single page header banner

पन्तियस पिलातस, पुरात्वविद्या र बाइबल

adminsangam adminsangam
सोमबार, जेठ 6, 2080
Social buttons loaded
समाचार सारांश
  • संगम श्रेष्ठ पन्तियस पिलातस बाइबल अध्ययन गर्ने व्यक्तिहरुमाझ निकै चिर परिचित व्यक्ति हो भन्दा फरक नपर्ला ।
  • यी नै पन्तियस पिलातस हुन् जसले येशू ख्रीष्टलाई क्रूसमा टाग्नको निम्ति अनुमति दिएका थिए ।

संगम श्रेष्ठ

पन्तियस पिलातस बाइबल अध्ययन गर्ने व्यक्तिहरुमाझ निकै चिर परिचित व्यक्ति हो भन्दा फरक नपर्ला । यी नै पन्तियस पिलातस हुन् जसले येशू ख्रीष्टलाई क्रूसमा टाग्नको निम्ति अनुमति दिएका थिए । बाइबलमा पन्तियस पिलालतको बारेमा, उनको श्रीमतीको बारेमा उल्लेख गरिएको छ । बिशेष गरी मत्ति २७ अध्याय, मर्कूस १५ अध्याय, लूका २३ अध्ययाय, यूहन्ना १८ अध्यायमा पन्तियस पिलातसको बारेमा उल्लेख गरिएको छ ।

पन्तियस पिलातसको शिलालेख
नयाँ करारका अतिरिक्त यहूदी लेखकद्वय योसिफस र फाइलोसाथै रोमी लेखक टासिटसका रचनाहरूमा पिलातसका सन्दर्भहरू उल्लेख भए तापनि वर्षौंसम्म आलोचकहरूले पिलातसको साँचो अस्तित्वमाथि नै प्रश्न गर्दै आएका थिए । ख्रिस्टाब्द १९६१ को जुन महिनामा इटालीका पुरातत्त्वविद् डा. एन्टोनिओ फ्रोभाको नेतृत्वमा गएको टोलीले कैसरिया मरितिमा नामक प्राचीन सहरमा हेरोद महान्द्वारा निर्मित प्राचीन रङ्गशालाको उत्खनन गरिरहेका थिए ।

उनको समुहले त्यहाँ एउटा शिलालेख फेला पारियो । त्यस शिलालेखमा ‘पन्तियस पिलातस’ को नाम उल्लेख गरिउको थियो । उनीहरुले त्यस शिलालेखको अनुसन्धान गरे पछि पत्ता लाग्यो कि पन्तियस पिलातसले कैसरियामा एउटा मन्दिर निर्माण गरेका थिए जुन तिनले रोमी सम्राट् तिबेरिअस (ख्रिस्टाब्द १४–३७ ख्रिस्टपूर्व) को नाउँमा अर्पण गरेका थिए । यसलाई ख्रिस्टाब्द २६–३७ को बिचमा तयार पारिएको देखिन्छ । इतिहासअनुसार पिलातस ख्रिस्टाब्द २६–३६ सम्म यहूदियाका हाकिम भएका थिए । रोमी सम्राट् टाइबेरियसले पिलातसलाई इ.सं. २६ मा यहूदिया प्रान्तको बडा हाकिम नियुक्त गरेका थिए । तिनी यहूदियाका पाँचौँ हाकिम थिए । यहूदियाको रोमी राजधानी कैसरिया मरितिमामा तिनले आफ्नो कार्यालय बनाएका थिए ।

तिनकै समयमा येशू क्रुसमा टाँगिनुभएको थियो । हाल यस शिलालेख यरूशलेमस्थित इजराएल सङ्ग्रहालयमा सुरक्षितसाथ राखिएको छ । त्यस शिलालेख ८२ सेन्टिमिटर लमाइ र ६५ सेन्टिमिटर चौडाइ आकारको छ । त्यस शिलालेखमा लेखिएको थियो, “यहूदियाका हाकिम पन्तियस पिलातसले तिबेरिअसको नाउँमा यसलाई अर्पण गरेका छन् ।” यो लेख ल्याटिन भाषामा लेखिएको थियो ।
अन्त्यमा, नयाँ पुरातवित्व खोजहरुले बाइबलमा उल्लेख भएका विवरणहरु सत्य हुन् भन्ने प्रमाणहरु अधिक रुपमा दिएका छन् र बाइबलको विश्वासनीयतालाई पुष्टि गरिदिएको छ ।

“पुरातत्वविक खोजहरुले धर्मशास्त्रको विश्वासनीयतालाई पुष्टि गरिरहेकै छन् ।” पुरातत्वक खोजहरुले नयाँ करारको ऐतिहासिकक सच्चाइलाई थप पुष्टि गरिदिएको छ । “… पुरातत्वकले पत्ता लगाएका प्राचीन वस्तुहरुले बाइबलमा लेखिएका कुराहरु सत्य हुन् भनी प्रमाणित गरेका छन् ।” यसैले पुरातत्वविद्या वैज्ञानिक रुपमा पनि सत्य सावित भएको छ ।

पन्तियस पिलातसको औँठी
केही विद्धानहरुले येशूको ऐतिहासिक प्रमाणलाई मात्र अस्वीकार गरेनन् तर रोमी शासक पन्तियस पिलातसको ऐतिहासिकतामा पनि शंका गरेका थिए । पछिल्लो समयमा पुरातत्वविद्या सम्बन्धी खोजहरुले ती विद्धानहरुको यस कुरालाई अप्रमाणित गरिदिएको छ । “पिलातस रोमी प्रान्त यहूदामाथि ख्रिस्टाब्द २६–३६ सम्म बडाहामिक थिए ।” पुरातत्वविद्याका खोजहरूबाट आलोचकहरूको मुख बन्द मात्र गरेको छैन तर धेरै व्यक्तिहरूले परमेश्वर माथि भरोसा पनि गरेका छन् ।

ख्रिस्टाब्द १९६१ म ‘पिलातसको ढुङ्गा’ को खोजले आलोचकहरुको मुख बन्द गरेको हो । अझै यस्तै पिलातसको अर्काे ऐतिहासिकता प्रमाणित गर्ने खोज पत्ता लागेको छ जसलाई ‘ पन्तियस पिलातसको औँठी’ भनेर नामकरण गरिएको छ । हेरोडिएममा उत्खन्न गर्दा पुराना औठी जस्तो केही बस्तु भेटियो पछि यसलाई अनुसन्धान गर्दा त्यो औँठीमा चित्र र पिलातस नाम कुदेको पाइयो । यस खोजलाई इस्राएल अन्वेक्षण लेखको अन्तिम अंकको र्शीर्षक अन्तर्गत घोषणा गरिएको थियो ।

इस्राएलमा पन्तियस पिलातसको बारेमा पत्ता लागेको यो दोस्रो पुरातत्वक सामाग्री हो जसले पन्तियस पिलातस वास्तवमा नै ऐतिहासिक व्यक्ति थिए भन्ने प्रमाण दिदछ । यस औँठी पिलातसको होइन भन्ने केही व्यक्तिहरूले दावी गरेका पनि थिए तर पछि यो औँठी पन्तियस पिलातसको नै हो भन्ने प्रमाणित भएको थियो । पन्तियस पिलातसको यस औँठी दक्षिणी बेथलेहेमको वेस्ट ब्याङ्क मा फेला पारेका थिए । यस औठीमा क्रेटर भनिने वाइन भाडाको परिपरि ग्रीक भाषमा ‘पिलातस को’ लेखिएको थियो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1

छुटाउनुभयो कि ?

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God. क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God. सीबिको चरित्र वारे पहिले थाहा थियो ।  हनोक तामाङले सिस्नु पानी लगाउछु भनेका थिए : विपी खनाल (भिडियो) सीबिको चरित्र वारे पहिले थाहा थियो । हनोक तामाङले सिस्नु पानी लगाउछु भनेका थिए : विपी खनाल (भिडियो) प्रभुसँग लामो सम्बन्ध राख्यौं भने उहाँले हामीलाई आशिष दिनुहुन्छ प्रभुसँग लामो सम्बन्ध राख्यौं भने उहाँले हामीलाई आशिष दिनुहुन्छ चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने “९० जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी” पुस्तक विमोचन “९० जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी” पुस्तक विमोचन मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
होम