single page header banner

पश्चिम नेपालभरी सुसमाचार फैलाउदै ज्योति निवास ए.जी चर्च

Pramodkhadka Pramodkhadka
आइतबार, कार्तिक 2, 2080
Social buttons loaded
समाचार सारांश
  • हरि जिज्ञासुअसार ११ (२०८०) बाँके : नेपालको ख्रीष्टियन इतिहासलाई अध्ययन गर्दा मल्लकालिन समयमा नै सुसमाचार नेपालमा पुगेको भेटाउन सकिन्छ ।
  • तर नेपालको पहिलो स्थापित चर्चको रुपमा पोखराको रामघाट चर्च र नेपालगञ्जको ज्योति निवास ए.

हरि जिज्ञासु
असार ११ (२०८०) बाँके 
: नेपालको ख्रीष्टियन इतिहासलाई अध्ययन गर्दा मल्लकालिन समयमा नै सुसमाचार नेपालमा पुगेको भेटाउन सकिन्छ । तर नेपालको पहिलो स्थापित चर्चको रुपमा पोखराको रामघाट चर्च र नेपालगञ्जको ज्योति निवास ए.जी चर्चलाई चिनिन्छ ।


पोखराको रामघाट चर्च २००७ सालमा स्थापना भएको कुरा पोखराको रामघाट चर्चले चर्च स्थापनाको पचासौँ वर्षको उपलक्ष्यमा प्रकाशित गरेको स्मारिकामा लेखिएका अभिलेखहरुमा भेटन् सकिन्छ । त्यसैगरी ज्योति निवास ए.जी चर्च नेपालगञ्जले चर्च स्थापनाको पचासौँ वर्षको अवसरमा प्रकाशन गरेको स्मारीकामा लेखिएका अभिलेख अनुसार २००९ सालमा ज्योति निवास चर्च स्थापना भएको देखिन्छ ।


तर ज्योति निवास चर्चका केहि सदस्यहरु चर्चको स्थापना मिति स्मारिकामा गलत भएको र संगतिलाई मण्डली ठान्ने हो भने २००७ साल अगाडि ज्योति निवास ए.जी चर्चलाई मान्नु पर्ने भनाई छ । तर अझै पनि ज्योति निवास चर्च कहिले स्थापना भएको हो भन्ने यथार्त मिति भेटाउन सकिएको छैन ।


रुपइडिहा मिशन सन् १८८६ मा नेपाल र भारतको सिमाना रुपइडिहामा स्थपना भएको पाइन्छ । वि.सं २००७ साल अगाडिदेखि नेपाल र भारतको सिमाना रुपईडिहा ए.जी मिशनले काम गरेको देखिन्छ । पश्चिम नेपालका धेरै मानिसहरु रोजगारीको लागि भारत जानेक्रममा रुपइडियामा ए.जि मिशनले नेपालीहरुलाई सेवा पु¥याउँदै आएको थियो । त्यतिखेरको समयमा रुपइडिहामा ए.जी मिशनले किल्निक, सुरु गरेर सेवा पु¥याएको पाइन्छ ।


नेपालमा सुसमाचारको ढोका बन्द भएको अवस्थामा दार्जिलिङका स्व.पा. वर्णवास राईले रुपइडीहा ए.जी मिशनमा कार्यरत रहेर नेपाल र भारतका मानिसहरुलाई येशूको सुसमाचार सुनाउने गरेको ज्योति निवास चर्चले स्वर्ण महोत्सवको अवसरमा प्रकाशन गरेको स्मारीकामा भेटिन्छ । स्व पास्टर वर्णबास राईले भारत र नेपालको सिमानमा पर्ने रुपइडिहामा धेरै नेपालीहरुलाई सुसमाचार सुनाउने मौका पाउनुभयो । उहाँले नेपाली इसाई इतिहासमा आफ्नो नाम सुरक्षित राख्नुभएको छ ।


ज्योति निवास चर्चको स्वर्ण महोत्सवको अवसरमा प्रकाशित स्मारीकामा प्रकाशित रेभ.पा जोसेफ श्रेष्ठको लेख अनुसार, स्व.पास्टर बर्णवास राई रुपइडिहा ए.जी मिशनमा कार्यरत रहँदा एक जना नेपाली जोन सिंहलाई भेट्नुभएको कुरा उल्लेख छ ।


जोन सिंहको जन्म सल्यान जिल्लाको गुर्वाकोट चारकुवा भन्ने गाउँमा वि.सं १९७५ मा भएको कुरा ज्योति निवास ए.जी चर्चको स्मारिकाम मै भेटिन्छ । २००६ सालमा पानीको बप्तिसमा लिएका पास्टर जोन सिंह ले पास्टर वर्णवास राईको सहयोगीको रुपमा रहेको इतिहास छ ।


स्व. पास्टर वर्णवास राई, र जोन सिंहले पश्चिम नेपलाको रुपइडिहा नाकाबाट परमेश्वरको सुसमाचार धेरै मानिसहरुलाई सुनाएको इतिहास छ । नेपालीहरुले सुसमाचार सुनेर विश्वास गरेपछि पास्टर वर्णवास राईले नेपालको संगतिको लागि सेवा पु¥याउनु भएको इतिहास छ ।


हाल ज्योति निवास ए.जी चर्च नेपालगञ्जका पास्टर डम्बर थापाका अनुसार ज्योति निवास चर्चको संस्थापक स्व.पास्टर वर्णवास राई हुनुहुथ्यो । वर्णवास राई पछि केहि समय पास्टर शोलमुन गुरुङले सेवा पु¥याउनुभयो । त्यसपछि पास्टर टेक बहादु थापा र बेन्जामिन श्रेष्ठले ज्योति निवास चर्चमा पास्टरीय रुपमा रहेर सेवा पु¥याउनुभयो । उहाँले भन्नुभयो, ‘पास्टर बेन्जामिन श्रेष्ठ केहि समय अगाडि स्वर्गीय भइसक्नुभयो । अहिले ज्योति निवास ए.जी चर्चमा पास्टरको सेवाको रुपमा मैले काम गरिरहेको छु ।’


नेपालको इसाई इतिहासमा परिचित ज्योति निवास ए.जी चर्चबाट पश्चिम नेपालका धृेरै जिल्लाहरुमा सुसुसमाचार पुगेर चर्च स्थापना भएका छन् । लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णालीका धेरै जिल्लाहरुमा स्थापित ए.जी र केहि स्वतन्त्र चर्चहरुको इतिहास अध्ययन गर्दा ज्योति निवास ए.जी चर्चसँग जोडिन्छ ।


सन् १८८६ तिर रुपईडिहामा ए.जी. मिशन बसेर सेवा पु¥याएको थियो भने नेपालको ऐतिहासिक ज्योति निवास ए.जी चर्च नेपालको पहिलो चर्च हुनुपर्ने हाल ज्योति निवास ए.जी चर्चका पास्टर डम्बर थापाको भनाई छ । पास्टर डम्बर थापाले भन्नुभयो, ‘नेपालको सबै भन्दा पहिलो स्थापित चर्च भनेर पोखराको रामघाट चर्चलाई भनिन्छ तर हाम्रो ज्योति निवास चर्चको लिखित दस्तावेज नभएको कारणले अन्यवल छ । मेरो विचारमा रुपइडीहाको ए.जी मिशनले रुपइडीहामा बसेर नेपालीहरुको बीचमा सुसमाचारीय कार्य गरेको कारण ज्योति निवास ए.जि चर्च नेपालको पहिलो हुनुपर्ने हो ।’

नेपालको ए.जी इतिहासमा ज्योति निवास ए.जी चर्च जोडिन्छ । पश्चिम नेपालको नेपालगञ्जबाट सुरु भएको विश्वास अहिले पश्चिम नेपालका धेरै गाउँहरुमा फैलिएको छ । अझै फैलिदै छ । मानिसहरुले येशूमा विश्वास गर्दैछन् र चर्चहरु गाउँ सहरमा स्थापना हुँदै गएका छन् ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम