single page header banner

ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण

Pramodkhadka Pramodkhadka
बिहिबार, श्रावण 20, 2080
Social buttons loaded
समाचार सारांश
  • काठमाडौं ।
  •  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अल्पसंख्यक ख्रीष्टियन समुदायमाथि विभिन्न सामाजिक सञ्जालहरूमा गालीगलौज, विभिन्न धाक धम्की र जीउधनमाथि नै आक्रमणको प्रयास भएको भन्दै धार्मिक स्वतन्त्रताका अभियन्ता अधिवक्ता, पत्रकार र समाजसेवीहरुले ध्यानाकर्षण गराएको छ ।

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अल्पसंख्यक ख्रीष्टियन समुदायमाथि विभिन्न सामाजिक सञ्जालहरूमा गालीगलौज, विभिन्न धाक धम्की र जीउधनमाथि नै आक्रमणको प्रयास भएको भन्दै धार्मिक स्वतन्त्रताका अभियन्ता अधिवक्ता, पत्रकार र समाजसेवीहरुले ध्यानाकर्षण गराएको छ ।

अधिवक्ता रामेश्वरी जोशी नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठलाई बुधवार भेटी नेपालमा शान्ति, सहिष्णुता तथा सहअस्तित्वमा रहेका धार्मिक समुदायबीच घृणावचन फैलाएर द्वन्द सिर्जना गर्ने उद्धेश्य बोकेका समुहहरूले ईसाई समुदायमाथी त्रास पैदा गरेको भन्दै यस विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो ।

उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेको ज्ञापनपत्रमा केही आफूलाई अभियन्ता बताउनेहरुले चर्चमा सिधै बम पड्काएर उडाईदिनुपर्छ भन्दै खुलेआम अभिव्यक्ति दिएको साथै इसाई र चर्चहरुलाई हटाउनुपर्छ भन्ने उग्रअभिव्यक्तिहरु दिई केही जिल्लामा बाइबल जलाउने प्रयास गरेका कारण समग्र ईसाई समुदायमाथी त्रास पैदा गरेकोले शान्ती सुरक्षाका लागि पहल गरिदिन आग्रह गरिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘संविधानको प्रस्तावनामा, नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै, भन्ने व्यवस्था उल्लेख गरिएको छ । संविधानको धारा ३, राष्ट्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।

यसरी प्रस्ट रुपमा संविधान प्रदत्त नागरिकको मौलिक हक र कानूनको विपरित कार्य भईरह्देको र अरु धेरै हिंसात्मक गतिविधि तथा आपराधिक कृयाकलाप बढदै जानसक्ने प्रवल सम्भावना रहेको हुँदा, हाल देखापरेका बर्तमान धार्मिक आपराधिक क्रियाकलापले धार्मिक सहिष्णुता, सदभावमा मिलेर बसेको नेपाली सामाजिक धार्मिक समुदायको सद्भाव खलल भई शान्ति सुरक्षा माथि गम्भीर प्रकारको खतरा उत्पन्न हुन सक्ने सम्भावना भएकोले सम्बन्धित निकायले समयमै यसको सही समाधान, साबधानी, रोकथाम तथा नियन्त्रण गर्नुहुन यस्तै प्रसस्त मात्रामा आज नेपालका ईसाईहरु प्रति उनीहरुको आस्था प्रति मात्र नभएर उनीहरुकी जीउधन माथि नै आक्रमण गर्ने लगायत विभिन्न धाक धम्कीको कारण समग्र ईसाई समुदाय त्रसित अवस्थामा छ, हामी शान्ती सुरक्षा कायम गराई पाऊँ भनि माननीय उपप्रधानमन्त्रीज्यूमार्फत नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ”, सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

धार्मिक आस्था मानवअधिकारको पूर्ण रुप भएकोले यसमा राज्यले कुनै पनि सम्झौता गर्न नहुने साथै धर्म तथा आस्थाको स्वतन्त्र अभ्यासमाथि बन्देज लगाउने, घृणा र अफवाह फैलाउने र धार्मिक समुदायबीच द्वन्द चर्काउने नियतबश गरिएका सबैखाले क्रियाकलापहरू तुरुन्त नियन्त्रण गरी यस किसिमका गतिविधिमा संलग्न व्यक्ति वा समुहहरूउपर कानूनबमोजिम कार्वाही गर्नसमेत अधिवक्ता रामेश्वरी जोशीले नेपाल सरकारसँग आग्रह गरिन् ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
बाइबलमा गधा
बाइबलमा गधा
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
धार्मिक गुठी “निजी” हुने कि “सार्वजनिक” ?
धार्मिक गुठी “निजी” हुने कि “सार्वजनिक” ?
इस्टर तथा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना ……
इस्टर तथा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना ……
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
कर्णाली प्रदेश संयुक्त जवान शिखर सम्मेलन २०८१ सफलताको संदेश, योगदान र प्रभाव
कर्णाली प्रदेश संयुक्त जवान शिखर सम्मेलन २०८१ सफलताको संदेश, योगदान र प्रभाव
दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार
दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम