जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
समाचार सारांश
- २०७९ साउन १० गते, काठ्माण्डाै ।
- अन्तत जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडिएकाे छ ।
२०७९ साउन १० गते, काठ्माण्डाै । अन्तत जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडिएकाे छ । आज सांझ पत्रकार सम्मेलन मार्फत जनजागरण पार्टिका अध्यक्ष विपि खनालले यस्ताे घाेषणा गरेका हुन । दल एकीकरण प्रयास असफल भएकोबारे भन्ने विषयमा एक प्रेस विज्ञप्ति जारी गर्दै उनले सामाजिक एकता पार्टि संवद्ध नेतृत्व र विशेष गरेर अध्यक्ष सिवि गहतराजलाइ विभिन्न सात आराेप लगाउंदै अलग्गीएकाे घाेषणा गरेका हुन ।
यस्ता छन् सिवि गहतराज माथि लगाइएका सात गम्भीर आराेपहरु:
- पार्टी एकीकरणका लागि आधारभूत शर्तहरू (सामुहिक नेतृत्व, समावेसिता र विधानको पालना) मान्ने कुरा निरन्तर अटेर गरस् मनोमानी ढंगले पार्टीलाई चलाउने नभए आफैँ बाहिरिने घुर्की अध्यक्ष श्री सीबी गहतराजबाट घरिघरि आइरहेको ।
- पार्टीभित्र गुटबन्दी गर्दै एकआपसमा बैमनस्यता बढाउने काम स्वयं अध्यक्षबाटै भएको ।
- निर्वाचन आयोगसमक्ष एकीकरण प्रक्रिया टुङ्गो लगाउन आलटाल गर्दै जनजागरण पार्टी नेपालको तर्फबाट आबद्ध साथीहरुलाई निषेध र हतोत्साहित गर्ने काम निरन्तर गरिएको ।
- पार्टीको आर्थिक कारोबारमा चरम अनियमितता, लापरवाही र अपारदर्शिता कायम राख्दै छोटो समयमा नै पार्टीलाई ऋणमा डुबाउने काम भएको ।
- एकीकरणताका स्वीकार गरिएका न्युनतम शर्तहरू अटेर गरी अनावश्यक एजेण्डाहरू बैठकमा प्रवेश गराई पार्टीलाई गतिहिन अवस्थामा धकेल्दै एकताको मर्म विपरीत समितिमा अनावश्यक हेरफेर गर्ने र केही साथीहरुलाई पाखा लगाउने फाेहोरी खेल शुरू गरिएको ।
- पार्टीको विधान तथा नियमावली विपरीत आफ्नो प्रसंसा गर्न नसक्ने साथीहरूलाई कपटपूर्ण तवरले कार्वाही गरेको, जिम्मेवार नेता कार्यकर्ताहरूलाई स्वेच्छाचारी ढंगले पदबाट हटाएको ।
- केन्द्रिय अध्यक्ष स्वयं गम्भीररुपमा आर्थिक अपचलन तथा ठगी गतिविधमा संलग्न भई विभिन्न व्यक्ति तथा चर्चबाट रुपियाँ असुली गरी करोडौं ठगी गरेको ।
गत वैशाख ३ गते जनजागरण पार्टी नेपाल र सामाजिक एकता पार्टीका बीचमा एकता घोषणा भएको थियाे । तर ३ महिना पनि बित्न नपाउँदै उक्त एकता भांडिएकाे हाे ।

प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
दुई दिने बाइबल अध्ययन सेमीनार सम्पन्न (तस्वीरहरु)
ख्रीष्टियन जर्नालिस्ट फेलोसिप नेपाल एनसीएफ नेपालमा आवद्ध
उड्न नसक्ने बिस्वासि
सीबिको चरित्र वारे पहिले थाहा थियो । हनोक तामाङले सिस्नु पानी लगाउछु भनेका थिए : विपी खनाल (भिडियो)
बाइबलमा केटाहरूको हेअर स्टाइल
सामाजिक सञ्जाल सु–समाचार सुनाउने माध्यम पनि बन्दै
येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
बाइबलमा उल्लेख गरिएको परमेश्वरको नामहरू
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
गृह मन्त्रालयमा धर्म गुरुहरुको भेला : धार्मिक सद्भाव कायम राख्ने निर्णय
बाइबलमा भोज : ख्रिष्टियनहरुले पार्टि गर्न हुन्छ कि हुँदैन ?
अपाङ्गता राष्ट्रिय सम्मेलन, २०२३ ललितपुरमा हुँदै
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
पन्तियस पिलातस, पुरात्वविद्या र बाइबल
रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै







