single page header banner

रोमन क्याथोलिक मण्डलीको इतिहास र सिद्धान्त

adminsangam adminsangam
मंगलबार, माघ 31, 2080
Social buttons loaded
समाचार सारांश
  • यस मण्डलीले मिसन भन्ने शब्दलाई ख्रीष्टको सु–समाचार प्रचार गर्नु पवित्र विधीलाई व्यवस्थित गर्नु र दानको अभ्यास गर्नु हो भनी व्याख्या गरेको छ ।
  • यनीहरुले विश्वभरि नै सामाजीक कार्य गर्ने संख्याहरु स्थापना गरेका छ ।

यस मण्डलीले मिसन भन्ने शब्दलाई ख्रीष्टको सु–समाचार प्रचार गर्नु पवित्र विधीलाई व्यवस्थित गर्नु र दानको अभ्यास गर्नु हो भनी व्याख्या गरेको छ । यनीहरुले विश्वभरि नै सामाजीक कार्य गर्ने संख्याहरु स्थापना गरेका छ । यिनीहरुले विश्वभरी नै सामाजीक कार्य गर्ने संख्याहरु स्थापना गरेका छन् । विद्यालय, विश्वविद्यालय, अस्पताल, मिशन, आवाश पनि सञ्चालन गरेका छन् । यीनीहरुले राहत प्रदान गर्ने संख्या च्यारिटि इन्टरनेशनल जसले गरिबहरुलाई, बृद्ध–बृद्धा, असहायहरुलाई सहायता गर्ने, संख्या पनि खडा गरेका छन् । प्रेरितीय अधिकारद्धारा क्याथोलिक मण्डलीले आफुलाई ख्रीष्टद्धारा सुरु गरिएको मण्डलीको रुपमा पहिचान गर्दछ उनीहरुले मत्ति १६ः१८ मा पत्रुसलाई भन्नुभएको वचनलाई गलत प्रकारले व्याख्या गर्दछन् र यस कुराको पुष्टि थुप्रै मण्डली इतिहासकारहरुले गरेका छन् । क्याथोलिक मण्डलीले विशपलाई प्रेरितीय अधिकार अनुसार अभिषेक गरिएको हो भनि विचार गर्दछन् । उनीहरुले विशपलाई बाह्र प्रेरितहरुका उत्तराधिकारीको रुपमा मान्यता दिन्छन् । यसकारणले विशप, पुजाहारी, डिकनहरुले ख्रीष्टद्धारा बाह्र प्रेरितहरुको उत्तराधिकारीको रुपमा आत्मिक र पवित्रताको अधिकार प्राप्त गर्दछन् भनि विश्वास गर्दछन् ।

            रोमन क्याथोलिकहरु विश्वास पवित्र बाइबल र पवित्रताको परम्परा जुन चाँहि प्रेरितहरुको समय देखी चिनी आएको हो भन्ने कुरामा आधारीत छ । जसलाई मण्डलीको सिकाउने अधिकार हो भनि व्याख्या गरिएको छ । उनीहरुको विश्वास (Nicene Creed) मा र क्याथोलिकमण्डली अनुसार अरु बढि वृस्तृत रुपमा व्याख्या गरिएको छ ।उनीहरुको आराधनाको ढाँचा(शैली) (Liturgy) भन्ने शब्दलाई क्याथोलिक प्राधीकरणद्धारा नियमन गरिन्छ । (Euachrist) मण्डलीको सात पवित्र विधि मध्येको एक विधि हो जसलाई पश्चिममा ठुलो र पूर्वमा अलौकिक (Euachrist)  पनि भनिन्छ । यसलाई नै क्याथोलिकहरुको आराधना शैलिको मुख्य केन्द्र बिन्दु मानिन्छ ।

सुरुवात र मिशनः

क्याथोलिकहरु यसको सुरुवात ख्रीष्ट र बाह्र प्रेरितद्धारा भयो भनि विश्वास गर्दछन् । उनीहरु विशपलाई प्रेरितहरुको उत्तराधीकारी र पोप(रोमको विशप) विशेष गरी पत्रुसको उत्तराधीकार वा प्रेरितहरुको पनि अगुवा हो भनि विश्वास गर्दछन् । मत्ति १६:१८ रोमन क्याथोलिकहरु उनीहरुको मण्डली चाँहि प्रतिज्ञा गरिएको मण्डली माथी पवित्र आत्माको आगमन संगै सुरु भएको मण्डली हो भनि विश्वास गर्दछन् ।

मिशनः

यस मण्डलीले मिशन भनेको चाँहि सारा विश्व भरि ख्रीष्टको प्रचार गर्नु हो भनि भन्दछन् । मत्ति २८:१८–२० लाई आधार मानेर पोप Benedicxul यसलाई तिन वटा कुरामा संक्षेप बनाएका हुन् । ति यस प्रकार छन् ।

१.परमेश्वरको वचनको घोषणा गर्नु

२.पवित्र–विधिहरुको पालना गर्नु

३.असल कामको सेवकाइ गर्नु

असल कार्य भित्र यस क्याथोलिक मण्डलीहरुले अस्पताल, अनाथालय, नर्सिङ्ग होम्स, घरवार विहिन लाई आवास र गरिबहरु लाई सहायता प्रदान गर्ने गर्भावस्थामा भएका महिला दिदी बहिनीहरुलाई उचित उपचार, खतरामा भएका व्यक्तिहरुलाई बृद्ध–बृद्धाहरुको देखभाल अरु डर लाग्दा रोगहरुबाट संक्रमित भएका विरामीहरुको देखभाल गर्ने जस्ता कार्यहरु सञ्चालनमा ल्याएका छन् ।

उनीहरुको विश्वासः

१.रोमन क्याथोलिकहरु बाइबल परमेश्वरको वचन हो भने पनि उनीहरुले छुट्टै अरु १४ वटा पुस्तकहरु जसलाई (Apocryphal)  भनिन्छ त्यसलाई पनि मान्यता दिँदछन् ।

२.उनीहरु वचन र परमेश्वरको अधिकार भन्दा पनि मण्डली परम्परा र पोपको व्यख्यालाई (मानिसको वचन) लाई बढि महत्व दिन्छन् । उनीहरुले परमेश्वरको वचनमा थप–थाप गरेका छन् । व्यवस्था ४:२, प्रकाश २२:१८–१९

३.रोमन क्याथोलिकहरु उद्धारको निम्ती ख्रीष्टमा विश्वास गर्नुपर्छ भनेर सिकाउँदछन् तर वास्तवमा उनीहरुले अन्नत जीवन प्राप्तीको निम्ती पवित्र विधि,असल कार्य, पूरोगेटरी जस्ता कुराहरु थपेर सु–समाचारको सत्यतालाई इन्कार गर्दछन् । गलाती १:६–१०

४.उनीहरु पुरोगेटरी जहाँ मानिसहरु पापबाट शुद्धहुन सक्छन् भनि विश्वास गर्दछन् । जहाँ सायद पोप पनि जान सक्छन् तर बाइबलले यस कुरालाई इन्कार गर्दछ । तर हिबू्र ९:२७ अनुसार पुरोगेटरी भन्ने शब्द बाइबलमा पाइदैन ।

५.उनीहरु मुर्तिहरु जस्तै मरियम, क्रुस, सन्त र स्वर्गदुतहरु बाइबलले (प्रस्थान २०:४–५) ।

६.उनीहरु मरियम, सन्त र स्वर्गदुतहरुलाई पनि दोहरो प्रार्थना चढाउनु पर्छ भनि विश्वस गर्दछन् । यस प्रार्थनालाई रोजरीको प्रार्थना भनिन्छ । यस प्रार्थनामा ५३ पटक मरियमको जय होस भन्ने, ६ पटक प्रभुको प्रार्थनागर्ने, ५ वटा रहस्यहरु माथि ध्यान गर्ने, ५वटा महिमाको माला र प्रेरितहरुको सारहरु दो¥याउनुपर्छ भनि विश्वास गर्छन् । रोजरीको प्रार्थना १३ औँ शताब्दीको सुरुवात सम्म भएको थिएन । मरियम, सन्तहरु, स्वर्गदुतहरुलाई प्रार्थना चढाउने कुरा बाइबलले बताउँदैन (मत्ति ६:९–१३) ।

उनीहरुले मरियमलाई चढाउने प्रार्थना यस प्रकारको मरियमको जय होस जो अनुग्रहले परिपूर्ण छिन् । स्त्रीहरु मध्ये तपाइ सबै भन्दा आशिषित हुनुहुन्छ र तपाइको गर्भको फल तपाइबाट आशिषित हुनेछ (जो येशु हुनुहुन्छ) परमेश्वर की आमा हामी पापीको निम्ती बिन्ती गर्नुहोस अहिले र हाम्रो मृत्युको अन्तिम क्षण सम्म ।

७.उनीहरु पुजाहरीलाई विवाह गर्न मनाहि गर्दछन् जबकि परमेश्वरले विवाह सबैको लागी बनाउनु भएको हो (१तिमोथी ३:२) । उनीहरुले बेरोजगारीको भार लादनको निम्ती जुन परमेश्वरबाट निर्देशन होइन आपैmले बनाएका हुन । धेरै क्याथोलीकहरु पत्रुस अविवाहित थिए भनि विश्वास गर्दछन् ।

तर बाइबलले के भन्दछ त ? मत्ति ८:१४–१५, मर्कुस १:३०–३१, लुका ४:३८–३९

८.उद्धार प्राप्त गर्नको निम्ती (Indulqence)  पनि अर्को एक माध्यम हो भन्छन् अर्थात जसलाई पश्चातापद्धारा, दानको कार्यद्धारा वा धर्ममा सर्मपित भएर पनि उद्धार प्राप्त गर्न सकिन्छ भनि विश्वास गर्छन ।

Indulqence को विशेषता ः परमेश्वरको अनुग्रहको निम्ती असल काम गर्नुपर्छ भन्ने कुरा संग सम्बन्धित छ । ख्रीष्टको बलिदान अपूर्ण भएको कारणले असल काम गरेर वा क्याथोलीक चर्चलाई उपहास दिएर उद्धार प्राप्त गर्न सकिन्छ भनि विश्वास गर्छन । Indulqence को मान्यता चाँहि रोमन क्याथोलिकद्धारा निर्धारित गरिन्छ ।

बाइबलले के बताउँदछ ? एफिसी २:८–९, हिबू्र ९:२७) उनीहरु पुजाहरी सामु पाप स्वीकार गर्छन् तर बाइबलले बताउँदछ ? मत्ति ६:९,१२, १युहन्ना १:९,२?१, १तिमोथी २:५)

९.उनीहरु पाप मोचनको निम्ती प्रभु–भोजमा सहभागी हुनु अनिवार्य मान्दछन् । उनीहरु प्रभु–भोजमा साँच्चै ख्रीष्टको शरिर र रगत खान्छन् भनि भन्दछन् । जसलाई (Transubs tantiation) परिवर्तन हुनको क्रम भनिन्छ । जब पुजाहारीले रोटि र दाख मद्यलाई प्रार्थना गर्दछ तब वास्तविक रुपमा रोटि र दाख मद्य ख्रीष्टको शरीर र रगतमा परिवर्तन हुँदछ भनि विचार गर्छन । उनीहरु विशेष गरी यी पद अरुको प्रयोग गर्दछन् (युहन्ना ६:५३–५८, मत्ति २६:२६–२८) बाइबल के भन्दछ ? (हिबू्र ९:१–२८, १०:१२–१८)

१०.उनीहरु अरु पनि मौखिक परम्परा वा येशुले सिकाउनुभएको अरु शिक्षा पनि छन जसलाई बाइबलमा समावेशमा गरिएको छैन ति शिक्षाहरु उनीहरुले प्राप्त गरेका छन् भनि भनदछन् ।

१२.  येशु ख्रीष्टको जन्म पछि मरियमले अरु कुनै सन्तान जन्माइनन उनी सधैँ कन्या नै रहिन भनि विश्वास गर्छन ।(मत्ति १३:५५)

१३. मण्डलीको सुरुवात वा त्यसको जग पत्रुस थिए भनि भन्दछन् । पत्रुलाई पहिलो पोपको रुपमा मान्यता दिँदछन् तर वास्तविक मण्डलीको जग पत्रुसद्धारा होइन तर ख्रीष्टद्धारा बसालिएको हो तर पत्रुसको स्विकार(मत्ति १६:१६) माथि चाँहि मण्डलीको जग राखियो । तर बाइबलले ख्रीष्टलाई मण्डलीको जग हो भनि सम्बोधन गरेको छ –मत्ति २१:४२, १कोरिन्थी ३:११) पत्रुस पहिलो पोप होइनन नत बाइबलले यस प्रकारको कुनै पनि पदलाई मान्यता दिएको छैन । पत्रुस आफैले आफ्नो विषयमा यसरी बताएका छन् ।(१पत्रुस ५:१–४, २पत्रुस १:१, प्रेरित १०:२५–२६)

पोपले यस कुरालाई विचार गर्नुपर्छ कि उनको अघि शिर निहुराउनु उनको हातको औँठीलाई चुम्नु उनलाई आराधना योग्यको सम्झिनु गलत हो । किनभने वास्तवमा इतिहासले कुनै पनि प्रकारको पोप शुरुको मण्डली न ता रोमन क्याथोलिक मण्डलीमा नभएको सत्यतालाई पुष्टि गर्दछ ।

Carporal Works Of Mercy

१.        भोकाहरुलाई खुवाउनु

२.        प्यासाहरुलाई पानी पिलाउनु

३.        छानो रहित लाई आवास व्यवस्थापना

४.        नाङ्गोहरुलाई पहिराउनु

५.        बिरामीहरुलाई भेटघाट गर्नु

६.        जेलमा परेकाहरुको सुधि लिनु

७.        मृतकहरुको उचित दाहा संस्कार

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
सामाजिक एकता पार्टीको चुनाव चिन्ह गिटार
सामाजिक एकता पार्टीको चुनाव चिन्ह गिटार
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
जिएलएस (अंग्रेजी) सम्पन्न, जिएलएस (नेपालि) फाल्गुण ७ गते हुने
जिएलएस (अंग्रेजी) सम्पन्न, जिएलएस (नेपालि) फाल्गुण ७ गते हुने
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
हामी निरन्तर उद्दार कार्यमा छौं : दल मर्दन कामी
हामी निरन्तर उद्दार कार्यमा छौं : दल मर्दन कामी
कन्सेप ईन्टरनेशनलको दोस्रो वार्षिकोत्सव सम्पन्न
कन्सेप ईन्टरनेशनलको दोस्रो वार्षिकोत्सव सम्पन्न
बाइबलमा उल्लेख गरिएको परमेश्वरको नामहरू
बाइबलमा उल्लेख गरिएको परमेश्वरको नामहरू
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम