single page header banner

येशु खीष्ट संसारमा आउनुका कारणहरू के-के हुन् ?

Pramodkhadka Pramodkhadka
सोमबार, फाल्गुन 20, 2080
Social buttons loaded
समाचार सारांश
  • पा.
  • प्रवजन शाही , संस्थापक, गुड न्यूज नेपाल मानिस पापी छ र उसमा भएको पापी स्वभावका कारण उसले जानीनजानी पाप गरी नै रहन्छ ।

पा. प्रवजन शाही , संस्थापक, गुड न्यूज नेपाल

मानिस पापी छ र उसमा भएको पापी स्वभावका कारण उसले जानीनजानी पाप गरी नै रहन्छ । हामीले दैनिक जीवनमा आफूलाई चाहिएका कुराको मूल्य चुकाउनु पर्छ । यस भनाईलाई एउटा उदाहरणद्वारा प्रष्ट रुपमा बुझ्न सक्छौं । जस्तै हामी बजारमा कपडा किन्न जान्छौ, त्यो कपडामा त्यसको मूल्य छुट्याएको हुन्छ । यदि कुनै व्यक्तिले त्यो कपडा लिन चाहन्छ भने उसले त्यो कपडाको मूल्य चुकाउनु पर्छ। त्यसै गरी हामीले गरेको पापको पनि मूल्य चुकाउनु पर्ने थियो । तर त्यसको मूल्य चाहिँ हामीलाई अति प्रेम गर्ने येशू ख्रीष्टले चुकाईदिनु भयो । अर्थात् येशू खीष्ट संसारमा आउनुको पहिलो कारण तपाई हामीले गरेको पापको मूल्य चुकाउनु हो ।

मानिसले आ-आफ्नो क्षमता र दक्षता अनुसारको कामहरु गर्ने गर्छन र सबैले आफ्नो काम अनुसारको ज्याला पाउने गर्छन् । हामीले गरेको पापको पनि ज्याला छ । अनि त्यो ज्याला चाँही मृत्यु हो । बाइबलले बताउँछ कि, पापको ज्याला मृत्यु हो खासगरी मृत्यु भन्नाले नरकमा पर्नु हो। -रोमी ६:२३

पाप गरेपछि मृत्यु भोग्नैपर्छ । तर येशू खीष्टले तपाई हामीले भोग्नुपर्ने मृत्यु आफैले भोगेर तपाई हामीप्रतिको उहाँको प्रेमको स्पष्टिकरण दिनुभयो । यसकारण जतिले येशू खीष्टमाथि विश्वास गर्छन्, परमेश्वरले तिनीहरुलाई अनन्त जीवन (स्वर्गमा प्रवेश हुन) दिनुहुन्छ । यस प्रकारले येशू ख्रीष्ट संसारमा आउनुको दोश्रो कारण तपाई हामीले गरेका पापको ज्याला चुक्ता गरिदिएर तपाई हामीलाई अनन्त जीवन दिन हो ।

एक जना विद्वानले भनेका छन् कि यो संसारको मुख्य समस्या यदि आर्थिकको भएको भए परेमश्वरले संसारमा एक अद्भूत अर्थविद्लाई पठाउनुहुने थियो । यदि यो संसारको मुख्य समस्या शिक्षा भएको भए उहाँले एक अद्भूत शिक्षाविद्लाई पठाउनुहुने थियो । तर यो संसारको मुख्य समस्या पाप र अधर्म भएको कारणले परमेशवरले सम्पूर्ण मानव जातिको उद्धार र मुक्तिको लागि एक सत्य उद्धारकर्ता र मुक्तिदाता येशू खीष्टलाई पठाउनु भयो र येशू खीष्टकै माध्यमद्वारा मात्र येशूको नाममा पाप पश्चातापको प्रार्थना गर्ने मानिसले मात्र उद्धार र मुक्ति प्राप्त गर्ने छन् । यो नै येशू ख्रीष्ट संसारमा आउनुको तेश्रो कारण हो ।

यसरी उहाँले तपाई हामीलाई प्रेम गरको कारणले प्रशस्तताको अनन्त जीवन दिन आउनु भएको हो । -यूहन्ना १०:१०, तपाई हामीले अँध्यारो एवम् उज्यालोमा जानेर वा नजानेर गरेका पापको ज्याला चुक्ता गर्नु सम्पूर्ण मानव जातिलाई उद्धार र मुक्ति दिन संसारले हराएको आशालाई ख्रीष्टको क्रूशको मृत्युद्वारा फिर्ता गर्न र मानव जातिलाई नै पवित्र परमेश्वरसँगको घनिष्ट सम्बन्धमा फेरि जोड्नका लागि कहिल्यै पाप नर्गुभएको पवित्र येशू ख्रीष्ट संसारमा आई क्रूशमा पूर्ण बलि हुनुभयो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
एलपिपिजे फेलोशिप द्वारा संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय
एलपिपिजे फेलोशिप द्वारा संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू
उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू
कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति
कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति
सामाजिक एकता पार्टीको चुनाव चिन्ह गिटार
सामाजिक एकता पार्टीको चुनाव चिन्ह गिटार
आमा र बाबुको प्रेम र हेरचाहमा हुर्कन पाउनु बालबालिकाको प्राथमिक मानव अधिकार हो : विदुर अधिकारी
आमा र बाबुको प्रेम र हेरचाहमा हुर्कन पाउनु बालबालिकाको प्राथमिक मानव अधिकार हो : विदुर अधिकारी
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम