भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
- काठमाडौं – नेपाली चलचित्र उद्योग चलचित्र बन्ने क्रम बढ्दै गएको छ।
- धेरै चलचित्र दर्शकको मनमनमा बस्न नसके पनि चलचित्र निर्माणको क्रम भने निरन्तर बढेको देखिन्छ।
काठमाडौं – नेपाली चलचित्र उद्योग चलचित्र बन्ने क्रम बढ्दै गएको छ। धेरै चलचित्र दर्शकको मनमनमा बस्न नसके पनि चलचित्र निर्माणको क्रम भने निरन्तर बढेको देखिन्छ।
सम्हालिएको जाती फिल्म निर्माण टिमले राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै भुटानी शरणार्थीहरूको जीवन कथामा आधारित चलचित्र चाँडै दर्शकमाझ आउने जानकारी दिएको छ ।

चलचित्रले भुटानी शरणार्थीहरूको जनजिवन र इतिहासलाई चित्रण गर्दै आउँदो पुस्तामाझ इतिहासको जगेर्ना स्वरुप स्मरण गर्ने उदेश्यसहितले चलचित्र निर्माण गरिएको निर्देशक सन्तोष रामदामले बताउनुभयो ।
नेपाली कथानक चलचित्र सम्हालिएको जातीको अमेरिकामा ७० प्रतिशतको छायांकन सकिएको छ भने अब नेपालका भुटानी शरणार्थी शिविरमा ३० प्रतिशत छायांकनको कार्य बाकी रहेकाले चाँडै नै निर्माण कार्यपूरा गरि दर्शकमाझ ल्याउने तयारी भइरहेको निर्माण पक्षले बताएको छ।
सम्हालिएको जातीमा बिक्रम बिश्वा, दिपक परियार, मार्था घिमिरे, लोकेश बिसि, अनु रामदाम लगायतका सात जना मुख्य कलाकारको अभिनय रहेको छ । १० जना भुटानी शरणार्थीहरुको करिब १ करोडको संयुक्त लगानीमा तयार हुँदै गरेको चलचित्रको पटकथा र निर्देशन सन्तोष रामदामले तयार पारेका हुन् भने चलचित्रको अमेरिकामा छायांकन एसजे प्रोडक्सन र नेपालमा कोशी भिजन प्रोडक्सनले जिम्मेवारी लिएका छन्।
सन १९९० देखि पूर्व नेपालको मोरङ र झापा जिल्लाको शिविरहरूमा भुटानी शरणार्थीहरू बसो-बास गर्दै आइरहेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
सामाजिक एकता पार्टी एकतावद्ध भएर चुनावमा होम्मिनेछ : सीबी गहतराज
मैले बिर्सन नहुने एक व्यक्ति `स्व. प्रेम दयाल प्रधान´
अपिल त्रिपाठी काण्डले निम्त्यायका गम्भिर प्रश्नहरु







