुभएको थियो भन्ने जस्ता दाबीहरू झुटको खेतीबाहेक केही होइन भनी विभिन्न अनुसन्धानकर्ताहरूले पुष्टि गरिसकेका छन् ।

त्यसो हो भने, १२-३० वर्षको उमेरसम्म येशू कहाँ हुनुहुन्थ्यो ? १८ वर्षको समयावधि येशूले कहाँ बिताउनुभयो ? येशू ख्रीष्ट प्यालेसटाइनमा रहनुभयो भनी अङ्कित गर्ने खण्डहरू बाइबलमा छन् । बार्‍ह वर्षपछिको येशूको जीवनीलाई लूकाले सङ्क्षेपमा ल्याएका छन्, “अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो” (लूका २:५२) । उहाँको समुदायमा येशूलाई सिकर्मी (मर्कूस ६:३) र सिकर्मीको छोरो (मत्ती १३:५५) को रूपमा चिनिन्थ्यो । आफ्ना छोराहरूलाई व्यवसाय सिकाउनु यहूदी बाबुहरूका बिचमा सामान्य चलन थियो । येशू परिपक्व हुँदै जानुभएपछि योसेफले उहाँलाई सिकर्मीको पेसा सिकाएका हुनुपर्छ । येशू नासरतमै हुर्कनुभयो भनी लूकाले यहाँ अझ प्रस्ट रूपमा बताएका छन्, “उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो । … सबैले उहाँको सराहना गरे, र उहाँको मुखबाट निस्केका कृपापूर्ण वचनमा छक्क परे, र तिनीहरूले भने, ‘यिनी योसेफका छोरा होइनन् र ?’ … अनि उहाँले भन्नुभयो, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्तालाई उनको आफ्नो देशमा स्वागत हुँदैन’” (लूका ४:१६, २२-२४) । लूकाले प्रस्टसँग लेखेका छन् कि येशू ख्रीष्ट नासरतमा नै हुर्कनुभयो र नासरत उहाँको आफ्नो सहर थियो । सभाघरका मानिसहरूले येशूलाई राम्ररी चिन्दथे र उहाँ योसेफका छोरा हुनुहुन्थ्यो भनी जान्दथे । येशू नासरतमा हुर्कनुभयो, भारतमा होइन । येशू हिन्दु हुनुहुन्थ्यो अनि उहाँ भारत, तिब्बत र नेपालमा आउनुभयो भन्ने अवधारणा मनगढन्ते सिवाय केही होइन ।

( कमल अधिकारीद्वारा लिखित ‘येशू को हुनुहुन्छ ?’ नामक पुस्तकबाट साभार । )

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार
दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार
रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै
रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
सामाजिक एकता पार्टीको आन्तरिक विवाद मत्थर भएको  छ
सामाजिक एकता पार्टीको आन्तरिक विवाद मत्थर भएको छ
परिवार, समाज र समलैंगिकताको संकष्ट (भिडियो सहित)
परिवार, समाज र समलैंगिकताको संकष्ट (भिडियो सहित)
नेपालको पहिलो मण्डली : रामघाट चर्च
नेपालको पहिलो मण्डली : रामघाट चर्च
पहिलो शताब्दीको सभाघर
पहिलो शताब्दीको सभाघर
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
नेपाली इसाई समाजका बरिष्ठ पास्टर स्व. रोबर्ट कार्थकको जीवनबाट सिक्नै पर्ने कुराहरू
नेपाली इसाई समाजका बरिष्ठ पास्टर स्व. रोबर्ट कार्थकको जीवनबाट सिक्नै पर्ने कुराहरू
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम