single page header banner

राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु

Pramodkhadka Pramodkhadka
आइतबार, मंसिर 14, 2079
Social buttons loaded
समाचार सारांश
  • १.
  • चरित्रलाई ध्यान दिने व्यक्ति बिल्ली ग्राहमले भनेका थिए, “कुनै मानिसले धन गुमाएमा केही गुमाउनेछैन, स्वस्थ गुमाएमा उसले थोरै गुमाउनेछ तर चरित्र गुमाएमा सर्वश्व गुमाउनेछ ।

१. चरित्रलाई ध्यान दिने व्यक्ति

बिल्ली ग्राहमले भनेका थिए, “कुनै मानिसले धन गुमाएमा केही गुमाउनेछैन, स्वस्थ गुमाएमा उसले थोरै गुमाउनेछ तर चरित्र गुमाएमा सर्वश्व गुमाउनेछ ।” चरित्र, जहाँ तपाईंका प्रतिस्पर्धीहरूले सधै तपाईंलाई प्रहार गर्नेछन् धर्मशास्त्रले भन्दछ, तिमीहरूको जीवनको चाल सुसमाचारको योग्य होस् (पिलिप्पी १:२७) ।

२. आर्थिक विषयमा पारदर्शी

९० प्रतिशतभन्दा वढि राजनैतिक अगुवाहरू आर्थिक क्षेत्रमा असफल भएका छन् । धर्मशास्त्रमा दानिएललाई सधै हेर्नुहोस् जसलाई कुनै पनि मानिसले आर्थिक क्षेत्रमा दोष लाउन सकेनन् । धर्मशास्त्रले गवाही दिन्छ, “तब अध्यक्षहरू र प्रान्तका बडाहाकिमहरूले दानिएलको विरुद्ध अभियोग लगाउनका निम्ति सरकारी कामकारबाईहरूमा तिनको दोष खोज्न थाले, तर त्यसो गर्न उनीहरू असमर्थ भए । तिनीहरूले उनमा कुनै पनि भ्रष्टचार भेट्टाउन सकेनन्, किनभने उनी विश्वासयोग्य थिए, र तिनी नता भ्रष्ट न लापरवाही नै थिए । दानिएल ६:४-५)

३. विनम्र सेवकमनको अगुवा

संसारको अगुवापन र ईसाई अगुवापनबीचको फरक नम्रताद्वारा छुटिनुपर्दछ । धर्मशास्त्रले भन्दछ, धन्य नम्रहरू, तिनीहरूले पृथ्वीको अधिकार गर्नेछन् (मत्ती ५:४)। येशूले भन्नुभयो, म सेवा लिन होइन तर सेवा गर्न आएँ (मर्कस १०:४५) वप्तिष्मा दिने यूहन्ना भन्दछन्, म घट्नु र ख्रीष्ट बढ्नु आवश्यक छ (यूहन्ना ३:३०) । धर्मशास्त्रले इतिहासको शक्तिसाली महान अगुवाको बारेमा भन्दछ, मोशाचाहि पृथ्वीभरि सबैभन्दा विनम्र व्यक्ति थिए । त्यो नम्रता यस पुस्ताका अगुवाहरूमा पनि होस् जसले उच्च पदमा पुग्दा पनि ती साधारण मानिसहरुलाई कहिल्यै बिर्सदैनन् ।

४. देशलाई माया गर्ने मानिस्

मन्दिरको पखाल र मुल ढोकाहरू भत्किएको समाचार सुनेर नहेम्याह रोए र देशको निम्ति विलाप गरे र उपवाससहित देशको निम्ति प्रार्थना गरे (नहेम्याह १:३, ४) । यो देशको अवस्था देखेर मन रुन्छ र प्रार्थनाको बोझ तपाईंभित्र छ भने तपाईं एउटा ईसाई राजनैतिक अगुवाको निम्ति तयार बन्दैहुनुहुन्छ भन्ने चिन्ह हो ।

५. प्रशासनिक ज्ञान भएको

नहेम्याहले देशप्रति गहिरो माया मात्र देखाएन तर भत्केको पर्खाल निर्माणको निम्ति कैदबाट फर्केर आएर छरपस्ट भई बसेको मानिसहरूलाई एकत्रित गरे । मानिसहरुलाई उनीहरुको कामको शीप र निपुणताअनुसार कामको जिम्मा दिए र मानिसहरुले पनि नहेम्याहलाई विश्वास गरे । एउटा असल प्रशासनिक ज्ञान भएको अगुवाले सबै मानिसहरुलाई संगै लिएर जान सक्दछ र उसलाई पनि सबैले विश्वास गर्न सक्दछन् । मानिसहरुले तपाइँलाई भरोसा गर्दैनन भने त्यो तपाईंको बोलावट होइन भनि जान्नुहोस् । जवरजस्तीले तपाईं आफ्नो बहुमुल्य शक्ति, समय र शीपलाई व्यर्थ फाल्नुहुनेछ

६. परमेश्वरको सल्लाह सुन्ने मानिस

मोशा, यहोशू शमुएल, दाऊद, राजा यहोशापात सबै नै परमेश्वरको सल्लाह लिने अगुवाहरु थिए । मोआवी र अम्मोनीहरूले लडाई गर्न आइरहेको देखेर राजा यहोशापातले परमेश्वरको सल्लाह माग्नलाई मानिसहरूकोसाथ परमेश्वरको सामु भेला भए (२ इतिहास २०:४) । एउटा असल ईसाई अगुवाले हरेक पटक नम्रतामा परमेश्वरको अगुवाई खोज्दछ । परमेश्वरको भय राख्ने, उहाँलाई आदर गर्ने परिपक्व अगुवाले सधै नम्रताकोसाथ उहाँको सल्लाह खोज्दछ ।

७. आत्मिक मानिसहरूसँग जोडिइरहनुहोस्

परमेश्वरको अगुवाई खोज्ने मानिससँग आत्मिक मानिसहरू पनि जोडिनु खाँचो छ । तपाईंलाई आत्मिक रुपमा सल्लाह दिने मानिसहरूको खाँचो हुन्छ । तपाईलाई सही बाटो बाट विचलित गर्ने थुप्रै आर्थिक र नैतिक परिक्षाहरू आइरहन्छन् आत्मिक सल्लाहाकार नभएको मानिस सजिलै लड्न सक्छ । राजा सोलोमन लेख्छन्, परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन् (हितोपदेश १५:२२ ) । ती दिनहरूमा अहीतोपेलको सल्लाहचाहि परमेश्वरसँग सोधपूछ गर्नेको जस्तै मानिन्थ्यो । दाऊद र सोलोमनले अहीतोपलका सल्लाहलाई त्यतिसम्म कदर गर्थे (२ शमुएल १६:२३) ।

यो देशले यस्तै राजनैतिक अगुवाहरू पाऊन् यहि मेरो पितासँग प्रार्थना छ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
अन्तर मण्डली फुटबल टुर्नामेन्ट भोली हुने
अन्तर मण्डली फुटबल टुर्नामेन्ट भोली हुने
गोदावरी नगर इसाई समाजद्धारा गोदावरी नगरपालिका पदाधीकारीलाई बधाई तथा शुभकामना
गोदावरी नगर इसाई समाजद्धारा गोदावरी नगरपालिका पदाधीकारीलाई बधाई तथा शुभकामना
बाइबलमा उल्लेख गरिएको परमेश्वरको नामहरू
बाइबलमा उल्लेख गरिएको परमेश्वरको नामहरू
के हो अगाप्पे प्रेम ?
के हो अगाप्पे प्रेम ?
नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै
नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै
NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)
NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)
समलिङ्गी सम्बन्धलाई विवाहको मान्यता दिनु हुँदैन : डा. सुन्दर थापा
समलिङ्गी सम्बन्धलाई विवाहको मान्यता दिनु हुँदैन : डा. सुन्दर थापा
  प्रकाशको पुस्तकमा उल्लेख गरिएका सात मण्डलीहरू कहाँ छन् अहिले ?
  प्रकाशको पुस्तकमा उल्लेख गरिएका सात मण्डलीहरू कहाँ छन् अहिले ?
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम